मकवानपुर – वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
वाग्मती प्रदेश सभाको आज बुधवारको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले मुख्यमन्त्री राजीनामा दिएको घोषणा गर्नुभएको हो । प्रदेश सभालाई सम्बोधन गर्दै उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) मा भएको व्यवस्थाअनुसार मुख्यमन्त्री पदबाट मार्ग प्रशस्त गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सभामुख महोदय, मैले कुरा प्रष्ट राख्नुपर्छ । मैले कार्यसूचीमा हेरेँ । दोस्रो कार्यसूची पनि रहेछ । दोस्रो कार्यसूचीमा...