मंसिर २८ गतेसम्म माग पूरा नभए २९ गतेबाट सत्याग्रह लगायतका आन्दोलन शुरु हुन्छ: डा केसी

डा केसीले मंसिर २८ गतेसम्म माग पूरा नभए २९ गतेदेखि सत्याग्रह लगायतका शसक्त आन्दोलन शुरु गर्ने जानकारी दिएका छन्। डा केसीले आइतबार विज्ञप्ति जारी गर्दै आफ्ना माग र समयसमिका विषयमा जानकारी दिएका हुन्।

सम्बन्धित सामग्री

चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले थाल्यो तेस्रो चरणको आन्दोलन

काठमाडौं । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले चिकित्सा शिक्षा ऐन संशोधनलगायत १४ बुँदे माग राख्दै तेस्रो चरणको आन्दोलन थालेको छ ।  समितिले सीटीईभीटीको पुनःसंरचना गर्नुपर्ने, प्रि–डिप्लोमा तहका स्वास्थ्य कार्यक्रमलाई स्तरोन्नति गर्न बाँकी रहेका संस्थाहरूको स्तरोन्नति गरी तत्काल भर्ना खोल्नुपर्ने, आयोग र सीटीईभीटीका कारण बन्द भएका नर्सिङ्ग कलेजहरूमा तत्काल भर्ना खोलिनुपर्ने, कलेज बन्द हुँदा रोजगारी खोसिएका पेशाकर्मी तथा कर्मचारीहरूको रोजगारीको निश्चित गरिनुपर्ने माग राखेको छ । यस्तै, छात्रवृत्तिमा विभेद अन्त्य गरी समानताका आधारमा छात्रवृत्तिको अवसर पाउने निश्चित गरिनुपर्ने, पारामेडिकल अन्तर्गतका नर्सिङ लगायतका विषयहरू चिकित्सा शिक्षाबाट अलग गरिनुपर्ने, खुला बजार अर्थनीति अनुसार शुुल्क निर्धारण हुने व्यवस्था गरिनुपर्ने, हरेक तहका लागि छुट्टाछुट्टै अस्पताल चाहिने अव्यावहारिक कार्यविधि खारेज गरिनुपर्ने, विश्वविद्यालय, प्रतिष्ठानहरू, विषयगत काउन्सिलहरू र सीटीईभीटीका स्वायत्ततामाथि हस्तक्षेप तत्काल बन्द गरिनुपर्ने समितिको माग छ । समितिले डब्लयूएचओको मापदण्ड अनुसारका सवै विधा समेटी दरबन्दी कायम गरी तुरुन्त पदपूर्ति गरिनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूको सुरक्षा, सुरक्षित काम गर्ने वातावरण, वृत्ति विकास तथा उच्च शिक्षा अध्ययनको अवसरको निश्चित गरिनुपर्ने, देशमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भएको लगानीको सुरक्षाको निश्चित गरिनुपर्ने र नेपाललाई मेडिकल, नर्सिङ्ग तथा पारामेडिकल शिक्षाको गन्तव्य बनाउने नीति अख्तियार गर्दै शिक्षण संस्थाहरूमा कोटा पद्धति खारेज गरिनुपर्ने माग राखेको छ ।  समितिले माग पूरा गराउन गत शनिवारदेखि माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिँदै आएको छ ।  संघर्ष समितिका संयोजक निर्मल सापकोटाले चिकित्सा शिक्षाका कलेज सञ्चालकले उठाएका माग पूरा गर्न सरोकारवाला निकायले बेवास्ता गरेकाले बाध्य भएर आफूहरू आन्दोलनमा उत्रिनुपरेको बताए ।  आन्दोलनमा मेडिकल एण्ड डेण्टल कलेज एशोसिएशन, नेपाल, स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया) फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स, निजी प्राविधिक शिक्षालय महासंघ, अर्गनाइजेशन अफ पोखरा युनिभर्सिटी एजुकेशनल इन्ष्टिच्यूसनस् नेपाल, सोसाइटी अफ त्रिभुवन युनिभर्सिटी एफिलियटेड हेल्थ इन्ष्टिच्यूसनस्–नेपाल, एशोसिएशन अफ प्राइभेट हेल्थ इन्ष्टिच्यूट, नेपाल,  नेपाल उद्योग वाणिज्य महासंघ र प्राइभेट एण्ड बोर्डिङ स्कुलस् अर्गनाइजेशन नेपालले ऐक्यबद्धता जनाएको उनले बताए ।  उनले माग पूरा गराउन गत असार ७ गतेदेखि आन्दोलन गरिरहेको बताए ।  डा. गोविन्द केसीको आन्दोलन स्थगित डा गोविन्द केसीले आजका लागि घोषणा गरेको सत्याग्रह एक महीनाका लागि स्थगित गरेका छन् । उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आजका लागि घोषणा गरेको सत्याग्रह एक महीनाका लागि स्थगित गरेका हुन् ।  ‘पछिल्लो समय हाम्रो अभियानका कारण नर्सिङलगायत स्वास्थ्य शिक्षाका विभिन्न कोर्सहरूको सिट संख्या घटेको र त्यसका कारण विद्यार्थी विदेशिएको भन्ने भ्रमहरू फैलाइएको जानकारी हामीले पाएका छौं । तर, अभियानको शुरुदेखि नै हाम्रो आशय देशमा सबै तहको स्वास्थ्य र चिकित्सा शिक्षा गुणस्तरीय, निःशुल्क वा सस्तो र सर्वसुलभ रहोस् र आम नेपालीले पाउने स्वास्थ्य सेवाको गुणस्तर निरन्तर बढ्दै जाओस् भन्ने रहँदै आएको छ ।’