काठमाडौं । गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा सैनिक मुख्यालय जङ्गीअड्डामा आइपुगेर समाप्त भएको छ । गोरखाबाट पुस २१ गते शुरु भई धादिङ, नुवाकोट हुँदै उक्त पदयात्रा आइतबार हनुमानढोका आइपुगेको थियो । हिमाली, पहाडी, तराई तथा काठमाडौँका नेवार समुदायलगायत सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी राष्ट्रिय एकता झल्कने बाजागाजा, झाँकी, लाखेनाचसहितको सांस्कृतिक प्रस्तुतिका साथ सो पदयात्रा आज सैनिक मुख्यालयमा पुगेर अन्त्य भएको थियो ।पृथ्वी जयन्तीका अवसरमा चन्द्रागिरि, दहचोक, शिवपुरी, साँगा, महाद