नारायणगढ–मुग्लिङ सडक : पुस ३० र माघ १ दिउँसो खुल्ला गरिने

चितवन । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिङ सडकखण्ड दुई दिन खुला रहने भएको छ । यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको […]

सम्बन्धित सामग्री

पहिरोले अबरुद्ध नारायणगढ-मुग्लिङ सडक खुल्यो

पहिरोले आइतबार बिहानदेखि अबरुद्ध नारायणगढ-मुग्लिङ अपराह्नदेखि खुलेको छ। आइतबार बिहान इच्छाकामना गाउँपालिका ६ स्थित कालीखोला र ५ किलोमा पहिरो खसेपछि सार्वजनिक सवारी ठप्प भएका थिए। दिनभरिजसो बन्द भएको नारायणगढ-मुग्लिङ सडक अपराह्नदेखि खुलेको प्रहरीले जानकारी दिएको छ।

सुख्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिङ सडक सञ्चालनमा

सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको नारायणगढ-मुग्लिङ सडक खण्ड सञ्चालनमा आएको छ।

नारायणगढ-मुग्लिङ सडक दैनिक चार घण्टा प्रभावित

नारायणगढ-मुग्लिङ सडक खण्ड मंगलबारबाट एक महिनासम्मको लागि आगमनमा प्रभावित हुने भएको छ । सडक विभागले ५ पुस देखि ५ माघसम्म सो सडक खण्डमा पुल निर्माणका लागि पहाड कटान गर्ने भएसँगै सवारी आगमन प्रभावित हुने भएको हो । सडक खण्डको बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर निर्माण गर्न ४ घण्टा सवारी साधन प्रतिबन्ध […]

भोलिदेखि नारायणगढ–मुग्लिङ सडक दैनिक चार घण्टा बन्द हुने

चितवन । नेपालकै मुख्य राजमार्गको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडक ११ बजे देखि ३ बजे सम्म बन्द हुने भएको छ । उक्त सडकको पुल निर्माणको लागि पहाड काट्नु पर्ने भएको कारण पुस ५ गते देखि १ महिना सडक बन्द हुने नारायणगढ मुग्लिङ सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले बताए । नारायणगढ–मुग्लिङ सडक खण्डका मुग्लिङबाट नारायणगढ तर्फको २ […] The post भोलिदेखि नारायणगढ–मुग्लिङ सडक दैनिक चार घण्टा बन्द हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एक महिनाको लागि नारायणगढ- मुग्लिङ सडक निश्चित समय बन्द हुने

काठमाडौंः नारायणगढ- मुग्लिङ सडक एक महिनासम्म निश्चित समयको लागि बन्द हुने भएको छ। सडक खण्डको केही भागमा स्तरउन्नति हुने भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको लागि बाटो बन्द गर्न लागिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। पुसको ५ गतेदेखि माघको ५ गतेसम्म निश्चित समयको लागि बाटो बन्द हुन लागेको…

नारायणगढ- मुग्लिङ सडक अवरुद्ध

काठमाडौंः वर्षाको कारण नारायणगढ- मुग्लिङ सडक अवरुद्ध भएको छ। चितवनको भरतपुर महानगरपालिका-२९ अठार किलो र केराबारीस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा अविरल वर्षाको कारण शुक्रवार बिहान पहिरो जाँदा सडक अवरोध भएको हो। बिहानैदेखि सडक अवरुद्ध भएकाले  प्रहरीले स्थानीय निकायहरू सँगको समन्वयमा सडक खुलाउन आवश्यक पहल गरिरहेको छ। केही समयदेखि वर्षाको कारण यो सडक…

नारायणगढ - मुग्लिङ सडक खण्डमा सुख्खा पहिरो, सडक अवरुद्ध

काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिका वडा ६ स्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। शुक्रवार बिहान पौने ९ बजे सुख्खा पहिरो खस्दा बाटो दुईतर्फी रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ। नाम्सीपुल छेवैमा सुख्खा पहिरो खसी दुईतर्फी बाटो बन्द भएकोले सवारी साधन तथा यात्रुहरु…

नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द

काठमाण्डौ - नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ । हिजो बिहान पहिरो पन्छाएर सडक खुलाइए पनि हिजो रातिदेखि फेरि सडक बन्द भएको चितवन प्रहरीले जनाएको छ ।  सडक बन्द हुँदा नारायणगढ–मुग्लिङ सडक खण्ड हुँदै आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् । वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्डमा दिनहुँजसो पहिरो जाने र सडक बन्द हुने भइरहेको छ । यो सडक खण्डमा पर्ने चितवनको सेती दोभानमा पहिरो पन्छाउन समस्या भएको हो । पूर्व र पश्चिमलाई काठमाण्डौसम्म जोड्ने मुख्य यो सडकमा हुँदै दैनिक १० हजारसम्म सा...

नारायणगढ–मुग्लिङ सडक खण्ड एकतर्फी खुल्यो

काठमाण्डाै - पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिङ सडक खण्ड एकतर्फी खुलेको  छ । पहिरोका कारण हिजो बेलुका सात बजेदेखि बन्द भएको सडक केहीबेर अघिदेखि एकतर्फी खुलाइएको चितवनका सहायक  प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो । काठमाण्डौ प्रवेश गर्ने मुख्य सडकको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडक खण्डमा झन्डै एक हप्तायता पहिरोले लगातार समस्या पार्दै  आएको छ । वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्डमा दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने क्रम चलिरहेको छ । पहिरो पन्छा...

नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो खस्ने क्रम रोकिएन

काठमाण्डाै - नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ । हिजो बेलुकीपख पहिरो पन्छाएर सडक खुलाइए पनि फेरि बन्द भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । काठमाण्डौ प्रवेश गर्ने मुख्य सडकको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडक खण्ड झन्डै एक हप्तायता पहिरोले लगातार अवरुद्ध हुँदै आएको छ । वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुनेक्रम चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका गाडीले पार गर्न नपाउँदै फेरि अर्को पहिरो जाने समस्या बढ...