पोखराको पर्यटन प्रवद्र्धन तथा निजी क्षेत्रका साझा मुद्दामा सहकार्य बढाउने उद्देश्यले पोखरा उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलले देशका विभिन्न उद्योग वाणिज्य सङ्घको भ्रमण गरेको छ । पर्यटनको राजधानीमा आन्तरिक पर्यटक भित्र्याउन सङ्घको टोलीले भक्तपुर, धुलिखेल, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, उदयपुरको कटारी र त्रियुगा, सुनसरीको धरान, झापाको बिर्तामोड, इलाम, पाँचथर, तेह्रथुम,महोत्तरीको बर्दीबास तथा मकवानपुरको मकवानपुर उद्योग वाणिज्य …
काठमाडौं– नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न स्वीडिस सांसदहरुसँग आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेको स्वीडिस सांसदहरुको टोलीसँग सोमबार नेपाल पर्यटन बोर्डमा आयोजित भेटघाट कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले दुवै देशबीच सहकार्यका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै त्यस्तो आग्रह गरेका हुन् । उनले लामो समयदेखि युरोपियन युनियनको सेफ्टी लिस्टमा नेपाल रहेको […]
पूर्वी लमजुङ र छिमेकी जिल्ला गोरखाको पर्यटन प्रवर्द्धनका लागि चार गाउँपालिकाले साझेदारी गरेका छन् । लमजुङको दोर्दी गाउँपालिकामा एक अन्तरक्रियासहित पर्वतीय पदमार्ग निर्माणका लागि लमजुङका तीन र गोरखाको एक गाउँपालिकाबीच सहकार्य गर्ने हस्ताक्षरसमेत भएको हो । ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान)को संयोजनमा पर्यटन प्रवर्द्धनसम्बन्धी छलफल भएको हो । पर्यटन क्षेत्रमा काम गर्दै आएको टानले […]
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र नेपालका लागि अष्ट्रेलियन राजदूतावासका नियोग उपप्रमुख पल म्याकिकर्नबीच भएको भेटवार्तामा प्रमुख रेग्मीले कोभिड–१९ पछि लयमा फर्किन थालेको नेपालको पर्यटन क्षेत्र साहसिक पर्यटनमा रुची राख्ने अष्ट्रेलियन पर्यटकका लागि एक आर्कषक गन्तव्य भएको बताउनुभयो ।
काठमाडौं : मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।समझदारीपछि दुवै संस्था मिलेर पर्यटन उद्योगको प्रवर्द्धन र अवधारणा विकासमा सहकार्य गर्ने भएका छन्। महासंघको सचिवालय काठमाडौंमा बिहीबार भएको समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका तर्फबाट कार्यकारी प्रमुख डा धनन्जय रेग्मी र महासंघका तर्फबाट अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरे।समझदारी पत्रमा पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाहरूको बैठक गरी उदीयमान
काठमाडौं: नेपाल पर्यटन बोर्डले संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने भएको छ। नेपालको लोक तथा परम्परागत संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि बोर्डले सुरसुधा र चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ) सँग सहकार्य गर्ने जनाएको छ।
पर्यटन प्रवर्द्धनको लागि संगीत सशक्त माध्यम भएकाले सुरसुधा र पीएफसीएफ सँग सहकार्य गर्न लागिएको बोर्डका वरिष्ठ निर्देशक…
नेपाल चेम्बर अफ कमर्सले सार्क सदस्य राष्ट्र श्रीलङ्कासँग पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न प्रस्ताव राखेको छ । नेपालका लागि श्रीलङ्काकी राजदूत हिमाली शुभासिनी अरूनातिलकासँग जमलस्थित चेम्बर भवनमा शुक्रबार भएको भेटवार्तामा अध्यक्ष राजेन्द्र मल्लले पर्यटन सेवामा सहकार्यमार्फत दुवै मुलुकले आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका हुन् । आगामी बुद्ध जयन्तीको अवसरमा नेपालले दोस्रो अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उडानको शुरू गर्न लागेको भन्दै अध्यक्ष मल्लले सीधा हवाई सम्पर्क बढाउन पन
बाँके राष्ट्रिय निकुञ्ज पर्यटन प्रवर्द्धन अभियानमा जुटेको छ ।
२०६७ असार २८ गते स्थापना भएको यो निकुञ्जमा पर्यटकको आगमन भए पनि सन्तोषजनकरूपमा बढ्न नसकेकाले पर्यटन प्रवर्द्धन गर्ने रणनीतिका साथ काम थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहले जानकारी दिए ।
उनका अनुसार निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि आवश्यक गतिविधि सञ्चालन भइरहेका छन् । बैजनाथ गाउँपालिकाको गाभर भ्याली सामुदायिक घरवास र कोहलपुर नगरपालिकाको खड्कवार घरवासमा घुम्न आउने पर्यटकलाई निकुञ्जमा ल्याउन आवश्यक समन्वय र सहकार्य भ...
नेपाल र रुसबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा.धनञ्जय रेग्मी र नेपालका लागि रुसी राजदूतावासका फस्ट सेक्रेटरी युलिया ए. आन्द्रोसोभाबीच सोमबार भेटवार्ता भएको छ । नेपाल पर्यटन बोर्डमा भएको भेटमा दुवै देशबीच लामो सम्बन्ध रही आएको उल्लेख गर्दै आपसी सहकार्यमा दुवै देशको पर्यटन प्रवद्र्धन गर्न सकिने कुरामा जोड दिइएको थियो । भेटका क्रममा दुवै देशका कुटनीतिक व्यक्ति, सेलिब्रेटी, सञ्चारकर्मीहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई
काठमाडौँ – नेपालले मध्यपूर्वी एसियाको उदीयमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने भएको छ। दुई देशबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा धनञ्जय रेग्मी र नेपालका लागि मलेसियाका फस्ट सेक्रेटरी (चार्ज दी अफेयर्स) मोह्द फाजेल अबु हसनबीच छलफल भएको हो। मलेसियन राजदूतावासमा शुक्रबार भएको […]