प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि घरमा ‘घरका तथा फुसको छानो’ नहुने अवस्था सरकारले गर्ने बताउनु भएको छ । खर तथा फुसको छानो भएकाहरुलाई टिनको छानो लगाउने प्रवन्ध सरकारले मिलाउने जनाउदै यसमा ढुक्क हुन उहाँले आग्रह गर्नुभयो ।
मंगलवार झापाको विर्तामोड–७ मा ३७ परिवारका लागि निर्माण भएको सामुहिक आवास उद्घाटन गर्दैँ उहाँले यस्तो बताउनु भएको हो । तपाईहरु आफ्नो योजना पठाउनुहोस हामी त्यसका लागि बजेट पठाउछौ, प्रधानमन्त्री ओलीले भन्नुभयो । अव्यवस्थित रुपमा बसोवास गर्दै आएका ३७ विपन्न परिवारका लागि हेविट्याट नेपालको आर्थिक सहयोग र सहारा नेपालको प्राविधिक सहयोग आवास निर्माण भएको हो ।