‘चिसो मान्छे’ नेपाल र अमेरिकामा रिलिज, हल दौडाहामा स्वस्तिमा र अर्पण

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ शुक्रबारदेखि नेपाल, अमेरिका र माल्टामा एकसाथ प्रदर्शनमा आएको छ । यो साता रिलिज हुने यो एक मात्र फिल्म हो । कोरोना महामारीको बीचमा कतारबाट ल्याइएको श्रमिकको शवलाई काठमाडौंदेखि बाजुरासम्म पुर्‍याउन गरिएको असजिलो यात्राको कथावस्तुलाई फिल्मले चित्रण गर्छ । दुई घण्टा लामो फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा […]