१९ फागुन, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई तार्किक निष्कर्षमा पुर्याएर शान्ति प्रक्रिया टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । गोरखा पत्रकार समाजका पदाधिकारीहरुसँग शनिबार भएको छलफलमा गृहमन्त्री श्रेष्ठले पीडितलाई न्याय हुनेगरी उक्त विधेयक पारित गरिने बताएका हुन् । उनले लागुपदार्थ दुर्व्यसनको समस्या समाधान गर्न पालिकास्तरबाटै अभियान सञ्चालन गर्नु आवश्यक भएको […]