काठमाडौं : एमाले सांसद नवीना लामाले जनक शिक्षा केन्द्रको लापरबाहीले विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको आरोप लगाएकी छन्। प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले जनक शिक्षा केन्द्र खारेज गर्न प्रस्ताव गरेकी हुन्। उनले भनिन्, ‘कक्षा ६ र ८ को पुस्तकको अभाव छ, पुस्तक किन अभाव भयो, जनक शिक्षा सामग्री बचाउने नाममा विद्यार्थीहरूले पुस्तक कहिल्यै पाएनन्। यदि छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री किन चाहियो? सरकारले किन पैसा दिइरहने? खारेज गरौँ।’उनले