काठमाडौं : स्थानीय चुनाव र अमेरिकी सहयोग परियोजना एमसिसीलाई लिएर सत्ता गठबन्धनभित्र खटपट देखिएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धनमा सहमति नभए पनि एमसिसी संसदमा टेबल गर्ने पक्षमा देखिएपछि गठबन्धनको जग हल्लिएको टिप्पणी हुन थालेको छ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एमसिसी यथास्थितिमा अघि नबढाउन दबाब दिइरहेका छन्। गठबन्धन कायम नरहने अवस्थामा उनीहरु तत्काल स्थानीय निर्वाचन पनि चाहिरहेका छैनन्।यद्यपी प्रधानमन्त्री देउवा भने निर्वाचन