सर्वोच्चको फैसला सकारात्मक: देव गुरुङ

काठमाडौं । नेकपाका नेता तथा प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले गरेको बदर सकारात्मक भएको बताएका छन् ।रातोपाटीसँग कुरा गर्दै रिट निवेदक समेत रहेका नेता गुरुङले अदालतले गरेको फैसला सकारात्मक भन्दै अधिवेशन समेत बोलाउन आदेश दिएकाले सही भएको बताएका हुन् । ‘फैसला सहि र सकारात्मक छ । यसको म समर्थन र स्वागत गर्छु’ गुरुङको भनाई छ ।

सम्बन्धित सामग्री

सर्वोच्चको फैसलाविरुद्ध पुनरवलोकन तयारीमा प्रचण्ड, माधव नेपालको साथ

काठमाडौं : सर्वोच्च अदालतको माघ २३ गतेको फैसलाविरुद्ध साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट माओवादी केन्द्रले पुनरवलोकन जाने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। सर्वोच्चले निवेदकको मागविपरीत निर्णय गरेको भएकाले माओवादीले पुनरवलोकनमा जाने निर्णय गरेको हो। सर्वोच्चको फैसला विरुद्ध पुनरवलोकनमा जाने अन्तिम तयारी भइरहेको प्रमुख सचेतक देव गुरुङ बताउँछन्। ‘पार्टीको निर्णयअनुसार पुनरवलोकनमा जाने तयारी तयारी छ’, उनले भने, ‘पार्टी एकताका लागि ओली र प्रचण्