विभिन्न मानपदवीद्वारा ९०३ जना विभूषित हुने

काठमाडौं । सरकारले सातौं संविधान दिवसका अवसरमा ९०३ जनालाई विभित्र विभूषण, अलंकार र पदक प्रदान गर्ने घोषणा गरेको छ । सम्मानका लागि भदौ २९ गते मन्त्रिपरिषद्ले सिफारिश गरेकाहरूलाई गणतन्त्र दिवसको दिन राष्ट्रपति भण्डारीले विभूषण तथा पदक प्रदान गर्नुहुनेछ । सम्मानका लागि सिफारिश हुनेमा उद्योगी–व्यवसायीसहित बैंकर पनि परेका छन्, जसअनुसार सुकीर्तिमय राष्ट्रदीप पदवी डा. उपेन्द्र  महतो, सुरेन्द्रवीर मालाकार, उद्यमी देवीप्रकाश भट्टचन, ध्रुवकुमार श्रेष्ठ, कैलाश सिरोहिया र रामेश्वर थापाले पाउने भएका छन् । सुप्रबल जनसेवाश्री पदक नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, शंकर समूहका साहिल अग्रवाल, खेतान समूहका राजेन्द्रकुमार खेतान, शारडा समूहका शिवरतन शारडा र नेपाल रिपब्लिक मिडियाका प्रबन्धनिर्देशक विनोदराज ज्ञवालीलाई प्रदान गरिने भएको छ । यस्तै प्रबल जनसेवाश्रीबाट निर्माण व्यवसायी रमेश शर्मा, सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड, न्यौपाने समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने लगायत पनि सो पदकबाट विभूषित हुने भएका छन् । सोही पदकबाट बैंकर उपेन्द्र पौडेलसहित व्यवसायी अर्जुनमान सैंजु, गोविन्द गोयन्का, नारायण अग्रवाल, कुञ्ज अग्रवाल सम्मानित हुने भएका छन् । यस्तै, शेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेल, सञ्जयकुमार खेतान, पर्यटन व्यवसायी राजु ढकाल, नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष एवं नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारी लगायतले यो पदक पाउनेछन् । यसैगरी राधेश्याम हलुवाई, दीलप्रकाश भट्ट, चन्द्र ढकाल, अम्मरबहादुर बानियाँ, सागर थापा, प्रेमकण्ठ श्रेष्ठ, चुन्नप्रसाद पौडेल, नरीश्वर शर्मा, सुनीलवल्लभ पन्त, दीपप्रकाश पाण्डे, बद्री गुरागाईं, सौरभ दुगड, चिन्तामणि न्यौपाने, नारायण बजाज, राजेन्द्र मल्ल, कमलकिशोर मालापनी, यादवसिंह कार्की लगायत उद्योगी व्यवसायीलाई पनि पदकद्वारा सम्मानित गरिने भएको छ । नेपाली खानालाई अन्तरराष्ट्रिय रूपमा प्रवद्र्घन गर्ने सन्तोष साहलाई समेत पदकले सम्मान गर्ने निर्णय गरिएको छ । मानपदवी विवादित हरेक वर्ष सरकारले घोषणा गर्ने मानपदवी र सम्मान विवादित हुने गरेको छ । योगदानका आधारमा भन्दा पनि जुन दलको सरकार बन्छ, उही निकटहरूले तक्मा पाउने गरेको र मानपदवी तथा तक्माको चयन अपारदर्शी हुने भएकाले कतिपयले यसलाई अस्वीकार गर्ने गरेका छन् । यस वर्ष पनि संविधान दिवसको अवसरमा घोषणा गरेको विभूषण लिन पाँचजनाले अस्वीकार गरेका छन् । उनीहरूले विभूषण वितरणको प्रक्रिया र पारदर्शितामाथि प्रश्न उठाउँदै  विभूषण र पदक नलिने घोषणा गरेका छन् । यसरी सम्मान अस्वीकार गर्नेमा पत्रकारहरू धेरै छन् ।

सम्बन्धित सामग्री

खेलाडी र खेलकर्मी विभिन्न सम्मानबाट विभूषित

नेपाली खेलकुदमा व्यक्तिगत स्पर्धाका सर्वाधिक सफल खेलाडी ओलम्पियन तेक्वान्दोका दीपक विष्टसहित खेलाडी तथा खेलकर्मी विभिन्न सम्मानबाट विभूषित भएका छन्।...

खेलाडी र खेलकर्मी विभिन्न सम्मानबाट विभूषित

नेपाली खेलकुदमा व्यक्तिगत स्पर्धाका सर्वाधिक सफल खेलाडी ओलम्पियन तेक्वान्दोका दीपक विष्टसहित खेलाडी तथा खेलकर्मी विभिन्न सम्मानबाट विभूषित भएका छन्।...

लुम्बिनी प्रदेश सरकारले ६१ जनालाई विभूषित गर्ने, को को परे सिफारिसमा?

बुटवल : लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रबाट राष्ट्रलाई योगदान पुर्‍याउने ६१ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने भएको छ। संविधान दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित विशेष समारोहमा प्रदेश पदकबाट विभूषित हुने व्यक्तिहरूको नामावली घोषणा गरिएको हो। प्रदेश सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा पदक पाउनेहरुको नाम सार्वजनिक गरि फागुन ३ गते…

संविधान दिवसमा सरकारले गर्यो ४८ कलाकर्मीलाई  विभूषित, को–को परे ?

नेपाल सरकारले संविधान दिवसको दिन विभिन्न पदकबाट कलाकारलाई समेत विभूषित गरेको छ । सरकारले नेपालको कलाक्षेत्र फिल्म, गीत संगीत, नाटक लगायत बिभिन्न विधाबाट गरेर ५८  कलाकर्मीलाई आज विभूषित गरेको हो ।कुन कुन कलाकार भए विभूषित ?कलाकार नीर शाह, राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नन्दकृष्ण जोशीले कीर्तिमय राष्ट्रदीप, शम्भु राई, प्रदीपलाल श्रेष्ठ, अशोक शर्मा, दीपकराज गिरी, आलोकश्री, दीपक जंगम, आनन्द कार्की, अर्जुन श्रेष्ठ, ज्ञानु राणाले सुप्रवल जनसेवाश्री पाए ।त्यस्तै मिलन मोक्तान, गी

संविधान दिवसमा को–को व्यवसायी भए विभूषित ?

नेपाल सरकारले संविधान दिवसको दिन १६ व्यवसायीलाई विभिन्न पदकबाट विभूषित गरेको छ । सरकारले नेपालको उद्योग व्यवसायमा योगदान दिएका उद्योगी व्यवसायीलाई आज विभूषित गरेको हो । सरकारले स्वर्गीय उद्योगी/व्यवसायी प्रभाकर शमशेर जबरालाई प्रसिद्ध प्रबल जनसेनानीबाट विभूषित गरेको छ । यस्तै, व्यवसायी चन्द्र ढकाल र उद्योगी पशुपति मुरारकालाई सुर्कीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित गरेको छ ।यसका साथै, व्यवसायीहरू कुशकुमार जोशी, कुशुम लामा, शशिधर शर्मा, अरुणकुमार केसी, जगदीशप्रसाद अग्रवाल र राजेशकुमार अग्रवाल स

राष्ट्रपतिद्वारा कलाकर्मी विभूषित

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाली कला क्षेत्रका करिब दुई दर्जन कलाकर्मी विभूषित भएका छन् । विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गर्नलाई बिहीबार राष्ट्रपति भण्डारीले   मानपदवी प्रदान गरेकी हुन् । राष्ट्रपतिबाट मानपदवी प्राप्त गर्नेमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटासहित बिभिन्न कलाकर्मी रहेका छन् । संगीतकार बाँस्कोटाले सुकीर्तिमय राष्ट्रदीप प्राप्त गरेका हुन् । त्यस्तै सुप्रबल जनसेवाश्रीबाट गीतकार कालीप्रसाद रिजाल र अभिनेत्री गौरी मल्ल विभूषित भएका छन् भने प्रबल जनसेवाश्रीबाट

राष्ट्रपतिद्वारा कलाकर्मीलाई विभूषित

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाली कलाक्षेत्रका करिब दुई दर्जन कलाकर्मी विभूषित भएका छन् । विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गर्नलाई बिहिबार राष्ट्रपति भण्डारीले मानपदवी प्रदान गरेकी हुन् ।राष्ट्रपतिबाट मानपदवी प्राप्त गर्नेमा बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा सहित बिभिन्न कलाकर्मी रहेका छन् । संगीतकार बाँस्कोटाले सुकिर्तिमय राष्ट्रदीप प्राप्त गरेका हुन् । त्यस्तै सुप्रबल जनसेवा श्रीबाट गीतकार कालीप्रसाद रिजाल र अभिनेत्री गौरी मल्ल विभूषित भएका छन्, भने प्रबल जनसेवा श्रीबाट लोक

राष्ट्रपतिद्वारा चलचित्रकर्मी तथा संगीतकर्मी विभूषित

काठमाडौं । नेपाली चलचित्र, गीत संगीत तथा कला क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्ति नयाँ वर्षको अवसरमा बिहीबार नेपाल सरकारबाट विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई शीतल निवासमा एक समारोहबीच विभिन्न पदक तथा मानपदवीबाट विभूषित गरेका हुन् । सो समारोहमा अग्रज संगीतकार शम्भुजीत बासकोटा नेपाली संगीतमा गौरवमय योगदान पु¥याएको भन्दै सुकृतिमय राष्ट्रदीप तृतीय पदकबाट […] The post राष्ट्रपतिद्वारा चलचित्रकर्मी तथा संगीतकर्मी विभूषित appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रपतिद्वारा खेलाडीहरु विभूषित

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभिन्न खेलका खेलाडी तथा खेलकर्मीहरु विभूषित भएका छन् । संविधान दिवसका अवसरमा गत असोजमा सरकारले खेलाडी र खेलकर्मीलाई विभिन्न विभूषण पदकको घोषणा गरेको थियो ।राष्ट्रपति निवास शितल निवासमा बिहीबार आयोजित एक कार्यक्रममा विभिन्न खेलाडी तथा खेलकर्मीहरुलाई विभूषण प्रदान गरेकी थिइन् । जसमा राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवा श्री प्रदान गर्ने निर्णय गरेको थियो ।यस्तै  सरकारले जनसेवा श्र

राष्ट्रपति भण्डारीले आज ६३३ जनालाई विभूषित गर्दै

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६३३ जनालाई विभिन्न पदकले विभूषित गर्ने कार्यक्रम रहेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले शितल निवासमा बिहान १० बजेदेखि हुने विभूषण समारोहमा विभिन्न व्यक्तिलाई विभूषित गर्ने छिन्।महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी‚ सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीलगायतका पदवी र अलंकार विभिन्न क्षेत्रका व्यक्तिलाई प्रदान गर्न लागिएको हो। त्यस