केही वर्षअगाडि भारत पुग्दा आमिर खान प्रस्तोता रहेको कार्यक्रम 'सत्यमेव जयते'को टिमसँग समय बिताउन पाए राधाकृष्ण धितालले । कार्यक्रमले आम जनतासँग सामाजिक विषयवस्तुबारे अन्तरक्रिया गर्ने र ती मुद्दालाई दर्शकसम्म पुर्याउने काम गर्थ्यो । भ्रुण हत्यासम्बन्धीको एक श्रृङ्खलाले त भारतमा संविधान संशोधन गर्नेसम्मको दबाब सिर्जना गर्यो । त्यसपछि नै राधाकृष्णको दिमागमा यस्तै विषयवस्तुमाथि नेपाली कार्यक्रम बनाउने कन्सेप्ट आयो ।