किन सकारात्मक हुन सकेन शेयरबजार ?

काठमाडौं। तिहार र छठको बिदापछि खुलेको शेयरबजार सकारात्मक हुन सकेन । १० दिनपछि खुलेको बजार सोमवार सामान्य अर्थात् १ दशमलव ३९ अंक बढेर बन्द भयो । मंगलवार बजार १ दशमलव २८ प्रतिशत घटेर १ हजार ८२९ दशमलव ६५ विन्दुमा झर्‍यो । यसअघि शेयरबजार कात्तिक १९ गते १ हजार ८१७ दशमलव ७६ विन्दुसम्म झरेर १ हजार ८२६ दशमलव २३ विन्दुमा बन्द भएको थियो । त्यसपछि केही दिन बढे पनि सकारात्मक भने हुन सकेन ।  दशैं र तिहारको बीचमा १० दिन बजार खुलेको थियो । १० कारोबार दिनमध्ये ४ दिनमा बजार ४२ अंक बढेको थियो । बाँकी ६ दिन बजार ९२ अंकले घटेको थियो । यस अवधिमा बजार १८१७ विन्दुसम्म झरेको थियो । त्यसबेला कतिपय लगानीकर्ता लामो समयदेखि घटेको बजार अब विस्तारै सुधार हुने अपेक्षामा थिए । कतिपयले अझै घट्न सक्ने अनुमान लगाएका थिए ।  यसअघि पनि १८ सय वरिपरिबाट बजार फर्किएको थियो । यो १८ सयको विन्दुलाई लगानीकर्ताले बलियो टेवा क्षेत्रका रूपमा हेरेका छन् । तर, बजारले बारम्बार यही विन्दुलाई परीक्षण गरिरहेको छ ।  पछिल्लो समय बैंकहरूको ब्याजदर पनि घट्दो छ । मङ्सिर महीनाका लागि अधिकांश बैंक, वित्तीय संस्थाले ब्याजदर घटाएका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्ड पनि शेयरबजार सुधारको पक्षमा देखिन थालेको छ । सेबोनले दोस्रो बजारमा शेयरको आपूर्ति कम गर्न सामूहिक लगानी कोषहरूले आरक्षणमा खरीद गरेको शेयरमा ६ महीनाको लकिङ पिरियड तोकिदिएको छ । यसले गर्दा नयाँ सूचीकृत कम्पनीको शेयर आपूर्ति नियन्त्रण गर्ने लगानीकर्ताको बुझाइ छ ।  त्यसै गरी बोर्डले ब्रोकर कमिशन घटाउने निर्णय गरेको छ । यसरी सुधारका काम हुँदा पनि शेयरबजारले गति लिन सकेको छैन ।  अन्तरराष्ट्रिय पूँजी बजारविज्ञ मुक्ति अर्याल लगानीकर्ताको मनोबल अझै कमजोर रहेको बताउँछन् । ‘देशको अर्थतन्त्रमा खासै सुधार हुने लक्षण नदेखिएकाले पनि हो,’ उनले भने, ‘अर्को कारण भनेको राष्ट्र बैंकले लिएको गलत नीति हो । राष्ट्र बैंकको पोलिसी राम्रोसँग रिभाइज र रिभर्स हुनुपर्छ । त्यसपछि शेयरबजारमा सकारात्मक प्रभाव पर्छ ।’  लगानीकर्ता नवराज दाहाल आफूले तत्काल बजार सकारात्मक हुने अपेक्षा नगरेको बताउँछन् । ‘शेयरबजारमा ससाना कुराले त्रास निम्त्याउँछ । सकारात्मक कुरा आए पनि अहिले अन्दोलनको कुरा आइरहेको छ । यसले पनि शेयरबजार प्रभावित भएको हो,’ उनले भने, ‘यसले लगानीकर्ताको निर्णय प्रक्रिया अन्योलमा परेको छ ।’  कतिपयले लघुवित्त खारेज गर्नुपर्छ भनेर आन्दोलन गर्दा लगानीकर्ताको मनोबल कमजोर बनेको उनको भनाइ छ । बजार बढ्न लगानीकर्ताको मनोविज्ञान सकारात्मक बन्नुपर्ने उनी बताउँछन् । राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा केही परिमार्जन गरेपछि बजार केही अंक बढे पनि सन्तोषजनक छैन । ‘यसले संस्थागत लगानीकर्ताको सीमा खारेज गर्नुपर्ने आवश्यकता औंल्याएको छ,’ उनले भने ।  नेपाल पूँजी बजार लगानीकर्ता संघ अध्यक्ष राधा पोखरेल अहिले लगानीकर्ताको मनोबल एकदमै कमजोर रहेको बताउँछिन् । लामो समयदेखि घट्दो क्रममा रहेको बजारमा कहिलेबाट सुधार आउँछ भन्नेमा अन्योल छ ।  ‘त्यसो त पछिल्लो समय देशमा देखिएको राजनीतिक अस्थिरताले गर्दा पनि बजार प्रभावित भएको हो,’ उनले भनिन्, ‘मङ्सिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईले काठमाडौंमा जनप्रदर्शन घोषणा गरेका छन् । सोही दिन नेकपा एमालेको भ्रातृ संगठन युवा संघले आन्दोलनको कार्यक्रम राखेको छ । यसले गर्दा सरकारले मङ्सिर ४ देखि ३० गतेसम्म काठमाडौंका केही इलाकामा निषेधाज्ञा जारी गरेको छ । यसबाट लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक असर परेको छ ।’  ब्याजदर घटे पनि राम्रोसँग नघटेको उनले बताइन् । ‘अझै पनि ब्यादजर महँगै छ । यसकारण पनि बजार प्रभावित भएको हो,’ उनले भनिन् ।

सम्बन्धित सामग्री

विनोद चौधरीले भने, ‘बजेट सकारात्मक’

बजेटपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले शिक्षा, स्वास्थ्य, शेयर मार्केट र उद्योगको सन्दर्भमा बजेटमा एकदमै सकारात्मक विषयहरु देखिएकाले पनि बजेट सकारात्मक भएको बताउनुभयो ।

‘अनुसन्धानमा सकारात्मक प्रगति भएको छ’

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अपराध अनुसन्धानको क्षेत्रमा नेपाल प्रहरीले सकारात्मक प्रगति हासिल गरेको बताएका छन् । नेपाल प्रहरीको आर्थिक वर्ष २०७८र७९ को अर्धवार्षिक कार्यप्रगति समीक्षा कार्यक्रम आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले प्रहरीको सक्रियताका कारण फैसला कार्यान्वयन, जघन्य अपराध, तस्करी नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा सकारात्मक प्रगति भएको तथ्याङ्कले देखाएको बताए । […]

सकारात्मक उर्जाका लागि घरमा राख्नुस् यी ५ विरुवा

सकारात्मक उर्जाको हामी सबैलाई आवश्यकता हुन्छ । र आफ्नो आसपास सकारात्मक बनाइ राख्नका लागि हामी कयौं प्रयास गछौं ताकि पोजेटिभ इनर्जीको माहोल बन्न सकोस् । र, सवै नकारात्मक उर्जा हामीबाट टाढा जाओस् । सकारात्मक उर्जाका लागि केही केही विरुवाले पनि साथ दिने गर्छ ।  हरियालीमा मानिसको मनमा सकारात्मक उर्जा दिन सहायता गर्छ । त्यस कारण केही यस्ता बोट विरुवा छन् जसले हामीलाई उर्जावान बन्न मद्दत गर्छ ।  तुलसी तुलसी स्वास्थ्यका हिसावले पनि निकै गुणकारी वस्तु हो । यो गुणकारी विरुवा स्वास्थ्यका लागि मात्र होइन सकारात्मक उर्...

श्रमिक लैजान कोरिया सकारात्मक

दक्षिण कोरियाको मानव संसाधन विभाग एचआरडी रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत नेपाली श्रमिक लैजाने विषयमा सकारात्मक देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिक लैजान विषयमा एचआरडी सकारात्मक भएको हो ।विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इपीएसबाट दक्षिण कोरिया जान सबै प्रक्रिया पूरा गरी बसेका नेपाली श्रमिक एचआरडीले तयार गरेको निश्चित मापदण्ड पालना गरेर लैजाने विषयमा सकारात्मक देखिएको जानकारी दिए ।कोरियाको एचआरडीसँग निरन्तरको छलफल र संवादपछि सकारात्मक देखिए

सकारात्मक उर्जाका लागि घरमा राख्नुस् यी ५ विरुवा

सकारात्मक उर्जाको हामी सबैलाई आवश्यकता हुन्छ । र आफ्नो आसपास सकारात्कमता बनाइ राख्नका लागि हामी कयौं प्रयास गछौं ताकि पोजेटिभ इनर्जिको माहोल बन्न सकोस् । र, सवै नकारात्मक उर्जा हामीबाट टाढा जाओस् । सकारात्मक उर्जाका लागि केही केही विरुवाले पनि साथ दिने गर्छ ।  हरियालीमा मानिसको मनमा सकारात्मक उर्जा दिन सहायता गर्छ । त्यस कारण केही यस्ता बोट विरुवा छन् जसले हामीलाई उर्जावान बन्न मद्दत गर्छ ।  तुलसी तुलसी स्वास्थ्यका हिसावले पनि निकै गुणकारी वस्तु हो । यो गुणकारी विरुवा स्वास्थ्यका लागि मात्र होइन सकारात्मक ...

प्राथमिकता सकारात्मक: महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षका लागि शनिबार प्रस्तुत बजेट सकारात्मक रहेको जनाएको छ। बजेटका प्राथमिकताले सकारात्मक सन्देश दिएको भन्दै कार्यान्वयनमा जोड दिएको छ।...

अर्थतन्त्रका सबै सूचक सकारात्मक

काठमाडौं। अर्थ सचिव शिशिरकुमार ढुंगानाले आर्थिक वृद्धि घट्नुबाहेक अर्थतन्त्रका अन्य सबै सूचक सकारात्मक रहेको बताएका छन्। उनले आर्थिक सर्वेक्षण सार्वजनिक कार्यक्रममा सबैजसो सूचक सकारात्मक रहेको उल्लेख गरे। उनले भने, ‘शोधानान्तर स्थिति, विदेशी विनिमयको सञ्चिति, मुद्रा स्फिति नियन्त्रण, वैदेशिक व्यापारको तथ्यांक, राजश्व संकलन र खर्चको स्थिति सकारात्मक स्थितिमा छन्।’ यस्तै चालू वर्षमा रेमिट्यिान्स पनि ८ प्रतिशतभन्दा बढीले बढेको उनले बताए।

सकारात्मक दिवसको शुभारम्भ

नकारात्मकतालाई सकारात्मक सोचले प्रतिस्थापित गरेपछि खुसीको प्रवेश हुन थाल्छ, जीवनमा सौन्दर्य र स्वच्छता छाउँछ, ठूलो उपकार बन्न जान्छ चीनको वुहान सहरमा उत्पत्ति भएर विश्वभर फैलिएको कोरोना भाइरसले विश्वशक्तिसामु नै भयानक प्रश्न...

सर्वोच्चको फैसला सकारात्मक: देव गुरुङ

काठमाडौं । नेकपाका नेता तथा प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले गरेको बदर सकारात्मक भएको बताएका छन् ।रातोपाटीसँग कुरा गर्दै रिट निवेदक समेत रहेका नेता गुरुङले अदालतले गरेको फैसला सकारात्मक भन्दै अधिवेशन समेत बोलाउन आदेश दिएकाले सही भएको बताएका हुन् । ‘फैसला सहि र सकारात्मक छ । यसको म समर्थन र स्वागत गर्छु’ गुरुङको भनाई छ ।

सकारात्मक हुन्छन् गाली पनि

सकारात्मक हुन्छन् गाली पनि,बुझेपछि बज्न थाल्छन् ताली पनि । विवेकको ऐना फुटेपछि भने, हालीमुहाली हुन्छन् महाजाली पनि।...