बांग्लादेशी गौरवको आयोजना : ६.३ किलोमिटर लामो पद्मा पुल

'पद्मा पुल एउटा इँटा र सिमेन्टको थुप्रो मात्रै होइन, यो बांग्लादेशको गौरव, सम्मान र दक्षताको प्रतीकसमेत हो,' शनिबार मुलुककै सबैभन्दा लामो पुल उद्घाटन गर्दै बांग्लादेशी प्रधानमन्त्री शेख हसिनाले भनिन् । उनले अगाडि भनिन्, 'हामीले गर्न सक्छौँ भनेर विश्वलाई देखाएका छौं ।'