नेपाली सेना गोरखबक्स गणले भोटेकोसी गाउँपालिका–३ दुगुनागढी एकीकरण मार्ग पदयात्रा–२०७८ आयोजना सम्पन्न गरेको छ । तिब्बतसँग युद्ध हँुदा उक्त स्थानबाट नेपालले तिब्बतलाई परास्त गरेको भनाइ छ । सो कारण दुगुनागढीलाई ऐतिहासिक स्थान मानिएको छ ।
नेपाल एकीकरण तथा नेपाल तिब्बत युद्धको दौरानमा नेपाली फौजले प्रयोग गरेको उक्त मार्गमा पदयात्रा गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनलायले जनाएको छ । पदयात्रा पूर्वी कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी सन्तोषकुमार ढकालको उपस्थितिमा भएको थियो ।