दोस्रो बजारमा धितोपत्रको आपूर्ति घट्यो

काठमाडौं । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा धितोपत्रको आपूर्ति कम भएको देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक गरेको असोज र कात्तिकको सूचीकृत धितोपत्रको तथ्याङ्कलाई तुलना गर्दा दोस्रो बजारमा धितोपत्रको आपूर्ति कम भएको देखिएको हो ।  नेप्सेका अनुसार असोजमा १२ कम्पनीको आईपीओ, बोनस शेयर र ऋणपत्र गरी १५ करोड १३ लाख ७९ हजार ८१५ कित्ता धितोपत्र सूचीकृत भएको थियो । असोजमा ८ कम्पनीको साधारण शेयर, एक कम्पनीको ऋणपत्र र तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको नेप्सेको तथ्याङ्कले देखाउँछ । असोजमा नागरिक लगानीकोष, नेपाल पुनर्बीमा कम्पनी र रिलायन्स फाइनान्सले बोनस शेयर सूचीकृत गराएका थिए ।  उक्त महीनामा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको थियो । सिद्धार्थ बैंकले विक्री गरेको ९ प्रतिशत ब्याजदरको नेपाल एसबिआई ऋणपत्र २०८९ सूचीकृत गराएको थियो । असोजमा आईपीओ सूचीकृत गराउने कम्पनीहरूमा सन् नेपाल लाइफ इन्स्योरेन्स, अपर लोहोरेखोला हाइड्रोपावर, मनकामना ईन्जिनियरिङ्ग हाइड्रोपावर, सिटिजन लाइफ इन्स्योरन्स, माण्डु हाइड्रोपावर, हाथवे इनभेष्टमेण्ट, भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर थिए ।  कात्तिकमा भने तीन कम्पनीको हकप्रद शेयर र दुई कम्पनीको आईपीओ गरी पाँच कम्पनीको ६ करोड ७० लाख ८७ हजार ९६ दशमलव ७२ कित्ता धितोपत्र सूचीकृत भएको छ । असोजको तुलनामा कात्तिकमा करीब ५६ प्रतिशत कम धितोपत्र सूचीकृत भएको हो । असोजको तुलनामा कात्तिकमा सार्वजनिक विदा बढी परेकाले धितोपत्र सूचीकरण प्रक्रिया पनि कम भएको देखिन्छ । कात्तिकमा नेशनल हाइड्रोपावर, मल्टीपर्पस फाइनान्स र अपि पावरको हकप्रद शेयर सूचीकृत भएको छ भने सोनापुर मिनरल्स एण्ड आयल र माथिल्लो मैलुङखोला हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ ।  असोज र कात्तिकमा सूचीकृत धितोपत्रको कित्ता स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) । बजार पनि घट्दो यतिबेला धितोपत्र दोस्रो बजार १ हजार ८५२ विन्दुमा छ । २०७८ भदौ २ गते ३ हजार २०० विन्दुको ऐतिहासिक रेकर्ड कायम गरेको नेपालको धितोपत्र दोस्रो बजार पछिल्लो वर्ष भने घटिरहेको छ । नेपाल राष्ट्र बैंकको शेयर धितोकर्जाको सीमासम्बन्धी व्यवस्थाका कारण लामो समय बजार घटेको लगानीकर्ताले उल्लेख गर्ने गरेका छन् ।  आम लगानीकर्ताको मागलाई सम्बोधन गर्दै राष्ट्र बैंकले असोजमा शेयर धितोकर्जाको यसअघिको अधिकतम १२ करोड रुपैयाँसम्मको सीमालाई बढाएको छ । राष्ट्र बैंकले व्यक्तिगत लगानीकर्ताको हकमा अधिकतम १५ करोड रुपैयाँ र संस्थागत लगानकर्ताको हकमा अधिकतम २० करोड रुपैयाँसम्मको सीमा कायम गरेको छ ।  शेयर धितोकर्जाको सीमा खारेजीको माग गर्दै आएका लगानीकर्ताहरू सीमा बढाएर पनि खुसी हुन सकेका छैनन् । यद्यपि पछिल्लो साताको कारोबारमा भने धितोपत्र दोस्रो बजार केही सकारात्मक बनेको छ । मंंसिरमा वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । धितोपत्र दोस्रो बजारमा आपूर्ति बढेर बजार प्रभावित बनेको आरोप लागेसँगै यतिबेला नियामक निकाय नेपाल धितोपत्र बोर्डले समेत धितोपत्र सार्वजनिक निष्कासन स्वीकृति प्रक्रियामा केही ढिलाइ गरिरहेको छ । बोर्डको सञ्चालक समितिले निर्णय गरेर मात्र सार्वजनिक निष्कासन स्वीकृति दिने तयारी बोर्डले गरेको हो । 

सम्बन्धित सामग्री

इन्फिनिक्सको स्मार्टफोन बजारमा

इन्फिनिक्सले स्मार्ट ८ सिरिजअन्तर्गत तीनवटा स्मार्टफोनहरू बजारमा ल्याएको छ।

टेक्नो मोबाइलका दुई नयाँ फोन बजारमा

टेक्नो मोबाइलका दुई नयाँ फोन बजारमा आएका छन् । कम्पनीका उत्पादनहरू पोभा ५ र क्यामोन २० नेपाली बजारमा उपलब्ध हुने भएका हुन् । टेक्नो मोबाइलको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइल्सले यी...

बजारमा स्मार्टकेयर हाइड्रोलक

एसियन पेन्ट्सले ग्राहकका लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको छ। नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै कम्पनीले स्मार्टकेयर हाइड्रोलक ल्याएको जनाएको छ।...

अनरको तीन नयाँ स्मार्टफोन बजारमा

नेपाली बजारमा अनर ब्राण्डको तीन फरक मोडलमा स्मार्टफोन सार्वजनिक हुने भएको छ।

शिखर सुजका नयाँ मोडलका जुत्ता बजारमा

शिखर सुजले नयाँ मोडेलका स्पोर्ट्स सुज बजारमा ल्याएको छ। कोरोना महामारीका कारण सुस्ताएको बजारमा पछिल्लो समय दैनिक जनजीवन सहज भएपछि एकैपटक ४०/५० बढी मोडलका जुत्ता बजारमा ल्याएको हो।...

भोलिदेखि बजारमा एक रुपैयाँका नयाँ सिक्का

काठमाडौं : राष्ट्र बैंकले एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउँदै छ। बैंकले भोलिदेखि एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउन लागेको जनाएको छ। यस्तो हुने छ सिक्का

बजारमा आयो बियर भन्दा कडा मदिरा

दशैंलाई  मध्यजनर  गर्दै नेपाली बजारमा सुर्य ब्लेडर प्रालिले आफ्नो उत्पादन बजारमा सार्वजनिक गरेको छ। एरो स्ट्रोङ नामक मदिरा सुर्य ब्लेडर प्रालिले बजारमा ल्याएको हो।

‘डिभाइन वाइन प्रिमियम’ बजारमा

डिभाइन वाइन उत्पादक कम्पनी महाकाली वाइनसले यसको प्रिमियम ब्रान्ड बजारमा ल्याएको छ। कम्पनीले सोमबारदेखि यो उत्पादन नेपाली बजारमा ल्याएको हो।...

सेयर बजारमा उछाल

देशमा कोरोना कहर चाप बढिरहँदा सेयर बजारमा भने उछाल आएको  छ । निषेधाज्ञाका कारण देशका अधिकांश जिल्लामा व्यापार–व्यवसाय ठप्पप्राय हुँदा लगानीकर्ताको ध्यान सेयर बजारमा तानिएको छ

बजारमा मास्क र स्यानिटाइजर पर्याप्त

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा मास्क र स्यानिटाइजर पर्याप्त मात्रामा रहेको बताएको छ। अनुगमनका क्रममा बजारमा यी दुई स्वास्थ्य सामाग्रीको अभाव नदेखिएको विभागले बताएको हो। त्यसैले, उपभोक्तालाई स्वास्थ्य सामाग्री अभाव हुनसक्ने अफवाहमा नलाग्न समेत आग्रह गरेको छ। यसैगरी, बजारमा तरकारी तथा फलफूलको आपूर्ति समेत पर्याप्त पाइएको विभागले जानकारी दिएको छ।