सडकको भारवहन क्षमताभन्दा दोब्बर बढी भार बोकेका गाडी निर्बाध रूपमा गुड्दा रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक (कोशी राजमार्ग) निर्माण सम्पन्न नहुँदै भासिएको छ । ‘अस्फाल्ट’ प्रविधिको कालेपत्र गरिएको यो सडकको भारवहन क्षमता १० टन हो । तर २० टनसम्म बोकेका ढुवानीका साधन गुड्दा रानीदेखि नेमुवासम्मको तीन लेन सडक खण्डको पश्चिम क्षेत्र भासिएको छ ।
सीमावर्ती रानीदखि धरानको तीनकुनेसम्मको ४९ किलोमिटर सडक ६ लेनमा परिणत गर्न सरकारले १० अर्ब ९८ करोडको लागतमा २०६९÷७० देखि काम शुरू गरेको थियो । अ...