काठमाडाैं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्योपचार गरी स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत गरे।करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरी पार्टीका पूर्वस्थायी समिति सदस्यसमेत रहेका पुन आज नेपाल फिर्ता भएका हुन्।हिमालयन एयरलाइन्सको फर्कंदै गरेको कार्गो विमानमा टिकट मिलाएर पूर्वमन्त्री पुन, उनकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला