प्यूठानका क्याम्पसमा ५ विद्यार्थी संगठनले यसरी गरे भागबन्डा

रुपन्देही । प्यूठानका ५ विद्यार्थी संगठनले जिल्लाका सबै क्याम्पसहरूमा निर्विरोध रूपमा स्ववियु पदाधिकारी छनौट गर्ने सहमति गरेका छन् । जिल्लामा क्रियाशील ५ विद्यार्थी संगठनको बैठकले उक्त सहमति गरेको हो । अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल छैटौं र विप्लव निकट अखिल क्रान्तिकारीबीच तालमेल गर्ने सहमति भएको छ । नेपाल विद्यार्थी संघ प्यूठानका जिल्ला सभापति कल्याण विक्रम […]

सम्बन्धित सामग्री

त्रिचन्द्र कलेजको वारिपारि बसेर नेविसंघ र अनेरास्वियुले गरे प्रदर्शन

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने तयारी गरेको छ। त्यसका लागि त्रिविले आचारसंहितासमेत जारी गरिसकेको छ। तर, त्रिचन्द्र क्याम्पसमा भने भर्ना विवादका कारण स्ववियु निर्वाचन अनिश्चित बनेको छ। त्रिचन्द्र क्याम्पसले मतदाता नामावलीसमेत ननिकालेको भन्दै केहीदिन अघि नेपाल विद्यार्थी संघले विरोध गरेको थियो। आज पनि…

शंकरदेव क्याम्पसमा नेविसंघद्वारा आयोजित कार्यक्रममा २०८ जनाले गरे रक्तदान

नेविसंघ शंकरदेव क्याम्पस इकाई समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेविसंघ नेता मदनराज उपाध्यायको संयोजकत्वमा आयोजित कार्यक्रममा दुई सय ८ जनाले रक्तदान गरेका छन् । क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै नेविसंघले रक्तदान कार्यक्रम गरेको हो । ‘रंग र खादा लगायर वा कुनै तामझामका साथ नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुभन्दा कुनै बिरामीका लागि जीवनदान हुनेगरि रक्तदान कार्यक्रमको आयोजना गरेर विद्यार्थी साथीहरूलाई स्वागत गरेका हौं,’ नेता उपाध्यायले भने । उनले थोरै

घोडाघोडी बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनले गरे तालाबन्दी

कैलाली । कैलाली घोडाघोडी नगरपालिकास्थित घोडाघोडी बहुमुखी क्याम्पसमा आउन जान समस्या भएकाले तत्काल नयाँ बस सेवा सञ्चालनको माग गर्दै नेकपा माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा एमाले निकट अनेरास्ववियु (अखिल) र एकीकृत समाजवादी निकट अनेरास्ववियू गरि तीन विद्यार्थी संगठनले संयुक्त रुपमा क्याम्पसमा ताला लगाएका छन् । क्याम्पसमा हाल तिन ओटा बस सञ्लनमा छन् । बस सञ्लनमा […]

त्रिचन्द्र क्याम्पसमा संयुक्त विद्यार्थी संगठनले गरे अनिश्चितकालीन तालाबन्दी

त्रिचन्द्र क्याम्पसमा संयुक्त विद्यार्थी संगठनहरुले मंगलबार अनिश्चितकालीन तालाबन्दी गरेका छन्। घण्टाघरस्थित त्रिचन्द्रको क्याम्पस प्रमुख, प्रशासन प्रमुख र लेखा शाखाको कार्यकक्षमा तालाबन्दी गरेका छन्। संयुक्त विद्यार्थी संगठनले एक विज्ञप्ती जारी गर्दै तालाबन्दी गरेका हुन ।संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘यस क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा विभिन्न अराजक संगठनहरुले स्वेच्छाले विभिन्न राजनीतिक बाहानामा आफ्नो दुनो सोझ्याइने तथा राष्ट्रिय सम्पदामा गलत उदेश्य बोकी आफ्नो निजी पेवा बना

बुटवलको वाणिज्य क्याम्पसमा विद्यार्थीले गरे तोडफोड

बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा नेपाल विद्यार्थी संघ र अखिल  क्रान्तिकारीले तोडफोड गरेका छ ।  सेमेस्टर प्रणालीको विरोध गरिरहेको संगठनले मंगलवार बिहानमा मोटरसाइकलमा आएका विद्यार्थी क्याम्पसमा तोडफोड गरेका हुन् । आन्दोलनरत विद्यार्थी संगठनले साउन १० गतेदेखि क्याम्पसको लेखा, प्रशासन शाखामा तालाबन्दी गरेका थिए ।  क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले लेखा र प्रशासन शाखामा तोडफोड गरेर विद्यार्थीले क्षति पु¥याएको बताए ।  विद्यार्थी संगठनहरूले क्याम्पसमा यसअघि सञ्चालन भइरहेका बीबीएस र एमबीएसका पठ...

लुम्बिनी वाणिज्य क्याम्पसमा विद्यार्थीहरुले गरे तोडफोड

२६ साउन, बुटवल । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीएस कार्यक्रम हटाएको विरोधमा लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा चार विद्यार्थी संगठनले तोडफोड गरेका छन् । नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र र विप्लव निकट अखिल क्रान्तिकारी तथा अखिल छैठौंले संयुक्त रुपमा क्याम्पसको पुरानो भवनमा रहेका लेखा र परीक्षा शाखामा तोडफोड गरेका हुन् । यसअघि साउन ८ गते नै चार […]

विभिन्न माग राख्दै विद्यार्थीले गरे जलजला क्याम्पसमा तालाबन्दी

रोल्पा – मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा रहेको रोल्पाको जलजला बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले विभिन्न माग राख्दै तालाबन्दी गरेका छन् । विषयगत प्राध्यापक तथा आवश्यक कर्मचारीको व्यवस्था हुनुपर्ने, छात्रवृत्ति वितरण, कोरोनाको अवधिमा लिइएको शुल्क फिर्ता हुनुपर्ने लगायतका ८ बँदे माग राख्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । क्याम्पस प्रशासनमा यसअघि पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्नुपरेको साझा विद्यार्थी मञ्चका संयोजक योगेन्द्र अनुपम जिसीले जानकारी दिनुभयो । यस्तै विश्वविद्यालय सुधार...

रत्न राज्य क्याम्पसमा नेकपाका दुई समूहबीच झडप, प्रचण्ड–नेपाल पक्षका चार घाइते

काठमाडौं । काठमाडौंको रत्न राज्य क्याम्पसमा विभाजित नेकपाको दुई समूहका विद्यार्थीहरुबीच झडप भएको छ । झडपमा परी चार जना विद्यार्थी नेता घाइते भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय विद्यार्थीले प्रचण्ड–नेपाल पक्षका विद्यार्थीमाथि आक्रमण गरेको प्रचण्ड–नेपाल निकट विद्यार्थी नेता सुशिल खनालले दाबी गरे । आक्रमणबाट प्रचण्ड–नेपाल पक्षका दिपक बस्नेत , दिलिप खड्का ,विशाल रिजाल र मनिस बस्नेत घाइते भएका छन् । मंगलबार विहान सरस्वती पूजा गरिरहेका समयमा ओली पक्षका लोकेश खड्का, उज्वल खड्का लगायतले आक्रमण गरेका हुन् । खड्का सो क्याम्पसका ओली पक्षका युथ फोर्स अध्यक्ष हुन् । घाइते विद्यार्थी नेताहरुको अहिले मोडेल अस्पतालमा उपचार गरिएको छ ।