नयाँ खिम्ती सब- स्टेसनको प्रधानमन्त्रीद्वारा उद्घाटन, बिजुली प्रसारण र वितरण गर्न सब- स्टेसन महत्वपूर्ण

चैत ५, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी लगानीमा बनेको ४५६ मेगावाट(मेवा) क्षमताको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अन्तर्गत निर्माण सम्पन्न भएको नयाँ खिम्ती सब- स्टेसनको शनिवार औपचारिक रुपमा उद्घाटन गर्नुभएको छ । उहाँले  रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी) मा आयोजित एक समारोहका बीच उक्त सब- स्टेशनको उद्घाटन गर्नुभएको हो ।   उक्त सब- स्टेसनमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ५२ दशमलव ४ मेगावाटको लिखु- ४ र २४ दशमलव २ मेगावाटको लिखु ‘ए’ आयोजनाहरुको विद्युत प्रणालीमा जोडिएको छ । सब- स्टेसन स्वदेशी पूँजीमा निर्माण भएको मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरबको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको एउटा मुख्य भाग हो । उक्त आयोजनाबाट उत्पादित विद्युत् ४७ किलो मिटर लामो २२० के. भी.  डवल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सब- स्टेसन जोडिएको छ ।  त्यस्तै, नयाँ खिम्ती सबस्टेसनमा जोडिएको विद्युत ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केवरस्थित ४००/ २२०/ १३२ केभी सब- स्टेसनमा लगिएको छ । ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाइएको छ भने बढी भएको विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिएको छ ।  उक्त  सब- स्टेशन  नेपाल  विद्युत् प्राधिकरण अन्तर्गतको अपर तामाकोशी  हाइड्रोपावरले  निर्माण गरेको हो । उक्त अवसरमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल, बाग्मती प्रदेशका वन तथा वातारणमन्त्री विशाल खड्का, सांसद पार्वत  गुरुंग, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंगलगायत उच्च अधिकारीहरु सहभागि थिए । उक्त अवसरमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले जलस्रोतले सम्पन्न देश विश्वमै दोस्रो विद्युत् बाल्ने देश भएपनि विविध कारणले पछि परेको भन्दैदेशैभरी पहुँच पुर्‍याउने कोसिसमा रहेको बताइन् । ५० लाख जनताको घरमा केन्द्रीय प्रसारण पुगेको बताउँदै उनले बाँकी जनतामा आगामी दुई  वर्षभित्र पुर्‍याउने योजना रहेको बताइन् ।  अन्तरराष्ट्रिय बजारमा विद्युत् विक्रीको लागि छलफल भइरहेको बताउँदै उनले आयातमा आधारित भएको देशमा विद्युत् नै हो ठूलो निर्यात हुने  र यसले नै गहिरो व्यापार घाटा कम गर्ने अपेक्षा रहेको बताइन् । उनले यसमा   निजी क्षेत्र सहयोगि बनोस भन्ने सरकारले अपेक्षा राखेको बताइन् । उर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले गौरव गर्न लायक आयोजना बनाउन सकेकोमा खुसी व्यक्त गर्दै अवरोध भएको भए यो आयोजना सफल हुने थिएन भन्दै अवरोध भएको होइन केहि माग सम्बोधन हुन ढिलाई भएको बताए ।  स्वदेशी लगानीमा निर्माण गरेर भारतमा विद्युत् विक्री गर्न सकिने उनले बताए । उक्त अवसरमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले अनेकौं कठिनाइ बेहोर्दै माथिल्लो तामाकोशीको निर्माण सम्पन्न भएको र यसबाट  जलविद्युत् र समग्र आर्थिक क्षेत्रको विकासमा एक ऐतिहासिक उपलब्धी प्राप्त भएको बताए । उनले यस आयोजनाको सफलताबाट भविष्यमा यस्तै ठूला आयोजनाहरू स्वदेशी लगानी र व्यवस्थापनमा निर्माण गर्ने सकिने अनुभव, आँट, र दक्षता प्राप्त भएको उल्लेख गरे । तामाकोशी, लिखु र गर्ज्याङ करिडोरमा रहेका जलविद्युत् आयोजना यो सब- स्टेसन र प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछन् । ती करिडोरमा बन्ने आयोजनाको बिजुली प्रसारण र वितरणका लागि यो सब- स्टेसन निकै महत्त्वपूर्ण मानिएको छ । काठमाडौं उपत्यकामा बढ्दो बिजुली माग धान्नका लागि पनि यो सब- स्टेसन र प्रसारण लाइन महत्त्वपूर्ण ठानिएको छ । तामाकोशी करिडोरको बिजुली तामाकोशी–खिम्ती–ढल्केबर प्रसारण लाइनबाट ढल्केबरमा रहेको ४०० केभी सब- स्टेसनमा जोडिएको छ । तामाकोशी–खिम्ती–ढल्केबर र खिम्ती–बाह्रबिसे प्रसारण लाइन पनि यो सब- स्टेसनसँग जोडिएका छन् । तीन वर्ष लगाएर निर्माण भएको उक्त सब- स्टेशन गत असारमा तयार भएर साउनदेखि नै सञ्चालनमा ल्याइएको थियो । तामाकोशी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत् जोडिने नयाँ खिम्ती सब- स्टेसनबाट करीब १ हजार २०० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने छ ।  सब- स्टेसनमा २२०/ १३२ केभी, ३३ दशमलव ३३ एमभीए क्षमताको चार ओटा पावर ट्रान्सफरमरहरू जडान गरिएको छ । यो केन्द्रीय विद्युत् प्रणालीमा जोडिने दोस्रो ठूलो सब- स्टेसन रहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ। करीब १३७ रोपनी क्षेत्रफल रहने सबस्टेसनमा हाल करीब ५५ रोपनीमा २२०/ १३२ केभी नयाँ खिम्ती सब- स्टेसन  निर्माण भएको छ । शनिवार नै प्रधानमन्त्री देउवाले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना स्थलको अवलोकन गर्नुभएको छ । साथमा अभियान संवाददाता गणेश सुवेदी , तस्वीरहरु : आर्थिक अभियान तथा रासस यो पनि हेर्नुस् : न्यू खिम्ती सब- स्टेशनको निर्माण कार्य सकियो, प्रधानमन्त्रीले शनिवार उद्घाटन गर्ने

सम्बन्धित सामग्री

सञ्चालनको नौ महिनापछि न्यू खिम्ती सब स्टेसन उद्घाटन

दोलखा-प्रधानमन्त्री शेरबहादुर देउवाले न्यू खिम्ती सबस्टेसन सञ्चालनमा आएको नौ महिनापछि उद्घाटन गरेका छन् । रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा रहेको नेपालकै दोस्रो ठूलो क्षमताको न्यू खिम्ती सबस्टेसन २२०÷१३२ केभी क्षमताको हो ।माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले लट ४ अन्तर्गत २२० केभीको ४७ किलोमिटर गोंगर–खिम्ती प्रसारणलाइन र न्यू खिम्ती सबस्टेसन निर्माण गरेको हो । प्रसारणलाइन र सबस्टेसन गत […]

देशकै दोस्रो ठूलो न्यु खिम्ती सबस्टेशनको औपचारिक उद्घाटन

विद्युत प्रवाह गर्ने क्षमताका हिसाबले देशकै दोस्रो ठुलो न्यु खिम्ती सबस्टेशनको औपचारिक उद्घाटन भएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले एक समारोहका बीच उक्त सवस्टेशनको औपचारिक उद्घाटन गरेका हुन् ।...

प्रधानमन्त्री देउवाद्वारा नयाँ खिम्ती सवस्टेसनको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको खिम्तीमा निर्माण सम्पन्न भएको २२०/१३२ केभीको नयाँ खिम्ती सवस्टेसनको औपचारिक उद्घाटन गरेका छन्। शनिबार हेलिकप्टरमार्फत खिम्ती पुगेका प्रधानमन्त्री देउवाले माथिल्लो तामाकोसीसहित एक हजार मेगावाट विद्युत निर्यात...

प्रधानमन्त्री देउवाले गरे खिम्ती पावर सब–स्टेसनको उद्घाटन

रामेछाप । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार खिम्ती पावर सब–स्टेसनको उद्घाटन गर्नुभएको छ । रामेछापको मन्थली नगरपालिका–१३ स्थित देविटारमा निर्मित सब–स्टेसनको उद्घाटन गर्नु भएको हो । खिम्ती सब–स्टेसन २ सय २० र १ सय ३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोश्रो ठूलो सब–स्टेसन हो । स्वदेशी लगानीमा निर्माण गरिएको ४ सय ५६ […]

प्रधानमन्त्री देउवाले गरे खिम्ती पावर सब–स्टेसनको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले खिम्ती पावर सब–स्टेसनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाले शनिबार रामेछापको मन्थली नगरपालिका–१३ स्थित देविटारमा निर्मित सब–स्टेसनको उद्घाटन गरेका हुन् ।   खिम्ती सब–स्टेसन २२०/१३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोश्रो ठूलो सब–स्टेसन हो ।स्वदेशी लगानीमा निर्माण गरिएको ४५६ मेगावाट (मेवा) क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको २२० केभीको प्रसारण

नयाँ खिम्ती सब-स्टेसनको आज प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ९४५६ (मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सब स्टेसनको आज उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दोलखा पुगेर यो सब स्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सब स्टेसनमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ५२.४ मेगावाटको लिखु-४ र २४.२ मेगावाटको लिखु ‘ए’ […]

प्रधानमन्त्री देउवाले आज खिम्ती सब-स्टेशनको उद्घाटन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन तथा खिम्ती पावर सब–स्टेसन उद्घाटनका गर्ने भएका छन् । शनिबार प्रधानमन्त्री देउवा बालुवाटारबाट दोलखाको बिगु गाउँपालिकास्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजनातर्फ हेलिकप्टरमार्फत निस्किएका छन्। कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको अवलोकन र न्यू खिम्ती सब–स्टेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । खिम्ती सब–स्टेसन

नयाँ खिम्ती सबस्टेसनको आज प्रधानमन्त्रीले उद्घाटन गर्ने

५ चैत, काठमाडौं । स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सबस्टेसनको आज उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दोलखा पुगेर यो सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानकुमार श्रेष्ठका अनुसार २२०/१३२ केभीको नयाँ […]

नयाँ खिम्ती सबस्टेशनको उद्घाटन आज

काठमाण्डाै - रामेछापको नयाँ खिम्ती सबस्टेशनको आज उद्घाटन हुँदैछ । केही दिनदेखि सञ्चालनमा आएको यो सबस्टेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले मन्थली नगरपालिका देविटारमा उद्घाटन गर्ने कार्यक्रम छ । २२०/१३२ केभी क्षमताको सबस्टेशनमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित ४ सय ५६ मेगावाट विद्युत् जोडिएको छ । यस्तै खिम्ती जलविद्युत् आयोजनाको ६० मेगावाट, लिखु ४ जलविद्युत् आयोजनाको ५२ मेगावाट र लिखु 'ए' जलविद्युत् आयोजनाको २२ मेगावाट विद्युत् यही सबस्टेशन हुँदै केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् । लिखु,...

प्रधानमन्त्रीले शनिबार नयाँ खिम्ती सबस्टेसनको उद्घाटन गर्ने

३ चैत, काठमाडौं । स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सबस्टेसनको शनिबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार दोलखा पुगेर यो सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानकुमार श्रेष्ठका अनुसार २२०/१३२ केभीको नयाँ […]