नासुका भरमा अध्यागमन

वीरगञ्ज । वीरगञ्जस्थित अध्यागमन कार्यालय अहिले नायब सुब्बाकै भरमा सञ्चालन हुँदै आएको छ ।      कार्यालय प्रमुख (शाखा अधिकृत) गत भदौ २३ गते अन्यत्र सरुवा भई गएपछि हाल उक्त कार्यालयमा नायब सुब्बा विवेक मुखियाले निमित्त प्रमुखका रूपमा काम गर्दै आएका छन् । हाल शाखा अधिकृत नहुँदा आफूले निमित्त प्रमुखका रूपमा कार्यालय सञ्चालन गर्दै आएको कार्यालयका निमित्त प्रमुखसमेत रहेका नासु मुखियाले बताए ।      उनका अनुसार यसअगावै कार्यालय प्रमुख रहेका शाखा अधिकृत राज कुशवाहा पर्साको जगरनाथपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएपछि हालसम्म उक्त कार्यालय निमित्तका भरमा सञ्चालन हँुदै आएको हो । शाखा अधिकृत एक, नायब सुब्बा दुई, खरिदार एक, लेखापाल एक, कम्प्युटर अपरेटर (सहायक) एक र दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेको यो कार्यालयमा हाल नायब सुब्बा एक, खरिदार एक, लेखापाल एक र दुई जना कार्यालय सहयोगी कार्यरत छन् । कार्यालयले भारतको बाटो हँुदै नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई आवश्यकताअनुसार १५/३० र ९० दिनसम्मको पर्यटन भिसा उपलब्ध गराउँदै आएको छ । तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल प्रवेश गर्ने नेपाली नागरिकलाई आगमनका लागि अनुमति दिँदै आएको  छ । उक्त नाकाबाट भारत हुँदै तेस्रोमुलुक जाने नागरिकलाई नेपाल छाड्ने अनुमति दिने काम कार्यालयले गर्दै आएको छ । रासस   

सम्बन्धित सामग्री

अध्यागमनले श्रम स्वीकृति लिएकालाई रोकेपछि म्यानपावरले मागे क्षतिपूर्ति

२९ असार, काठमाडौं । म्यानपावर व्यवसायीहरुले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको प्रकरणको विरोध गरेका छन् । शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै श्रमिकहरुलाई शंकाकै भरमा फर्काएर भएको क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीले श्रम स्वीकृति लिएर गएका श्रमिकलाई अन्यायपूर्ण तरिकाले कुवेत […]

केरुङ प्रवेशको परिचयपत्र सहज पारिदिन आग्रह

रसुवा : नेपाल–चीन बीचको उत्तरी नाका रसुवागढीबाट केरुङ जान पाउने परिचयपत्र सहजरूपले उपलब्ध गरिदिन व्यवसायीले आग्रह गरेका छन्। एकातिर व्यवसायी केरुङ जान नपाउँदा अर्काको भरमा सवारी साधन पठाउन बाध्य र अर्काेतर्फ टिमुरेदेखि केरुङसम्म २४ किमी दूरीको चर्को ज्याला तिर्न बाध्य भएको भन्दै केरुङ जान पाउने सीमापास सहजरूपले उपलब्ध हुन व्यवसायीले माग गरेका हुन्।गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले तय गरेको चीन प्रवेश सम्बन्धी कार्यविधि २०७६ बमोजिम रसुवागढी नाकाबाट चालक, कामदार एवं व्यापारी तथा

छानविनकै क्रममा रहेका सन्दीपलाई कालोसूचिमा राखेकोबारे रिमाको प्रश्न

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेपछि अभिनेत्री तथा प्रस्तोता रिमा विश्वकर्माले त्यस बिषयमा आफ्नो प्रतिक्रिया दिएकी छन् । रिमाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो प्रतिक्रिया दिएकी हुन् । यतिबेला प्रहरी अनुसन्धानमा रहेका सन्दीपलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । रिमाले सामाजिक सञ्जाल मार्फत आरोप लागेकै भरमा खेलाडीलाई […]

सन्दिपलाई कालोसुचीमा राखेकोमा रिमा विश्वकर्माको आपत्ती

काठमाडौं, २७ भदौ । प्रहरीको छानबिनको क्रममा रहेका नेपाली क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई अध्यागमन विभागले कालोसुचीमा राखेकोमा अभिनेत्री रिमा विश्वकर्माले आपक्ति जनाएकी छिन् । आरोप लगाएकै भरमा दोषी सावित नहुँदै लामिछानेलाई कालोसुचीमा राख्नु न्यायपुर्ण नहुने उनको तर्क छ । सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै अभिनेत्रीले दोषी भएमा देशको कानुन बमोजिम सजाय पाउने र अपराधिले कुनै […]

कल सेन्टरमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता खोज्न प्रहरी असफल

प्रविधिसँग सम्बन्धित घटनामा प्रहरी अनुसन्धानको कमजोरीका कारण कतिपयलाई उन्मुक्ति, कसैलाई हचुवाका भरमा मुद्दा गत ८ वैशाखमा नेपालमा बसेर अनलाइन जुवासम्बन्धी अपराधमा संलग्न भएको आरोपमा अध्यागमन विभाग र प्रहरीले २२ चिनियाँ नागरिकलाई...

दैनिक २ हजार पर्यटक

काठमाडौं । कोभिड–१९ को संक्रमण घट्ने क्रमसँगै नेपाल आउने विदेशीको संख्या बढ्न थालेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार अचेल दैनिक नेपाल आउने विदेशी पर्यटकको संख्या २ हजार पुगेको छ । गत अप्रिल १ देखि १० सम्मको तथ्यांकअनुसार दैनिक लगभग २ हजार विदेशी नेपाल आइरहेको अध्यागमन कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार अप्रिल १ मा २ हजार ५१३ विदेशी पर्यटक नेपाल आएका थिए । पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर नगण्य रहेकाले पर्यटक आउने क्रम एकाएक बढेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले बताए । उनले भने, ‘कोरोना जोखिम शून्यजस्तै छ, त्यसैले पर्यटक आउने क्रम बढेको छ, आगामी दिनमा अझै बढ्छ ।’ गत जनवरीदेखि मार्चसम्म कुल ७८ हजार १८२ विदेशी पर्यटक आएका थिए । नेपाल आउने विदेशीको संख्या बढिरहेको, विमानस्थलमा एउटा मात्र एटीएम रहेको र सफ्टवेयरले काम नगर्दा विद्युतीय कारोबार अवरुद्ध हुन सक्ने भन्दै कार्यालयले पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ । त्यसो गर्दा अनअराइभल भिसाको शुल्क तिर्न सजिलो हुने कार्यालयको भनाइ छ । कार्डको भरमा आउँदा विमानस्थलको विद्युतीय कारोबार गर्ने सफ्टवेयरले काम नगरेको खण्डमा शुल्क तिर्न नपाएर भिसा नलाग्ने समस्या आउँछ । अनि पर्यटक लामो समय विमानस्थलमै अड्किन सक्छन् । त्यसैले कार्यालयले भिसा शुल्क बुझाउन सजिलो हुने भन्दै २ सय अमेरिकी डलर बराबर परिवत्र्य विदेशी मुद्रा बोकेर आउन सुझाएको हो । गौतमबुद्ध विमानस्थल वैशाख ८ बाट चल्ने निर्माण सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै सोहीअनुसार काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । मन्त्री आलेले कोरोना जोखिम घटेकाले अब विमानस्थल २४सै घण्टा सञ्चालन गर्नसमेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । साबिकको १ हजार ५ सय मीटर लामो धावनमार्ग बन्द गरेर अब ३ हजार मीटर लामो नयाँ धावनमार्ग सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीले जानकारी दिए ।  रासस

नायब सुब्बाकै भरमा चल्दै छ वीरगञ्ज अध्यागमन

काठमाडौँ- वीरगञ्जस्थित अध्यागमन कार्यालय अहिले नायब सुब्बाकै भरमा सञ्चालन हुँदै आएको छ। कार्यालय प्रमुख (शाखा अधिकृत) गत भदौ २३ गते अन्यत्र सरुवा भई गएपछि हाल उक्त कार्यालय नायब सुब्बा विवेक मुखिया निमित्त प्रमुखका रुपमा कार्य गर्दै आएकी छन्। हाल शाखा अधिकृत नहुँदा आफूले निमित्त प्रमुखका रुपमा कार्यालय सञ्चालन गर्दै आएको कार्यालयका निमित्त प्रमुखसमेत रहेका नायब […]