नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले बोलायो चैत २८  साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २८ गते चौधौं वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल जुगल मिरावल चोक धुलिखेल काभ्रेपलाञ्चोकमा दिउँसो १ बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  त्यस्तै सभाले थप सार्वजनिक निष्कासन र बोनस शेयर वितरणपश्चात् कम्पनीको पूँजी वृद्धि हुने भएकाले पूँजी वृद्धिलगायत विषयमा प्रबन्धपत्र नियमावलीमा संशोधन गर्ने सम्बन्धमा पनि छलफल गर्नेछ । साथै सभाले विजय लघुवित्तसँग एक बराबर एक अनुपातमा मर्ज हुनुपूर्व गर्नुपर्ने सम्पूणर् कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, मर्जरपश्चात् विजय लघुवित्तको नामबाट कारोबार गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायत प्रस्तावहरू पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले चैत १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसको आधारमा चैत १४ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

सम्बन्धित सामग्री

असार ३१ गतेदेखि एक हुँदै विजय  र सारथी लघुवित्त

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी असार ३१ गतेदेखि एकीकृत कारोबार शुरू गर्दैछन् । दुवै बैंकले सूचना जारी गर्दै एकीकृत कारोबारको मिति सार्वजनिक गरेका हुन् । मर्जर सम्झौता गरेको सात महीनामा यी दुई कम्पनीले एकीकृत कारोबार शुरू गर्न लागेका हुन् । यी दुई कम्पनीबीच गत मंसिर २६ गते मर्जरसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेपाल राष्ट्र बैंकले असार १५ गते र नेपाल धितोपत्र बोर्डबाट असार २१ गते यी कम्पनीले मर्जरका लागि अन्तिम स्वीकृति पाएका थिए । कम्पनी रजिष्ट्रारको कार्यालयबाट भने कम्पनीहरूले असार २४ गते स्वीकृति पाएका थिए । यी प्रक्रिया पूरा भएसँगै यी दुई कम्पनी एक हुन लागेका हुन् । एकीकृत कारोबारपछि विजय लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार शुरू हुनेछ । मर्जरपछि बन्ने यस कम्पनीको केन्द्रीय कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा रहने जानकारी समेत कम्पनीहरूले दिएका छन् । यी दुई कम्पनी समान हैसियतमा मर्ज हुन लागेका हुन् । हाल नयाँ सारथी लघुवित्तको चुक्ता पूँजी रू. ३६ करोड १० लाख ४० हजार छ भने विजय लघुवित्तको चुक्ता पूँजी रू. ३८ करोड ४० लाख छ । दुई कम्पनी एक भएपछि बन्ने कम्पनीको चुक्ता पूँजी भने रू. ७४ करोड ५० लाख ४० हजार पुग्नेछ । एकीकृत कारोबारका दिनदेखि सूचीकृत दुवै कम्पनीको शेयर कारोबार १५ दिनका लागि बन्द रहनेछ । मर्जर तथा प्राप्तिसम्बन्धी पछिल्लो व्यवस्थाबमोजिम मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार शुरू गरेको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार बन्द गर्नुपर्ने व्यवस्था छ । यसअघिको व्यवस्थामा भने मर्जर तथा प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरेको भोलिपल्टदेखि मर्जर प्रक्रिया पूरा भई धितोपत्र बजारमा शेयर सूचीकृत नभएसम्म शेयर कारोबार बन्द हुने व्यवस्था थियो ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीच मर्जर सहमति

२७ मंसिर, काठमाडौं । विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्था एक आपसनमा मर्जरमा जाने भएका छन् । सोमबार दुई संस्थाबीच मर्जर तथा प्राप्ति एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गण्डकी प्रदेशको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको विजय लघुवित्त र काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालय रहेको नयाँ सारथी लघुवित्तले एक […]

नयाँ सारथी लघुवित्तका शाखा प्रबन्धकसहित ४ जना जेल चलान

३ फागुन, वीरगञ्ज । पर्सामा नक्कली ऋणी खडा गरी साढे ५ करोडभन्दा बढी रकम निकाल्ने एक लघुवित्तका प्रबन्धकसहित ४ जना कर्मचारी जेल चलान भएका छन् । बढनिहारस्थित नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रबन्धक भोजेन्द्र ठाकुर लोहारसहित चार जना कारागार चलान भएका हुन् । नक्कली ऋणी खडा गरी संस्थाको ५ करोड ५७ लाख ४२ हजार […]

नक्कली ऋणी खडा गरेर पाँच करोड ठगीः लघुवित्तका म्यानेजरसहित चार जना पक्राउ

वीरगञ्ज– नक्कली ऋणीको नाममा करिब साढे पाँच करोड रकम लघुवित्तबाट निकालेर ठगी गर्ने लघुवित्तका म्यानेजरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नक्कली ऋणी खडा गरी लघुवित्तबाट रकम निकालेर ठगी गर्ने पर्साको पर्सागढी नगरपालिकाको बढनिहारमा रहेको नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बढनिहारका म्यानेजरसहित चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सो लघुवित्तका […]

नयाँ सारथी लघुवित्त संस्थामा अनियमितता : ३०८ जना सदस्यको नाममा फर्जी ऋण लगानी

वीरगंज। नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको पर्सागढी नगरपालिका-३ बडनिहारस्थित शाखामा करोडौँको घोटाला भएको तथ्य सार्वजनिक भएको छ। शाखा घाटामा

नेप्सेद्वारा नयाँ सारथी लघुवित्तको शेयर सूचिकृत

काठमाडौं, १४ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचिकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीको ८ दशमलव १३ प्रतिशत बोनश शेयर वापतको एक लाख ९१ हजार ५२० कित्ता शेयर सूचिकृत गरेको हो । संस्थाले आर्थिक वर्ष २०७६ र ७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८ दशमलव १३ प्रतिशत बोनश […]