पुलचोक–गोन्द्राङ ६ लेन सडकको आशलाग्दो प्रगति, भरतपुर–हेटौँडा खण्डको काम ३४% सकियो

चैत ९, चितवन । मुलुकमा सञ्चालन भइरहेका विकास निर्माणका काममा सुस्तता भइरहेको अवस्थामा ६ लेनमा विस्तार भइरहेको पुलचोक–गोन्द्राङ सडकमा भने आशलाग्दो प्रगति देखिएको छ ।  भरतपुर महानगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर–हेटौँडा खण्डको सो सडकको काम अहिले ३४ प्रतिशत सकिएको छ ।  सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालकाअनुसार विभिन्न कारणले सडक विस्तारमा समस्या आएको भए पनि ३४ प्रतिशतभन्दा बढी प्रगति देखिएको हो । ‘अहिलेसम्म ३७ प्रतिशत प्रगति देखिनुपर्ने हो, तर ३४ प्रतिशत भनेको नराम्रो प्रगति होइन’, उनले भने, ‘कोभिड–१९, मनसुनमा अत्यधिक वर्षा, ढुंगा, गिट्टी, बालुवालगायत निर्माण सामग्री अभावका कारण काम थोरै भएको हो ।’  चालू आर्थिक वर्षभित्रमा सडकको ७० प्रतिशत काम सक्ने लक्ष्यका साथ निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको उनले बताए । सडक विस्तारको काम विसं २०७७ कात्तिक ११ गतेदेखि काम शुरु भएको थियो । आगामी वर्षको फागुन ११ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने गरी इन्डो सगुन जेभीसँग सम्झौता गरिएको सडक विस्तारको काम ६६ प्रतिशत बाँकी छ । भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्यधिक सवारी चापका साथै दुर्घटनासमेत बढ्न थालेकाले सहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६ दशमलव शून्य ८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको हो । नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गलाई विस्तार गरी छ लेन बनाउने काम शुरु भएको हो । ६ लेनमा विस्तार भइरहेको नारायणगढ बुटवल सडकअन्तर्गतको एक खण्डका रूपमा पुल्चोक–गोन्द्राङ सडकखण्डलाई पनि विस्तार गर्न लागिएको हो । जम्मा २८ महीनाभित्र विस्तार गर्नुपर्ने सडकको लागत रू. एक अर्ब १२ करोड छ ।  सडक निर्माण शुरु भएपछि हालसम्म करीब रू. २६ करोड खर्च भएको सूचना अधिकारी खनालले जानकारी दिए । ‘अहिले सडक विस्ताका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री डम्पिङ गरिएको छ’, खनालले भने, ‘गिट्टी कुटेर रेडी छ, अलकत्रा रेडी छ, प्लान्ट रेडी छ, अब पिचको काम शुरु भयो भने एक दिनमा एक प्रतिशत प्रगति हुन्छ ।’ आसन्न निर्वाचनले प्रभाव नपारेको अवस्थामा लक्ष्य अगाडि नै सडक निर्माण सम्पन्न हुने खनालले बताए । टिकौली जङ्गल छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलचोकसम्म अहिले दुई लेन रहेको सडक केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म चार लेन छ । यो सडकमा अहिले चौबिसकोठी, भरतपुर आरोलो र बजार क्षेत्रमा चार लेन छ । दुई लेन भएको स्थानमा थप चार लेन र चार लेन भएको स्थानमा थप दुई लेन थपिने खनालले जानकारी दिए ।  विद्युत्का खम्बा सार्न र खानेपानीको पाइप सार्न नै मूल समस्या भएकाले प्राधिकरणसँग समन्वय गरिरहेको इन्जिनियर खनालको भनाइ छ । ठेक्कामा नै खम्बा सार्न लाग्ने खर्चसमेत समावेश गरिएको छ । ठेकेदार पक्षले तोकिएको समयअघि नै काम सक्ने बताएको छ ।  ५० मिटर चौडाइ रहने छ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड गर्ने योजना छ । सडकको दायाँबायाँ ११ दशमलव ५÷११ दशमलव ५ मिटरको कालोपत्र हुनेछ । त्यसको बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५।५ मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ ।  त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ हुने खनालले बताए । बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक फरक रहेको छ । सूचना अधिकारी खनालका अनुसार पुलचोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलग–अलग डिजाइन भएकाले त्यसमा केही फरक हुनेछ । बीचको भागमा हरियालीसहितका फूल रोपिनेछ । यही सडकखण्डमा विद्युत् लाइन भूमिगत गर्ने योजनासमेत प्राधिकरणले बनाएको छ ।  महानगर प्रमुख रेनु दाहालले आफ्नो कार्यकालमा पुल्चोक–गोन्द्राङ ६ लेनको सडक ठूला आयोजनामध्ये एक भएको बताइन् । उनले पुल्चोक–गोन्द्राङ सडक देशकै नमूना बन्ने बताइन् । रासस

सम्बन्धित सामग्री

धनगढीमा एक जना मृत फेला

काठमाडौँ । कैलालीको धनगढीमा एक जना मृत अवस्थामा भेटिएका छन् । धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित मोहनापुल-अत्तरीया ६ लेन सडक खण्डको दायाँ तर्फको लेनभन्दा बाहिर एक जना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत भेटिनेमा राजपुरकै ३५ वर्षीय छिता राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनी शनिबार […]

धनगढीमा एक जना मृत भेटिए

२९ साउन, धनगढी । कैलालीको धनगढीमा एक जना मृत अवस्थामा भेटिएका छन् । धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित मोहनापुल–अत्तरीया ६ लेन सडक खण्डको दायाँ तर्फको लेनभन्दा बाहिर एक जना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत भेटिनेमा राजपुरकै ३५ वर्षीय छिता राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । […]

६ लेन सडक विवाद : दुहबी खण्डको संरचना हटाउन पत्राचार

धरान (अस) । लामो समयदेखि विवादित बनेको रानीदेखि धरानसम्मको ६ लेन सडक विस्तार आयोजना अन्तर्गत दुहबी खण्डमा क्षेत्राधिकारभित्रका संरचना हटाउन रानी विराटनगर इटहरी धरान सडक योजना, सुनसरीले पत्राचार गरेको छ । मापदण्ड अनुसार दुहबी बजार क्षेत्रमा सडक विस्तार गर्न समस्या बढ्दै गर्दा योजनाको समयावधि लम्बिँदै गएकाले योजनाले दुहबी नगरपालिकालाई पत्राचार गर्दै बजार क्षेत्रमा रहेका मापदण्डविपरीतका संरचना खाली गर्न/गराउन आग्रह गरेको हो । सडकको मध्य भागबाट १५–१५ मिटर क्षेत्रका घरटहरा हटाउन आग्रह गर्दै योजनाले सडक विस्तारको प्रक्रिया अगाडि बढाएको छ । सडक क्षेत्र यकिन हुन नसक्दा अहिलेसम्म टेण्डर प्रक्रिया समेत अघि बढ्न सकेको छैन । लामो समयदेखि स्थानीयको अवरोधका कारण दुहबीमा मात्रै सडक विस्तार हुन सकेको छैन । सडक विस्तार गर्दा दुहबीका २३३ घर भत्किनेछन् । दुहबीबाहेक रानी विराटनगर हुँदै इटहरीदेखि धरानसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । सर्वोच्च र उच्च अदालतको आदेशले सुनसरीको दुहबी खण्डको सडक निर्माण प्रभावित बनेको हो । दुहबी क्षेत्रमा ३ किलोमिटर सडक निर्माणको अहिलेसम्म ठेक्का समेत लाग्न सकेको छैन । पुस २६ गते आयोजनाले नगरपालिकालाई गरेको पत्राचारमा सडक मर्मत नहुँदा यात्रु लगायत स्थानीयले समेत सास्ती भोग्नुपरेको उल्लेख छ । बूढीखोलादेखि दुहबी बजारसम्म निर्माण स्थल खाली नहुँदा सडक विस्तार हुन नसकेको आयोजना कार्यालयले बताएको छ ।

६ लेन सडक विवाद : दुहबी खण्डको संरचना हटाइने

माघ १२, धरान । लामो समयदेखि विवादित बनेको रानीदेखि धरानसम्मको ६ लेन सडक अन्तर्गतको दुहबी खण्डमा संरचना हटाउन रानी विराटनगर इटहरी धरान सडक योजना सुनसरीले पत्राचार गरेको छ ।  मापदण्ड अनुसार दुहबी बजार क्षेत्रमा सडक विस्तार गर्न समस्या बढ्दै गर्दा योजनाको समयावधि लम्बिदै गएकाले योजनाले दुहबी नगरपालिकालाई पत्राचार गर्दै बजार क्षेत्रमा रहेको संरचना खाली गर्न आग्रह गरेको हो ।  सीमा क्षेत्रबाट १५–१५ मिटर क्षेत्रका घर टहरा हटाउन आग्रह गर्दै योजनाले सडक विस्तारको प्रक्रिया अगाडी बढाएको छ । सडक क्षेत्र यकिन हुन नसक्दा अहिलेसम्म टेण्डर प्रक्रिया समेत अगाडी बढ्न सकेको छैन । लामो समयदेखि स्थानीयको अवरोधको कारण दुहबीमा मात्रै सडक विस्तारको काम अवरुद्ध भएको छ । सडक विस्तार गर्दा दुहबीका २३३ घर भत्किेनछन् ।  दुहबी बजारमा ६०० मिटर लम्बाईमा सडकको अधिकार क्षेत्रमा १६ दशमलव ४६ मिटर रहेको छ । दुहबी बाहेक रानी विराटनगर हुँदै इटहरीदेखि धरानसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । सर्वोच्च र उच्च अदालतको आदेशले सुनसरीको दुहबी खण्डको सडक निर्माणको काम प्रभावित बनेको हो । दुहबी क्षेत्रमा ३ किलोमिटर सडक निर्माणको अहिलेसम्म ठेक्का समेत लाग्न सकेको छैन । रानीदेखि धरानसम्मको सडक विस्तारको क्रममा मुख्य अवरोध भएको दुहबी बजार खाली गर्न सडक योजनाले पत्राचार गरेको छ । दुहबी नगरपालिकालाई योजना कार्यालयले मर्मत कार्यको लागि संरचना हटाउन आग्रह गरेको हो ।  गत पुस २६ गते नगरपालिकालाई पत्राचार गर्दै सडक मर्मत नहुँदा यात्रु लगायत स्थानीयले समेत सास्ती भोग्नुपरेको उल्लेख गरिएको छ । बुढी खोलादेखि दुहबी बजारसम्म सडक विस्तारको निर्माण स्थल नहुँदा सडक विस्तार हुन नसकेको योजना कार्यालयले जानकारी दिएको छ । योजना प्रमुख बद्रीप्रसाद शर्माद्वारा हस्ताक्षरित पत्रमा दुहबी नगरपालिका भित्र पर्ने बुढी खोलादेखि दुहबी बजारसम्म निर्माण स्थलको उपलब्धता नहुँदा सडक विस्तार हुन नसकेको लेखिएको छ । योजनाको बिच भागमा पर्ने दुहबी बजार खण्ड निर्माण मर्मतको अभावमा जिर्ण हुन गई सवारी जाम हुने र दूर्घटनाको दर बढ्दै गएको उल्लेख गरिएको छ ।  वर्षाको समयमा हिलाम्मे र अन्य समयमा धुलाम्मे भइ जनस्वास्थ्यमा असर परिरहेको जानकारी दिएको छ । सवारी चाप बढेको कारण मर्मत अनिवार्य रहेको बताउँदै योजनाले सहज बनाईदिन आग्रह गरेको छ । आयोजनाले पत्रमार्फत सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई आग्रह गर्दै उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय ललितपुर र संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयलाई बोधार्थ समेत दिइएको छ ।  विराटनगरको रानीदेखि धरानको तीन कुनेसम्मको सडक विस्तारका लागि पुलसहित १७ प्याकेजको कुल ४४ किलोमिटरमा ६ लेनको काम भइरहेको छ । विराटनगरको रानीमा भन्सार कार्यालयका कारण लामो समयदेखि रोकिएको काम भर्खरै शुरु भएको छ । रानी विराटनगर–इटहरी–धरान व्यापारिक मार्ग विस्तारको काम आर्थिक वर्ष २०७५/०७६ मा सम्पन्न हुनुपर्ने थियो । तर यो सडक विस्तारको काम पटक पटक म्याद थपिदै आएको छ ।  अबको दुई वर्ष अर्थात् २०८० भित्र सबै प्याकेजको काम पूरा गर्नुपर्ने समय सीमा छ । तर अहिलेसम्म ११ ओटा प्याकेजमा २८ किलोमिटर सडक कालोपत्र गर्ने काम मात्र पूरा भएको छ ।

सडकको नालीमा खसेर गैंडाको मृत्‍यु

चितवनको भरतपुरमा बन्दै गरेको ६ लेन सडक खण्डको नालीमा खसेर एउटा गैंडा मरेको छ ।

निर्माण सम्पन्न नहुँदै भासियो ६ लेन सडक

सडकको भारवहन क्षमताभन्दा दोब्बर बढी भार बोकेका गाडी निर्बाध रूपमा गुड्दा रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक (कोशी राजमार्ग) निर्माण सम्पन्न नहुँदै भासिएको छ । ‘अस्फाल्ट’ प्रविधिको कालेपत्र गरिएको यो सडकको भारवहन क्षमता १० टन हो । तर २० टनसम्म बोकेका ढुवानीका साधन गुड्दा रानीदेखि नेमुवासम्मको तीन लेन सडक खण्डको पश्चिम क्षेत्र भासिएको छ । सीमावर्ती रानीदखि धरानको तीनकुनेसम्मको ४९ किलोमिटर सडक ६ लेनमा परिणत गर्न सरकारले १० अर्ब ९८ करोडको लागतमा २०६९÷७० देखि काम शुरू गरेको थियो । अ...

निर्माण सम्पन्न नहुँदै भासियो ६ लेन सडक

विराटनगर । सडकको भारवहन क्षमताभन्दा दोब्बर बढी भार बोकेका गाडी निर्बाध रूपमा गुड्दा रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक (कोशी राजमार्ग) निर्माण सम्पन्न नहँुदै भासिएको छ । ‘अस्फाल्ट’ प्रविधिको कालेपत्र गरिएको यो सडकको भारवहन क्षमता १० टन हो । तर २० टनसम्म बोकेका ढुवानीका साधन गुड्दा रानीदेखि नेमुवासम्मको तीन लेन सडक खण्डको पश्चिम क्षेत्र भासिएको छ । सीमावर्ती रानीदखि धरानको तीनकुनेसम्मको ४९ किलोमिटर सडक ६ लेनमा परिणत गर्न सरकारले १० अर्ब ९८ करोडको लागतमा २०६९÷७० देखि काम शुरू गरेको थियो । अहिले रानीदेखि सुनसरीको तरहरासम्मको ३४ किलोमिटरमध्ये ३२ किलोमिटर क्षेत्रमा कालोपत्रको काम सकिएको छ । त्यसमध्ये दुहवीको २ किलोमिटर क्षेत्रमा काम शुरू नै हुन सकेको छैन । यो खण्डमा विभिन्न १७ ओटा निर्माण कम्पनीले काम गरेका छन् । रानीदेखि तरहरासम्मको काम आगामी चैतसम्ममा सक्नुपर्ने म्याद छ । तरहरादेखि धरानको तीनकुनेसम्मको साढे ९ किलोमिटरको काम भर्खरै शुरू भएको छ । उक्त खण्डको काम २०८० सम्ममा सक्नुपर्ने म्याद छ । निर्माणाधीन अवस्थामै रहेको कोशी राजमार्ग, रानी–धरान सडक खण्ड अन्तर्गत विराटनगर क्षेत्रमा कालोपत्र भासिएको छ । भासिएको सडकमै सवारीसाधन गुड्दा छुट्टै ‘ट्र्याक’ बनेको छ । त्रिदेशीय लाइफलाइन तथा व्यापारिक मार्गको नाम दिइएको यो सडकको निर्माण सम्पन्न भएको खण्ड हस्तान्तरण गर्नुअगावै भासिन थालेको छ । भारवहन क्षमताभन्दा दोब्बर वजन बोकेका मालवाहक गाडी गुडेकाले सडक भासिएको आयोजनाका इन्जिनियर उपेन्द्र दासको भनाइ छ । भासिएको सडक सम्बन्धित निर्माण कम्पनीले मर्मत गर्ने उनले बताए । निर्माणाधीन सडकमा भारवहन क्षमताभन्दा बढी भार भएका गाडी आवागमनको उचित व्यवस्थापन गरिएको छैन । ६ लेन सडकको बीच भागमा डिभाइडर राखेर दायाँ–बायाँ ३–३ लेनमा विभाजन गरिएको छ । त्यसमध्ये नालातर्फको एक लेन पार्किङमा प्रयोग गरिएको छ । त्यसबाहेक एक लेनमा साना र अर्को लेनमा ठूला सवारीसाधन गुड्दा बीच भागको कालोपत्र भासिएको आयोजनाका प्राविधिकको बुझाइ छ । भन्सारबाट मालवस्तु बोकेर छुटेका सवारीसाधनलाई १५ किलोमिटर दूरीसम्म हिँड्न दिनू भन्ने गृह मन्त्रालयको आदेशका कारण जतिसुकै लोड बोकेका ढुवानीका साधनलाई यो सडकमा गुड्न दिइएको मोरङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्र खड्काले बताए । गृह मन्त्रालयले २०७५ सालमा यस्तो आदेश दिएको थियो । ६ लेन सडकमा पार्किङ निषेध गरिएको दाबी गर्दै खड्काले भने, ‘सर्भिस लेनको अभावमा ठूला मालवाहक सवारी एउटै लेनमा गुड्नुपर्ने अवस्थाका कारण सडक भासिएको हो ।’

भासियो ६ लेन सडक

उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान खण्डको छ लेनको सडक (कोसी) मार्ग निर्माण सम्पन्न नहुँदै भासिन थालेको छ ।‘अस्पाल्ट’ प्रविधिको कालेपत्र गरिएको यो सडकको भारवहन क्षमता १० टन मात्र हो ।  तर २० टनसम्म भार बोकेका ढुवानीका साधन गुड्दा रानीदेखि निमुवासम्मको सडक खण्डको पश्चिम क्षेत्र भासिएको हो ।

जनकपुर–जटही सडक निर्माणमा अनियमितता

धनुषाको दक्षिणवर्ती क्षेत्रमा निर्माणाधीन जनकपुर–जटही ६ लेन सडक खण्डको मुआब्जा वितरणमा विवाद देखिएको छ ।