लुम्बिनीको राजधानी दाङ सारिने

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय स्थायी राजधानी दाङ देउखुरीमा सार्ने तयारी गरेको छ । मन्त्रालय स्थानान्तरणका लागि आन्तरिक तयारीमा सरकार लागेको र यही मंसिर महिनाभित्र प्रदेश सरकार मातहतका सबै मन्त्रालय राजधानीमा सार्ने तयारी छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुुलबहादुर केसीले प्रदेश सरकार मातहतका सबै मन्त्रालयका लागि आवश्यक पर्ने पूर्वाधारसहित मुख्य सचिवको आवास व्यवस्थापनको […]

सम्बन्धित सामग्री

‘राजधानी दाङ सर्दैमा बुटवल भासिँदैन’

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेश राजधानी सरेको विषयलाई ठूलो मुद्दा नबनाउन बुटवलवासीलाई आग्रह गरेका छन्।...

बुटवलबाट राजधानी दाङ जाँदैमा आकाश खस्दैनः विष्णु पौडेल

बुटवल – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेश राजधानीका नाममा बुटवलबासीलाई नअलमलिन आग्रह गरेका छन्। बुटवलमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको साधारणसभालाई सम्बोधन गर्दै पौडेलले बुटवलबाट प्रदेशको राजधानी दाङ जाँदैमा तर्सिन नपर्ने बताए। उनले राजधानी दाङ जाँदा बुटवललाई केही असर नपर्ने दाबी गरे। ‘अब राजधानी राजधानी भनेर नअलमलिनुस्, अब अगाडि के गर्ने भन्ने विषयमा छलफल […]

दाङ देउखुरीमा सबै मन्त्रालय स्थापना, २१ पुसभित्रै शपथ ग्रहणको तयारी

१० पुस, दाङ । लुम्बिनी प्रदेश सरकार स्थायी राजधानी दाङ स्थानान्तरणको काम धमाधम भइरहेको छ । प्रदेश सरकार नै स्थायी राजधानी देउखुरीबाट सञ्चालन गर्ने गरी अहिले मन्त्रालय स्थापनादेखि संसद भवन सिंगारपटारको काम चलिरहेको छ । गत मंसिर २८ गते मुख्यन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शुभारसम्मसँगै अस्थायी मुकाम बुटवलबाट मन्त्रालयहरु दाङ ल्याउने काम भइरहेको छ । अहिले […]

लुम्बिनीको स्थायी राजधानी दाङ सारिएकोमा चार पार्टीले गरे स्वागत

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङ देउखुरी सारिएकोमा सत्तारुढ चार पार्टीले स्वागत गरेका छन् । नेपाली कांग्रेस,  नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै स्वागत गरेका हुन् । २०७७ साल असोज २० गते प्रदेशको राजधानी देउखुरी सार्ने निर्णय भएपनि ढिलागरी गत मंसिर १९ गते सारिएकोे हो । ढिलै भएपनि स्थायी राजधानी सार्ने कार्यान्वयन भएको सत्तारुढ दलका नेताहरुले स्वागतसहित धन्यवाद ज्ञापन गरेका हुन् ।

लुम्बिनी प्रदेशको राजधानी रातारात दाङ सारियो

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी रातारात दाङ सारिएको छ । सरोकारवाला विभिन्न पक्षहरूको विरोधका बावजुद लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ रातारात सारिएको हो । रुपन्देहीका विभिन्न राजनीतिक दलहरूले हतारमा राजधानी नसार्न माग गर्दै आए पछि मुख्यमन्त्रीको कार्यालय र विभिन्न प्रदेशका मन्त्रालयहरू रातारात दाङको भालुवाङ सारिएको हो । काम चलाऊ प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा […]

बुटवलबाट दाङ सारियो लुम्बिनीको मुख्यमन्त्री कार्यालय

२० मंसिर, दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ स्थानान्तरणको कामले तीव्रता पाएको छ । सोमबारमात्रै मुख्यमन्त्री कार्यालय र निजी सचिवालय दाङको देउखुरीमा ल्याइएको छ । मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्यालयमा ल्याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए । मंगलबार बिहानैदेखि  देउखुरीको कार्यालय ब्यवस्थापनको काम भइरहेको उनले बताए । […]

पूर्वाधार तयार नहुँदै राजधानी दाङ नसार्न कांग्रेस र एमालेको माग

कांग्रेस र एमालेले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ तत्काल नसार्न माग गरेका छन् । कांग्रेस र एमालेका प्रदेश सभा सदस्यहरूले पूर्वाधार निर्माणविना लुम्बिनी प्रदेशको राजधानी नसार्न माग गरेका हुन् ।  एमाले रुपन्देहीले बुटवलबाट...

पूर्वाधारबिना लुम्बिनी प्रदेशको राजधानी दाङ नसार्न एमाले र कांग्रेसको आग्रह

बुटवल : नेकपा (एमाले) र नेपाली कांग्रेस रुपन्देहीले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल दाङ नसार्न आग्रह गरेका छन्। आइतवार एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी र कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले बुटवलबाट विभिन्न कार्यालयहरू सार्न थालेपछि कार्यालय सार्न हतार नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्। दाङमा…

लुम्बिनीको राजधानी बसाउनेबारे अध्ययन गर्न विदेशी विज्ञको टोली दाङ जाँदै

१८ कात्तिक, काठमाडौं । लुम्बिनी प्रदेशको व्यवस्थित राजधानी शहर बसाउने विषयमा स्थलगत अध्ययन गर्न विदेशी विज्ञहरुको टोली दाङको देउखुरी उपत्यका जाने भएको छ । प्राकृतिक विपदसँग सम्बन्धित विदेशी विज्ञहरुको टोली शनिबार दाङ देउखुरी जाने भएको हो । शनिबार सानो टोली मात्र जाने र त्यसको केही दिनपछि अर्को ठूलो टोली लामो समयसम्म देउखुरी क्षेत्रमै बसेर अध्ययन […]