तुइन काटेर नेपाली नागरिकको हत्या गरिएको भन्ने सन्दर्भमा छानबिन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा एक समिति गठन गरिएको हो ।गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (डीआईजी) हुतराज थापा, सशस्त्रका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य रहने गरी ५ स