नेपाल प्रेसमा प्रकाशित समाचारप्रति सरिता तिवारीको खण्डन

काठमाडौं । नेपाल प्रेसमा आफ्नाबारे प्रकाशित सामग्रीहरुलाई लिएर लेखिका सरिता तिवारीले असन्तुष्टि जनाएकी छन् । प्रकाशित समाचार तथा विश्लेषणबाट आफूलाई चोट पुगेको उनको गुनासो छ । तीनवटा समाचार शीर्षक उल्लेख गर्दै तिवारीले नेपाल प्रेसमा खण्डन पठाएकी हुन् । आफूले ७ वर्षअघि भोगेको यौनजन्य दुर्व्यवहार सार्वजनिक गरेको विषयमा प्रकाशित समाचारले आफूमाथि अन्याय भएको उनले आरोप लगाएकी […]

सम्बन्धित सामग्री

भरपर्दो बैंकिङ्ग सेवा प्रदान गरेको भन्दै समाचारमा एनआईसीको खण्डन

साउन २१ गते नेपाल आजमा प्रकाशित समाचारलाई एनआईसी एसिया बैंकले खण्डन गरेको छ। आईतवार एक पत्र पठाउँदै समाचारको खण्डन गरेको हो। वैंकले समाचार पूर्ण रुपमा भ्रामक, कपोलकल्पित र अतिरंजित भएको जनाएको ...

नेपाल आजमा प्रकाशित समाचारप्रति गुर्भाकोटकी उपमेयरको आपत्ति

सुर्खेत को गुर्भाकोट नगरपालिकाकी उपमेयर मैना विकले नेपाल आजमा साउन ९ गते प्रकाशित ‘माल्टा र सिंगापुरको सपना देखाएर उपमेयरका पतिले ५० लाख ठगे, पोल खुलेपछि फरार’ शीर्षकको समाचारको खण्डन गरेकी छिन्। समाचारले ...

नियुक्तिबारे प्रश्न नउठाउन 'डीजी साप'को उर्दी, समाचारको गोलमटोल खण्डन

विवादित नियुक्ति र त्यसपछिको विवादित निर्णयबारे बिजपाटीले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीबारे निरन्तर समाचार प्रकाशित गरेपछि आइतवार उनले ३ बुँदे खण्डन पठाएका छन् ।विभिन्न मितिमा प्रकाशित भएका समाचारको शीर्षकसहित उनले ती समाचारहरुप्रति टिप्पणी गर्दै पठाएको खण्डनको पहिलो बुँदामै अधिकारीले आफ्नो नियुक्तिको वैधतामाथि प्रश्न नउठाउन भनेका छन् । तर, १२औँ तहका प्रशासनिक दक्षता भएका आधा दर्जन कर्मचारीलाई पन्छाएर ११औँ तहका जुनियर प्राविधिक कर्मचारी रहेका प्रदीप अधिकारीलाई बिना कुनै स्वार्थ नियुक्त गरिएको होइन भन्ने विषय घाम जत्तिकै छर्लङ्ग छ । तर उनले खण्डनमा भनेका छन्, ‘नेपाल नागरिक उड्ययन प्राधिकरण ऐन २०५३ को दफा १९ मा भएको व्यवस्था बमोजिम प्राधिकरणमा रिक्त रहेको महानिर्देशक पदमा नेपाल सरकारको मिति २०७८/१०/१७ को निर्णय कानुन बमोजिम नै रहेकाले मलाई महानिर्देशक पदमा नियुक्त गरिएको विषयलाई लिई प्रकाशित गरिएको भ्रामक समाचारमा कुनै सत्यता छैन ।’यति मात्रै नभई, प्रदीप अधिकारीले महानिर्देशक बन्नका लागि निवर्तमान नागरिक उड्ययनमन्त्री प्रेम आलेलाई कोटेश्वरस्थित आलेकै घरमा गएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई यति करोड र तपाईलाई यति करोड दिन्छु, बालुवाटार र खुमलटार म आफैँ मिलाउँछु भनेर डील गरेका थिए । (कति करोड भन्ने तथ्य विषय बिजपाटीसँग सुरक्षित छ)१२ असार २०७६ मा प्राधिकरणको महानिर्देशक बनेका राजन पोखरेलले आफू अवकाश हुने अघिल्लो दिन राजकुमार क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएपछि नै प्रदीप अधिकारी चिढिएका थिए । त्यतिबेला वरिष्ठताका आधारमा क्षेत्रीलाई नै महानिर्देशक बनाइएको थियो । क्षेत्रीले पनि महानिर्देशक भएको ३ महिनामै अवकाश पाए । यद्यपी, महानिर्देशक पदमा नियुक्त भइसकेपछि उमेरहद लागू नहुने र आफ्नो नियुक्ति ४ वर्षकै लागि हो भन्ने दाबी गर्दै क्षेत्रीले दायर गरेको रिट अदालतमा अझै विचाराधीन छ ।तर, क्षेत्रीलाई निमित्त महानिर्देशकबाट महानिर्देशक बनाइएपछि मन्त्री आलेसँग प्रदीप अधिकारी आलेकै घरमा पुगेर ‘रिसाएका’ थिए । यसबाट पनि अधिकारीको नियुक्ति स्वार्थ प्रेरित नै छैन भन्न सकिने अवस्था छैन ।त्यसैगरी, उनले खण्डनको बुँदा नम्बर २ मा ‘सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ मा तोकिएको प्रावधानलाई पालना गरी प्राधिकरणबाट भएका बोलपत्रसँग सम्बन्धित विषयहरुमा प्रकाशित गरिएको भ्रामक समाचारमा कुनै सत्यता छैन’ भनेका छन् ।तर, उनी ३ वटै ठूला आयोजनाको एकैपटक आयोजना प्रमुख बनेको विषय लेखेका छैनन् । ‘बोलपत्र आह्वान नभई पोखरा, भैरहवा जस्ता ठूला आयोजनाको काम भएको हो’ भनेर बिजपाटीले दाबी गरेको पनि छैन । तर, बिजपाटीले एउटै व्यक्ति एकै पटक भैरहवा, पोखरा र प्रस्तावित निजगढको समेत आयोजना प्रमुख बनेको विषयमा त्यो गलत भएको थियो भन्ने दाबी गरेको हो । यसमा पनि उनले गोलमटोल खण्डन गरेका छन् । यति मात्रै नभई, उनी ३ वटै ठूला विमानस्थल परियोजनाको आयोजना प्रमुख भएकै बेला प्राधिकरणको सिभिल चीफ पनि बने । तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा क्यानका तत्कालीन सिभिल चीफ ध्रुवदास भोछिभयाको पनि मृत्यु भएपछि अधिकारीलाई सिभिल चीफ बन्ने बाटो खुला भयो । बिजपाटीले एकैपटक ठूला मालदार आयोजनाको आयोजना प्रमुख बनेको र सोही समयमा सिभिल चीफ बनेर अकुत सम्पत्ति कमाएर त्यहीँ मध्ये केही रकम खर्च गरेर महानिर्देशक बनेको प्रमाणसहित समाचार प्रकाशित गरेको छ । तर, अधिकारीले यसको खण्डन गर्न सकेनन् । अर्थात्, कर्मकाण्डी खण्डन पठाएर पन्छिन खोजेका छन् ।त्यस्तै, उनले प्रेस काउन्सिललाई समेत बोधार्थ पठाएको खण्डनको तेस्रो बुँदामा ‘जग्गा प्राप्ती ऐन २०३४ को प्रक्रिया पूरा गरी प्राधिकरणका लागि अधिग्रहण गरेका जग्गाहरुका सम्बन्धमा प्रकाशित भ्रामक समाचारमा कुनै सत्यता छैन’ भनेर दाबी गरेका छन् ।तर, मुआब्जा वितरणमा अधिकारीले अनियमितता गरेको विषयमा विभिन्न निकायमा उजुरीका चाङ छन् । उजुरीका विषयमा भने उनले खण्डनमा कुनै कुरा उल्लेख गरेका छैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सम्पत्ति शुद्धिकरण र राजश्व अनुसन्धान विभागमा सम्म उनीविरुद्द उजुरी छन् । यी निकायले समय क्रममा उनले के कति अनियमितता गरेका थिए भन्ने तथ्य सार्वजनिक गर्लान् नै । तर आर्थिक प्रभावका आधारमा कतिपय उजुरीहरूमाथि छानबिन नगर्न अधिकारीले दबाब दिइरहेको विभिन्न स्रोतहरूले दाबी गरेका छन् । अर्कोतर्फ, जग्गा प्राप्ती ऐन २०३४ मा जग्गाको मुआब्जा निर्धारण गर्दा धेरै जमिन पर्ने र थोरै जमिन पर्नेको फरक फरक दर निर्धारण गर्न सक्ने प्रावधानविपरित उनले जग्गा कारोबारीसँग मिलेर अनावश्यक ठाउँको समेत मुआब्जा दिलाउन भूमिका खेलेका थिए भन्ने दाबी अख्तियारमा परेको उजुरीमा गरिएको छ । (उनीविरुद्ध अख्तियार लगायत अन्य निकायमा परेको उजुरीको प्रमाणित प्रतिलिपी बिजपाटीसँग सुरक्षित छ ।)सँगै, जग्गा प्राप्ती ऐनमा ‘प्राप्त गरिएको जग्गा जुन कामको लागि प्राप्त गरिएको हो, सो कामको लागि आवश्यक नपरी वा प्रयोग गरेर बढी हुन आएको जग्गा दफा ३३ बमोजिम नेपाल सरकार वा नेपाल सरकारको पूर्ण स्वामित्व भएको संस्थाले अन्य काममा प्रयोग नगरेमा त्यस्तो आवश्यक नपरेको वा बढी भएको जग्गा साबिक जग्गावालालाई फिर्ता गरिदिनु पर्नेछ’ भनिएको छ ।तर, पोखरा विमानस्थलका लागि अधिग्रहण गरिएको कतिपय जग्गा प्रयोगविहिन अवस्थामा समेत छ । यसबारे भने उनको खण्डनमा केही उल्लेख गरिएको छैन । यसअघिः‘डीजी साप’को गोप्य निर्णयः ४० प्रतिशत कमिशन पाउने गरी ‘रिट्ठेपानी डाँडो’ काट्न टेण्डरै नगरी ठेक्काजताततै भ्रष्टाचारको उजुरी : सातौँ तहमा हुँदा नै डीजी अधिकारी भन्थे, ‘क्यान हाँक्न आएको हुँ’‘हाकिम’बाटै पोखरा विमानस्थलमा करोडौँ घोटाला, जग्गाको भाउ बढाउन रातारात बाटो खनियोगौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा करोडौँ ‘घोटला’, दलालसँग मिलेर राज्य कोषको दोहन‘काण्डैकाण्ड’ले थिचिएका डीजी सापः जसले ‘फास्ट ट्रयाक’बाट यसरी कमाए अर्बौ सम्पत्ति–२‘काण्डैकाण्ड’को चाङले थिचिएका ‘डीजी साप’ उर्फ प्रदीप अधिकारी–१

नेपाल प्रेसमा विनु यादवको बयान झुटो र भ्रामक रहेको भन्दै डिएसपी कार्कीको खण्डन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीले नेपाल प्रेसमा २०७९ असार ९ गते प्रकाशित तथा प्रसारित विनु यादवको बयानमा आफ्नो नाम बिनाकरण मुछिएकोमा लिखित रुपमा खण्डन गरेका छन् । उनले साउन १६ गते नेपाल प्रेसलाई पठाएको र केही दिनअघि मात्र प्राप्त भएको खण्डनको व्यहोरामा आफूलाई समेत जोडेर सम्प्रेषण भएको सामग्री झुटा, बनावटी […]

नेपाल समाचारपत्रको समाचारमा मेयर साहको भनाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल समाचारपत्रमा असार ३० मा प्रकाशित ‘निर्वाचनमा सघाउने रुटिन अफ नेपाल बन्दलाई महानगरको एक करोड’ शीर्षकमा प्रकाशित समाचारको खण्डन गर्नुभएको छ । यही साउन ३ गते नेपाल समाचारपत्रको काठमाडौं, भीमसेनस्थानस्थित कार्यालयमा उहाँका कर्मचारीले दर्ता गराएको ‘खण्डन पत्र’ र समाचारपत्रमा प्रकाशित समाचारको तस्वीर यस प्रकार छ ः

महानगरबाट ‘एककरोड विनियोजन गरिएको समाचार’को ‘रुटिन अफ नेपाल बन्द’बाट खण्डन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई निर्वाचनमा अनलाइन र सामाजिक सञ्जालको प्रयोग गरी सघाउने ‘रुटिन अफ नेपाल बन्द’लाई एक करोड बजेट विनियोजन गरिएको भन्दै नेपाली संचारमाध्यमहरुमा प्रकाशित र प्रशारित समाचारको खण्डन गरिएको छ । महानगरले ई–स्पोर्ट्स (मोबाइल गेम) प्रतियोगिता आयोजना गर्न एक करोड रुपैयाँ विनियोजन गरेपछि उक्त प्रतियोगिताका संस्थापक रुटिन अफ नेपाल बन्दका संचालक रहेको भन्दै […]

पत्रकारलाई दुर्गा प्रसाईको धम्की

झापास्थित बिएण्डसी अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पत्रकार सम्मेलन गरेर पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।महासंघ झापा शाखाका अनुसार कार्यकारी निर्देशक प्रसाईले अस्पतालबारे एक सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्न माघ १९ गते पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारहरूलाई सार्वजनिक रूपमा ठाडो धम्की दिएका थिए । महासचिव रोशन पुरी द्वारा जारी विज्ञप्त

डेलीमेलको 'नेपाल भरियन्टको खतरामा' भन्ने समाचार भ्रामक

लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो ।समाचार आधारहीन रहेको र नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) भेरियन्ट फेला परेका छन् । यी दुवैको उत्पत्ति नेपालमा नभएको र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि नेपालमा नयाँ संस्करणको भेरियन्ट उत्पत्ति भएको भन्ने समाचारको खण्डन गरिरहेको दूतावासले जारी गरेको विज्ञप्तिमा भनि

हुप्सेकोट गाउँपालिका अध्यक्षको खण्डन, नेपाल सम्वाददाताको जवाफ

'१३ वर्षमै बच्चा पाउँदा' शीर्षकमा प्रकाशित सामग्रीमा हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेको खण्डन र नेपाल सम्वाददाताको जवाफ

प्रचण्डको सचिवालयद्वारा मन्त्रिमण्डल हेरफेरबारे समाचारको खण्डन

काठमाडौं : मन्त्रिमण्डल हेरफेरबारे विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक समाचारप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले खण्डन गरेको छ। नेकपा नेतृत्वमा रहेको सरकारमा सहभागी मन्त्रीहरु हेरफेरको विषयमा अध्यक्ष प्रचण्डलाई जोडर प्रशारित तथा प्रकाशित समाचार भ्रामक भएको भन्दै सचिवालयले...