संयुक्त अधिराज्य बेलायतमा विश्वकै ठूलो पर्यटन मेला मानिने ‘वर्ल्ड टुरिज्म मार्ट’मार्फत् नेपालको प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका विभिन्न २४ वटा पर्यटन कम्पनीको सहभागिता रहेको मेलामा नेपालको पर्यटन गन्तव्यबारे विश्वभर प्रचारप्रसार गरिएको हो । कोभिड-१९ महामारीपछि आयोजना गरिएको उक्त मार्टमा नेपालको सहभागिताले मुलुकको पर्यटन प्रवर्द्धनका साथै पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने बोर्डको भनाइ …