कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति कांग्रेस (विपी)मा प्रवेश

डडेल्धुरा : नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द नेपाली कांग्रेस (विपी)मा प्रवेश गरेका छन्। नेपाली कांग्रेस (विपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई बुधबार पार्टी प्रवेश गराएका हुन्।हाल कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न नेपाली कांग्रेस विपी जिल्ला कार्य समिति डडेल्धुराको पार्टी कार्यालय किसुनजी भवनमा पुगेका थिए।चन्दले २०२९ सालमा नेविसंघबाट राजनीतिक यात्रा शुरु गरेका थिए। २०३६ सालमा नेपाली कांग्रेसमा सक्रिय भई बहुदलको प