आन्दोलनरत चिकित्सक र सरकार पक्षबीच शनिबार हुने भनिएको वार्ता स्थगित भएको छ । मन्त्रिपरिषद्को निर्णयविरुद्ध आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति जुटाउन शनिबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटरमा तय भएको बैठक अन्तिममा आएर स्थगित भएको जानकारी गराइएको चिकित्सकले बताएका छन् ।