दार्चुला घटना : भारतीय एसएसबीले तुइन काटे/नकाटेकोबारे बेलुकासम्म प्रारम्भिक विवरण आउने

काठमाण्डाै - दार्चुलाको व्यास गाउँपालिका–२ मालमा महाकाली तर्ने क्रममा बेपत्ता जयसिंह धामी अझै फेला परेका छैनन् । हिजो बिहानदेखि बेपत्ता धामीको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ । महाकाली नदीसँग बग्दै जाने बैतडी र कञ्चनपुर प्रहरीलाई पनि आवश्यक खोजीमा सहयोग गर्न भनिएको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटेपछि जयसिंह महाकाली नदीमा खसेर बेपत्ता भएको स्थानीय बासिन्दाको दाबी छ । स्थानीयबासिन्दाले जिल्ला प्रशासन कार्यालयमा पुगेर घटनाबारे हिजो नै जानकारी गराएका थिए । लगत्तै भारतीय पक्षसँ...

सम्बन्धित सामग्री

दार्चुला घटना सरकारले दुई महिनापछि पठायो भारतलाई कूटनीतिक नोट

काठमाडौं । सरकारले दार्चुला तुइन घटना र नेपाली आकाशमा हेलिकोप्टर उडाएको विषयमा कूटनीतिक नोट पठाएको छ । दार्चुलामा भारतका एसएसबीले तुइन चुडाउँदा जयसिंह धामी बेपत्ता भएको विषयमा सरकारले झन्डै दुई महिनापछि भारतलाई कूटनीतिक नोट पठाएको हो । दार्चुला घटनाको विषयमा सरकार मौन बसेपछि सर्वत्र आलोचना भएको थियो । सरकारले परराष्ट्र मन्त्रालयमार्फत दुवै पत्र कूटनीतिक च्यानलमार्फत […] The post दार्चुला घटना सरकारले दुई महिनापछि पठायो भारतलाई कूटनीतिक नोट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

दार्चुला घटना : प्रतिवेदन बनाउनै एक महिना, कूटनीतिक पहल कहिले ?

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका दार्चुलाका युवा जयसिंह धामीको विषयमा एक महिना बित्दा पनि सरकारले कूटनीतिक पहल गर्न आलटाल गरेको छ । जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिन र दोषीलाई कारबाही गर्न सरकारले कूटनीतिक पहल गर्न सकेको छैन । सोही घटनाको विषय लिएर केही […] The post दार्चुला घटना : प्रतिवेदन बनाउनै एक महिना, कूटनीतिक पहल कहिले ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एसएसबीको उपस्थितिमा दार्चुला तुइन घटना भएको छानबिन समितिको निष्कर्ष

काठमाडौं, भदौं १५ । सरकारद्वारा गठित दार्चुला घटना छानबिन समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्ष निकालेको छ। मंगलबार सरकारलाई प्रतिवेदन बुझाउँदै समितिले घटनामा संलग्न एसएसबीमाथी अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न सुझाव पनि दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकाली […]

दार्चुला घटना : छानबिन टोली धनगढीमा, मुख्यमन्त्री र कानूनमन्त्रीसँग छलफल

२७ साउन, धनगढी । दार्चुला तुइन घटना छानबिन गर्न गठन गरिएको टोली धनगढी पुगेको छ । भारतीय एसएसबीले तुइनको डोरी काटिदिएपछि जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिनका लागि गठित टोली धनगढी पुगेको हो । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोलीले बुधबार बिहान प्रदेश राजधानी धनगढी पुगेर सुदूरपश्चिम मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक […]

दार्चुला घटना : आरोपितसँगै घटनास्थलमा गृहको छानबिन टोली

धनगढी : दार्चुलामा तुइन घटनाको छानबिनका लागि घटनास्थल मालघाट पुगेको गृह मन्त्रालयको टोलीको विरोध हुन थालेको छ। गृहको छानबिन टोलीले घटनास्थल जाँदा आरोपित भारतीय सुरक्षा बल (एसएसबी)लाई पनि सँगै लगेपछि विरोध हुन थालेको हो।एसएसबीले तुइन फुस्काइदिएपछि व्यासका जयसिंह धामी बेपत्ता भएको प्रत्यक्षदर्शी र स्थानीयले बताउँदै आएका छन्।दार्चुलाका पत्रकार नरेन्द्र कार्की सामाजिक सञ्जालमा लेख्छन्, ‘पत्रकारलाई समेत घटनास्थलमा जान रोक लगाएर स्थलगत निरीक्षण गरियो। जसले अपराध कर्म गरे उसैको सहयोगमा छानबिन गरि

दार्चुला घटना : गृहले गठन गर्‍यो छानविन समिति

दार्चुलामा भारतीय सीमा सुरक्षाबल (एसएसबी) ले तुइन काट्दा एक युवा बेपत्ता भएपछि गृहमन्त्रालयले छानविन समिति गठन गरेको छ। मन्त्रालयले आइतबार गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको...

गृह मन्त्रालयले बनायो दार्चुला घटना छानबिनका लागि समिति

तुइन काटेर नेपाली नागरिकको हत्या गरिएको भन्ने सन्दर्भमा छानबिन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ ।  गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा एक समिति गठन गरिएको हो ।गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (डीआईजी) हुतराज थापा, सशस्त्रका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य रहने गरी ५ स

दार्चुला घटना : आन्दोलनको आँधीबेरी ल्याउने युवा सङ्घको चेतावनी

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा दार्चुलामा महाकाली नदीमा नेपाली युवक बेपत्ता भएको घटनाको विरोधमा राष्ट्रिय युवा सङ्घ नेपालले आइतबार राजधानीमा प्रदर्शन गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गाला जान खोज्दा तुइन चुँडिएर स्थानीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका छन् ।तुइनबाट महाकाली नदी पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी काट्दा धामी नदीमा खसेर बेपत्ता भएको स्थानीयको आरोप छ ।  गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट

दार्चुला घटना प्रकरणमा भारतीय दूतावाससँग स्पष्टीकरण लिन वाइसिएलको माग

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले दार्चुला घटनाका सम्बन्धमा भारतीय राजदूतावाससँग स्पष्टीकरण लिन सरकारसँग माग गरेको छ । शनिबार सो संगठनले एक विज्ञप्ति जारी गरी संगठनले भारतीय सुरक्षा फौजबाट गरिएको ज्यादतीको यथार्थ छानविन गरी कुटनीतिक स्तरबाट देशको स्वाभिमान र नागरिक जीवनको सुरक्षा एवम् मृतक र तुइन काण्डबाट पीडित नागरिकको […]