उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान खण्डको छ लेनको सडक (कोसी) मार्ग निर्माण सम्पन्न नहुँदै भासिन थालेको छ ।‘अस्पाल्ट’ प्रविधिको कालेपत्र गरिएको यो सडकको भारवहन क्षमता १० टन मात्र हो । तर २० टनसम्म भार बोकेका ढुवानीका साधन गुड्दा रानीदेखि निमुवासम्मको सडक खण्डको पश्चिम क्षेत्र भासिएको हो ।