नेपाली कांग्रेसको सभापति पदका लागि भइरहेको दोस्रो चरणको चुनावमा राति ८ बजेसम्म ३ हजार हजार ८०० मत खसेको छ ।
दोस्रो चरणमा प्रतिस्पर्धीहरू सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच चुनावी भिडन्त भइरहेको छ ।
पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले खसेको मतको ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव भइरहेको छ ।
अब केही समयमा मतदान सकेर राति नै मतगणना गर्ने निर्वाचन समितिको तयारी रहेको छ ।