/काठमाडौँ मैलुङखोला जलविद्युत कम्पनीले यही साउन १४ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले गएको असार २३ मा कम्पनीलाई थियो । कम्पनीले प्रतिकित्ता
काठमाडौं। गएको असोज र कात्तिकको तुलना गर्दा पछिल्लो महीना अघिल्लोको तुलनामा आधाभन्दा कम धितोपत्र दोस्रो बजारमा सूचीकरण भएको पाइएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।
नेप्सेका अनुसार असोजमाा १२ कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को शेयर, बोनस शेयर र ऋणपत्र गरी १५ करोड १३ लाख ७९ हजार ८१५ कित्ता धितोपत्र दोस्रो बजारमा सूचीकरण भएको थियो । उक्त महीना ८ कम्पनीको साधारण शेयर, एक कम्पनीको ऋणपत्र र तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको नेप्सेको तथ्यांकले देखाउँछ ।
असोजमा नागरिक लगानी कोष, नेपाल पुनर्बीमा कम्पनी र रिलायन्स फाइनान्सले बोनस शेयर सूचीकृत गराएका थिए । नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको थियो । नेपाल एसबीआई बैंकले विक्री गरेको ९ प्रतिशत ब्याजदरको नेपाल एसबीआई ऋणपत्र २०८९ सूचीकृत भएको हो । असोजमा आईपीओ सूचीकृत गराउने कम्पनीहरू सन नेपाल लाइफ इन्स्योरेन्स, अपर लोहोरेखोला हाइड्रोपावर, मनकामना इन्जिनीयरिङ हाइड्रोपावर, सिटिजन लाइफ इन्स्योरेन्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट, भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर हुन् ।
कात्तिकमा भने तीन कम्पनीको हकप्रद शेयर र दुई कम्पनीको आईपीओ गरी पाँच कम्पनीको ६ करोड ७० लाख ८७ हजार ९६ दशमलव ७२ कित्ता धितोपत्र सूचीकृत भएको छ । असोजको तुलनामा कात्तिकमा झन्डै ५६ प्रतिशत कम धितोपत्र सूचीकृत भएको हो ।
कात्तिकमा सार्वजनिक बिदा बढी परेकाले धितोपत्र सूचीकरण प्रक्रिया कम भएको अनुमान गरिएको छ । कात्तिकमा नेशनल हाइड्रोपावर, मल्टीपर्पस फाइनान्स र अपि पावरको हकप्रद शेयर सूचीकृत भएको छ भने सोनापुर मिनरल्स एन्ड आयल र माथिल्लो मैलुङखोला हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ । पछिल्लोपटक धितोपत्रको दोस्रो बजार बन्द हुँदा यो बजारमा तथ्यांकीय सूचक नेप्से १ हजार ८५२ विन्दुमा छ । २०७८ भदौ २ गते ३ हजार २०० विन्दुको ऐतिहासिक कीर्तिमान कायम गरेको नेपालको धितोपत्रको दोस्रो बजार पछिल्लो वर्ष भने घटिरहेको छ । लामो समय बजार घट्नुमा कतिपयले नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा तोकेको सीमालाई दोष लगाएका छन् । यसै विषयलाई लिएर चर्को आलोचना भएपछि केन्द्रीय बैंकले गत असोजमा शेयर धितो कर्जामा तोकेको अधिकतम १२ करोड रुपैयाँको सीमा बढाएको छ ।
राष्ट्र बैंकले अहिले व्यक्तिगत लगानीकर्ताको हकमा अधिकतम १५ करोड रुपैयाँ र संस्थागतको हकमा अधिकतम २० करोड रुपैयाँसम्मको सीमा तोकेको छ । शेयर धितो कर्जाको सीमा खारेजीको माग गर्दै आएका लगानीकर्ता सीमा बढाउँदा पनि खुशी छैनन् । पछिल्लो साताको कारोबारमा भने धितोपत्रको दोस्रो बजार केही सकारात्मक बनेको छ । मङ्सिरका वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । धितोपत्र दोस्रो बजारमा आपूर्ति बढेर बजार प्रभावित बनेको आरोप लागेसँगै नियामक निकाय नेपाल धितोपत्र बोर्डले धितोपत्र सार्वजनिक निष्कासन स्वीकृति प्रक्रियामा केही ढिलाइ गरिरहेको छ । बोर्डको सञ्चालक समितिले निर्णय गरेर मात्र सार्वजनिक निष्कासनको स्वीकृति दिने तयारी बोर्डले गरेको हो ।
काठमाडौं । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा धितोपत्रको आपूर्ति कम भएको देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक गरेको असोज र कात्तिकको सूचीकृत धितोपत्रको तथ्याङ्कलाई तुलना गर्दा दोस्रो बजारमा धितोपत्रको आपूर्ति कम भएको देखिएको हो ।
नेप्सेका अनुसार असोजमा १२ कम्पनीको आईपीओ, बोनस शेयर र ऋणपत्र गरी १५ करोड १३ लाख ७९ हजार ८१५ कित्ता धितोपत्र सूचीकृत भएको थियो । असोजमा ८ कम्पनीको साधारण शेयर, एक कम्पनीको ऋणपत्र र तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको नेप्सेको तथ्याङ्कले देखाउँछ । असोजमा नागरिक लगानीकोष, नेपाल पुनर्बीमा कम्पनी र रिलायन्स फाइनान्सले बोनस शेयर सूचीकृत गराएका थिए ।
उक्त महीनामा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको थियो । सिद्धार्थ बैंकले विक्री गरेको ९ प्रतिशत ब्याजदरको नेपाल एसबिआई ऋणपत्र २०८९ सूचीकृत गराएको थियो । असोजमा आईपीओ सूचीकृत गराउने कम्पनीहरूमा सन् नेपाल लाइफ इन्स्योरेन्स, अपर लोहोरेखोला हाइड्रोपावर, मनकामना ईन्जिनियरिङ्ग हाइड्रोपावर, सिटिजन लाइफ इन्स्योरन्स, माण्डु हाइड्रोपावर, हाथवे इनभेष्टमेण्ट, भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर थिए ।
कात्तिकमा भने तीन कम्पनीको हकप्रद शेयर र दुई कम्पनीको आईपीओ गरी पाँच कम्पनीको ६ करोड ७० लाख ८७ हजार ९६ दशमलव ७२ कित्ता धितोपत्र सूचीकृत भएको छ । असोजको तुलनामा कात्तिकमा करीब ५६ प्रतिशत कम धितोपत्र सूचीकृत भएको हो । असोजको तुलनामा कात्तिकमा सार्वजनिक विदा बढी परेकाले धितोपत्र सूचीकरण प्रक्रिया पनि कम भएको देखिन्छ । कात्तिकमा नेशनल हाइड्रोपावर, मल्टीपर्पस फाइनान्स र अपि पावरको हकप्रद शेयर सूचीकृत भएको छ भने सोनापुर मिनरल्स एण्ड आयल र माथिल्लो मैलुङखोला हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ ।
असोज र कात्तिकमा सूचीकृत धितोपत्रको कित्ता
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।
बजार पनि घट्दो
यतिबेला धितोपत्र दोस्रो बजार १ हजार ८५२ विन्दुमा छ । २०७८ भदौ २ गते ३ हजार २०० विन्दुको ऐतिहासिक रेकर्ड कायम गरेको नेपालको धितोपत्र दोस्रो बजार पछिल्लो वर्ष भने घटिरहेको छ । नेपाल राष्ट्र बैंकको शेयर धितोकर्जाको सीमासम्बन्धी व्यवस्थाका कारण लामो समय बजार घटेको लगानीकर्ताले उल्लेख गर्ने गरेका छन् ।
आम लगानीकर्ताको मागलाई सम्बोधन गर्दै राष्ट्र बैंकले असोजमा शेयर धितोकर्जाको यसअघिको अधिकतम १२ करोड रुपैयाँसम्मको सीमालाई बढाएको छ । राष्ट्र बैंकले व्यक्तिगत लगानीकर्ताको हकमा अधिकतम १५ करोड रुपैयाँ र संस्थागत लगानकर्ताको हकमा अधिकतम २० करोड रुपैयाँसम्मको सीमा कायम गरेको छ ।
शेयर धितोकर्जाको सीमा खारेजीको माग गर्दै आएका लगानीकर्ताहरू सीमा बढाएर पनि खुसी हुन सकेका छैनन् । यद्यपि पछिल्लो साताको कारोबारमा भने धितोपत्र दोस्रो बजार केही सकारात्मक बनेको छ । मंंसिरमा वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । धितोपत्र दोस्रो बजारमा आपूर्ति बढेर बजार प्रभावित बनेको आरोप लागेसँगै यतिबेला नियामक निकाय नेपाल धितोपत्र बोर्डले समेत धितोपत्र सार्वजनिक निष्कासन स्वीकृति प्रक्रियामा केही ढिलाइ गरिरहेको छ । बोर्डको सञ्चालक समितिले निर्णय गरेर मात्र सार्वजनिक निष्कासन स्वीकृति दिने तयारी बोर्डले गरेको हो ।
काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीको आईपीओ सूचीकृत भएको छ । कम्पनीको कुल १ करोड कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा मङ्सिर ४ गतेदेखि आउनेछ ।
नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ९६ दशमलव १४ देखि २८८ दशमलव ४२ सम्मको ओपन रेञ्ज प्रदान गरेको छ । यही ओपन रेञ्जको आधारमा कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले सर्वसाधारण शेयरधनी, वैदेशिक रोजागारीमा गएका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरू र कर्मचारीहरूलाई निष्कासन गरेको ३० लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ७० लाख कित्ता गरेर कुल १ करोड कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
कम्पनीको स्टक सिम्बोल एमएमकेजेएल रहेको छ । शेयर सूचीकरणपश्चात दिनुपर्ने आरटीएस सेवा काठमाडौं नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडबाट हुने कम्पनीले जानकारी दिएको छ ।
१८ असोज, काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले बिहीबारदेखि धितोपत्रको प्राथमिक निष्कासन (आईपीओ)को आवेदन खुलाउँदै छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँट गरेपश्चात् सर्वसाधारणका लागि आवेदन खुलाउन लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १२ करोड ८४ लाख २० हजार रुपैयाँ बराबरको १२ लाख […]
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पछिल्लो समय थप दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले असार २० गते चिर्खुवा हाइड्रोपावर लिमिटेड र माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडलाई शेयर निष्कासनको लागि अनुमति दिएको हो ।
चिर्खुवा हाइड्रोपावर लिमिटेडले रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ निकाष्सनका लागि बोर्डको अनुमति पाएको हो । हाल संस्थापक तर्फबाट ७० प्रतिशत शेयर स्वामित्व कायम गरेको यस कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत आईपीओ विक्री गर्न अनुमति पाएको हो । संस्थापकतर्फ हाल कम्पनीको रू. २८ करोड चुक्ता पूँजी कायम रहेको छ । सर्वसाधारणमा समेत आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी रू. ४० करोड कायम हुनेछ ।
यस कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिंग लिमिटेड रहेको छ । कम्पनीले भोजपुरमा ४ दशमलव ७ मेगावाट क्षमताको अपर चिर्खुवा जलविद्युत आयोजना र भोजपुर जिल्लामै ४ दशमलव शून्य ६ मेगावाट क्षमताको लोअर चिर्खुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
त्यस्तै बोर्डले माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडलाई रू. २५ करोड बराबरको २५ लाख कित्ता आईपीओ विक्री गर्न अनुमति दिएको छ । हाल संस्थापकतर्फ ७५ प्रतिशत स्वामित्व रहेको यस कम्पनीले सर्वसाधारणमा २५ प्रतिशत आईपीओ विक्री गर्न बोर्डको अनुमति पाएको हो ।
हाल कम्पनीको संस्थापकतर्फबाट चुक्ता भएको पूँजी रू. ७५ करोड छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि चुक्ता पूँजी रू. १ अर्ब पुग्नेछ । कम्पनीको शेयर निष्कासनको तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले रसुवामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
काठमाडौं, १५ भदौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रारमा भदौ ११ गतेदेखि लागु हुने गरी बिओके क्यापिटललाई नियुक्त गरेको हो । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटलले पुरा गरेको थियो । शेयर रजिष्ट्रार परिवर्तन गर्नुपरेकाले आईपीओ सूचीकरण ढिलाई भएको कम्पनीले […]
भदौ १५, काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ ।
कम्पनीले भदौ ११ गतेदेखि लागू हुने गरी कम्पनीको शेयर रजिष्ट्रारमा बिओके क्यापिटललाई नियुक्त गरिएको बताएको छ ।
साउन २६ गते सर्वसाधारणमा आईपीओ विक्री गरेको कम्पनीले हालसम्म उक्त शेयर सूचीकरण गरेको छैन । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटलले पुरा गरेको थियो । शेयर रजिष्ट्रार परिवर्तन गर्नुपरेकाले आईपीओ सूचीकरणमा ढिलाई भएको कम्पनीले बताएको छ ।
कम्पनीको आईपीओ ६८ हजार ४७४ जना आवेदकहरुमा बाँडफाँट गरिएको थियो । कम्पनीले साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो ।
सर्वसाधारणलाई आईपीओ विक्री गर्नुअघि कम्पनीले आयोजना प्रभावित स्थानियका लागि २०७४ साल जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री खुला गरी असार ३० गते बाँडफाँट गरेको थियो । आयोजना प्रभावित स्थानियमा कम्पनीले ३ लाख ६८ हजार १४४ कित्ता शेयर वितरण गरेको हो ।
कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा ५ मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७१ असारदेखिनै व्यवसायिक आम्दानी गरिरहेको छ ।
सर्वसाधारणमा आईपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ८१ लाख ४३ हजार कायम भएको छ । यो शेयरमा संस्थापकतर्फ ७० प्रतिशत, आयोजना प्रभावित स्थानियमा १० प्रतिशत र कर्मचारी समेत सर्वसाधारणमा २० प्रतिशत स्वामित्व रहेको छ ।
उक्त कम्पनीको आर्थिक वर्ष ०७६/ ७७ सम्मको वास्तविक प्रतिशेयर आम्दानी रू. १७ दशमलव ८८ र प्रतिशेयर नेटवर्थ रू. ९५ दशमलव ७५ रहेको छ । उक्त अवधिसम्म कम्पनी रू. १ करोड २० लाख ९८ हजार खुद नोक्सानीमा रहेको छ ।
आर्थिक वर्ष ०७७/ ७८ सम्म कम्पनीले रू. ७ करोड ४५ लाख ५३ हजार खुद नाफा गर्ने प्रक्षेपण गरेको छ । प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्म पहिलो शेयर कारोबारका लागि मूल्य तोकिने हुँदा कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ९५ दशमलव ९५ देखि रू. २८७ दशमलव २५ सम्मको मूल्यरेञ्ज पाउने देखिन्छ ।
काठमाडौं । मैलुङखोला जलविद्युत् कम्पनीले यही साउन १४ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले गएको असार २३ मा कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा सात करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको सात लाख ३६ हजार...