लुम्बिनीको स्थायी राजधानी दाङ सारिएकोमा चार पार्टीले गरे स्वागत

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङ देउखुरी सारिएकोमा सत्तारुढ चार पार्टीले स्वागत गरेका छन् । नेपाली कांग्रेस,  नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै स्वागत गरेका हुन् । २०७७ साल असोज २० गते प्रदेशको राजधानी देउखुरी सार्ने निर्णय भएपनि ढिलागरी गत मंसिर १९ गते सारिएकोे हो । ढिलै भएपनि स्थायी राजधानी सार्ने कार्यान्वयन भएको सत्तारुढ दलका नेताहरुले स्वागतसहित धन्यवाद ज्ञापन गरेका हुन् ।

सम्बन्धित सामग्री

लुम्बिनीको स्थायी राजधानी देउखुरी : आजदेखि औपचारिक कार्यान्वयनमा

काठमाडौं : लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरी बुधबारदेखि औपचारिक कार्यान्वयनमा आउँदैछ।  दिउँसो १२ बजे प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उद्घाटन एवं झण्डत्तोलन गर्ने कार्यक्रम छ।औपचारिक समारोहमा प्रदेश प्रमुख शेरचन, हालका मुख्यमन्त्री कुलप्रसाद केसी, निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश सभाका निवर्तमान सभामुख पूर्ण घर्तीले सम्बोधन गर्ने कार्यक्रम छ।स्थायी राजधानीको औपचारिक सुरुवात भएको खुशीयालीमा स्थानीयले आज कलासंस्कृति झल्किने झाँकी प्

स्थायी राजधानी भालुवाङमा स्थापना भयो मुख्यमन्त्री कार्यालय

दाङ : लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थानान्तरण गरिएको छ। यसअघि अस्थायी मुकाम बुटवलबाट कार्य सञ्चालन गर्दै आएको प्रदेश सरकारले अब भालुवाङबाटै काम थाल्नेछ।मुख्यमन्त्री  कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयका सामानसहितका सामग्री स्थायी राजधानीमा भालुवाङ पुर्‍याइएको हो। दाङको  राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्थानान्तरण गरिएपछि त्यहाँ मुख्यमन्त्रीको कार्यालय आवास गृह, मुख्य सचिवको कार्यालय र आवास

लुम्बिनी प्रदेशको राजधानी रातारात दाङ सारियो

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी रातारात दाङ सारिएको छ । सरोकारवाला विभिन्न पक्षहरूको विरोधका बावजुद लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ रातारात सारिएको हो । रुपन्देहीका विभिन्न राजनीतिक दलहरूले हतारमा राजधानी नसार्न माग गर्दै आए पछि मुख्यमन्त्रीको कार्यालय र विभिन्न प्रदेशका मन्त्रालयहरू रातारात दाङको भालुवाङ सारिएको हो । काम चलाऊ प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा […]

बुटवलबाट दाङ सारियो लुम्बिनीको मुख्यमन्त्री कार्यालय

२० मंसिर, दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ स्थानान्तरणको कामले तीव्रता पाएको छ । सोमबारमात्रै मुख्यमन्त्री कार्यालय र निजी सचिवालय दाङको देउखुरीमा ल्याइएको छ । मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्यालयमा ल्याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए । मंगलबार बिहानैदेखि  देउखुरीको कार्यालय ब्यवस्थापनको काम भइरहेको उनले बताए । […]

लुम्बिनीको राजधानी दाङ सारिने

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय स्थायी राजधानी दाङ देउखुरीमा सार्ने तयारी गरेको छ । मन्त्रालय स्थानान्तरणका लागि आन्तरिक तयारीमा सरकार लागेको र यही मंसिर महिनाभित्र प्रदेश सरकार मातहतका सबै मन्त्रालय राजधानीमा सार्ने तयारी छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुुलबहादुर केसीले प्रदेश सरकार मातहतका सबै मन्त्रालयका लागि आवश्यक पर्ने पूर्वाधारसहित मुख्य सचिवको आवास व्यवस्थापनको […]

स्थायी राजधानी दाङ सारेर सेवा सूचारु गर्न कर्मचारीको माग

दाङका कर्मचारीले लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङबाटै कार्य सञ्चालन गर्न माग गरेका छन्। कर्मचारीका विभिन्न संगठनका पदाधिकारीहरुले बिहीबार विज्ञप्ति जारी गरी प्रदेशको स्थायी राजधानी तोकेको दुई वर्ष बितिसक्दा पनि प्रदेश राजधानी...

स्थायी राजधानी तोकेको १६ महिनामा पनि आएन प्रदेश सरकार

दाङ : लुम्बिनी प्रदेश सरकारले प्रदेशको नामकरणसँगै स्थायी राजधानीको स्थान टुंगो लगाएको १६ महिना पूरा भएको छ। प्रदेश सरकार गठन भएको करिब ३ वर्षपछि २०७७ साल असोज १६ गते लुम्बिनी प्रदेशले नाम र  स्थायी राजधानी पाएको थियो।दाङ जिल्लाको  भालुबाङलाई केन्द्रबिन्दु बनाएर राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकालाई समेत उपयोग गर्ने गरी लुम्बिनी प्रदेशको स्थायी मुकाम घोषणाका क्रममा प्रदेश सरकारले भनेको थियो, अबको एक वर्षभित्र प्रादेशिक राजधानी स्थायी मुकामबाट सञ्चालन हुन

लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि एक अर्ब

लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि संघीय सरकारले एक अर्ब बजेट उपलव्ध गराएको छ । दाङ देउखुरीमा स्थायी राजधानीका लागि आवश्यक पर्ने संरचना बनाउन संघीय सरकारले बजेट उपलव्ध गराएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीय सरकारबाट एक अर्ब प्राप्त भएको जानकारी दिए ।राजधानी निर्माणका लागि प्रदेशको बजेट मात्र अपुग भएकाले संघीय सरकारसँग छलफल गरी बजेट निकाल्न सफल भएको मुख्यमन्त्री केसीले बताए । मुख्यमन्त्री केसीले जग्गा प्राप्तिका विषय र बजेटको विषयले पूर्णता पाउन थालेपछ