१ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।
प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेश गरेका मुख्यमन्त्री आचार्य राजीनामा दिने निष्कर्षमा पुगेका हुन् ।
एमालेका प्रदेशसभा सांसद हिक्मतबहादुर कार्कीले मुख्यमन्त्री आचार्यले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिने जानकारी दिए ।
मुख्यमन्त्रीको विश्वासको मत लिने प्रस्तावलाई असफल पार्न विपक्षी गठबन्धनले समेत आन्तरिक तयारी गरिरहेको छ । नेपाली कांग्रेसले प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।