अध्यागमन कार्यालय छ तर काम केही छैन

इलामको पूर्वी सीमा क्षेत्र पशुपतिनगरमा रहेको अध्यागमन कार्यालय स्थापनामै सीमित बनेको छ । तीन वर्षअघि पशुपतिनगर नाकामा स्थापना भएको अध्यागमन कार्यालयबाट अहिलेसम्म केही पनि काम हुन सकेको छैन । भा

सम्बन्धित सामग्री

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि कामविहीन भएको छ । तेस्रो मुलुकबाट आउने पर्यटक नभएपछि जमुनाह नाकामा रहेको उक्त कार्यालय सुनसान भएको छ । “अहिले कुनै काम छैन, काम भएको भए हामी पनि व्यस्त हुन्थ्यौँ होला तर आइसिपी सञ्चालन भएपछि पुनः काम हुने आश्वासन पाएका छौँ”, जमुनाहस्थित अध्यागमन कार्यालयका प्रमुख […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु भयो अध्यागमन कार्यालय

पर्वत : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि गत बिहीबारदेखि अध्यागमन कार्यालय स्थापना गरेर काम थालिएको छ।गृह मन्त्रालयले प्रमुख अध्यागमन अधिकृतका रूपमा उपसचिव लीला वल्लभ न्यौपाने सहित विभिन्न तहका १० जना कर्मचारीहरू तत्कालका लागि पठाएर अध्यागमनको काम थालिएको हो। बिहीबार कार्यालय स्थापना गरेपछि कार्यालय व्यवस्थापनका कामहरू चलिरहेको अध्यागमन अधिकृत न्यौपानेले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय नहुँदा काठमाडौंको टोली आएर अध्यागमनको काम गर्ने गरेको थियो।नि

कामविनाको अध्यागमन कार्यालय

इलामको पूर्वी सीमाक्षेत्र पशुपतिनगरमा रहेको अध्यागमन कार्यालय अन्ततः स्थापनामै सीमित बनेको छ । तीन वर्षअघि पशुपतिनगर नाकामा स्थापना भएको अध्यागमन कार्यालयबाट अहिलेसम्म केही काम हुन सकेको छैन ।

सचिव भट्टराई गृहमन्त्री श्रेष्ठका सुशासन सारथी

काठमाडौँ, २६ भदौ  गृह मन्त्रालयको प्रशासनिक नेतृत्वको जिम्मेवारी दिनेश भट्टराईले सम्हालिरहेका छन् । गृह मन्त्रालयको विभिन्न महाशाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय, मकवानपुर, उदयपुर, दाङ, बारालगायतका जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका गृहसचिव भट्टराई गृहका अनुभवि ‘क्याडर’ हुन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठको सुशासनको अभियानलाई सफल पार्न निरन्तर खटिरहेका गृहसचिव भट्टराई हक्की र खरो स्वभावका […]

अध्यागमन कार्यालय कामरहित

दुई वर्षअघि इलामको पूर्वी सीमावर्ती पशुपतिनगर नाकामा स्थापना भएको अध्यागमन कार्यालय अहिले कामविहीन अवस्थामा रहेको छ। भारत हुँदै आउने तेस्रो मुलुकका पर्यटकलाई नेपाल प्रवेशको सहज ढोका मानिएको पशुपतिनगरमा नेपालतर्फ मात्रै अध्यागमन कार्यालय स्थापना हुँदा कामविहीन अवस्थामा पुगेको हो। यहाँको अध्यागमनलाई काम गराउन भारततर्फ पनि अध्यागमन कार्यालय स्थापना हुन जरुरी छ।

अध्यागमन कार्यालय सुनसान

राँझा– भारततर्फको अध्यागमन कार्यालय बन्द भएपछि जमुनाहस्थित नेपालको अध्यागमन कार्यालय सुनसान बन्न पुगेको छ। भारतीय अध्यागमन कार्यालय बन्द भएपछि कार्यालयबाट हुने गरेको प्रस्थान तथा आगमन अनुमति दिने काम ठप्प भएको अध्यागमन कार्यालय नेपालगञ्जका निमित्त प्रमुख कृष्णा रानाले बताइन्। ‘कोभिड–१९ महामारीसँगै बन्द भएको भारतीय अध्यागमन कार्यालय अहिलेसम्म खुलेको छैन,’ रानाले भनिन्, ‘भारतीय अध्यागमन कार्यालय नखुल्दा यताबाट […]

नासुका भरमा अध्यागमन

वीरगञ्ज । वीरगञ्जस्थित अध्यागमन कार्यालय अहिले नायब सुब्बाकै भरमा सञ्चालन हुँदै आएको छ ।      कार्यालय प्रमुख (शाखा अधिकृत) गत भदौ २३ गते अन्यत्र सरुवा भई गएपछि हाल उक्त कार्यालयमा नायब सुब्बा विवेक मुखियाले निमित्त प्रमुखका रूपमा काम गर्दै आएका छन् । हाल शाखा अधिकृत नहुँदा आफूले निमित्त प्रमुखका रूपमा कार्यालय सञ्चालन गर्दै आएको कार्यालयका निमित्त प्रमुखसमेत रहेका नासु मुखियाले बताए ।      उनका अनुसार यसअगावै कार्यालय प्रमुख रहेका शाखा अधिकृत राज कुशवाहा पर्साको जगरनाथपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएपछि हालसम्म उक्त कार्यालय निमित्तका भरमा सञ्चालन हँुदै आएको हो । शाखा अधिकृत एक, नायब सुब्बा दुई, खरिदार एक, लेखापाल एक, कम्प्युटर अपरेटर (सहायक) एक र दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेको यो कार्यालयमा हाल नायब सुब्बा एक, खरिदार एक, लेखापाल एक र दुई जना कार्यालय सहयोगी कार्यरत छन् । कार्यालयले भारतको बाटो हँुदै नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई आवश्यकताअनुसार १५/३० र ९० दिनसम्मको पर्यटन भिसा उपलब्ध गराउँदै आएको छ । तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल प्रवेश गर्ने नेपाली नागरिकलाई आगमनका लागि अनुमति दिँदै आएको  छ । उक्त नाकाबाट भारत हुँदै तेस्रोमुलुक जाने नागरिकलाई नेपाल छाड्ने अनुमति दिने काम कार्यालयले गर्दै आएको छ । रासस