भरपर्दो बैंकिङ्ग सेवा प्रदान गरेको भन्दै समाचारमा एनआईसीको खण्डन

साउन २१ गते नेपाल आजमा प्रकाशित समाचारलाई एनआईसी एसिया बैंकले खण्डन गरेको छ। आईतवार एक पत्र पठाउँदै समाचारको खण्डन गरेको हो। वैंकले समाचार पूर्ण रुपमा भ्रामक, कपोलकल्पित र अतिरंजित भएको जनाएको ...

सम्बन्धित सामग्री

शाखा रहित बैंकिङ्ग केन्द्रबाट रकम हिनामिना गर्ने कानुनी दायरामा

माछापुच्छ्रे बैंकले शाखारहित बैंकिङ्ग केन्द्रबाट रकम हिनामिना गर्नेहरुलाई कानुनी दायरामा ल्याइएको जनाएको छ । बैंकले रुपन्देहीको रोइनिहवा र मुजहानामा स्थानीय सर्वसाधारणहरुलाई सर्व सुलभ तरिकाले बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट बैंकले तोकिएको शर्तहरुको अधिनमा रही शाखारहित ग्राहक सेवा केन्द्रमार्फत सीमित बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यसहित भएको कारोबारमा कैफियत देखिएकोले उक्त सेवा बन्द गरिएको बैकले जनाएको छ । उक्त क्षेत्रका व्यवसायिक प्रतिनिधी निरन्जन पाठक र सिकन्द्र ठ

प्रदेश १ मा बैंक अफ काठमाण्डूको घरदैलो

सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडको प्रदेश १ अन्तर्गतका विभिन्न शाखा कार्यालयहरूले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले संचालन गरीएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।बैंकले आकर्षक विशेषताहरु सहित ४ गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाता सार्वजानिक गरेको थियो । उक्त ४ गुणासम्म

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शाखा तौलिहवामा

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले कपिलवस्तुको तौलिहवामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्तरीय र विश्वसनीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले स्थानीय आवश्यकता अनुसार सहज बैंकिङ्ग सेवा प्रदान गर्ने बताए । बैंकका अध्यक्ष थानेश्वर पौडेलले २०६५ साल फागुन ११ गतेदेखि बैंकिङ्ग कारोबार शुरु गरेको बैंकका ८४ वटा शाखा कार्यालय तथा एउटा एक्सटेन्सन कार्यालय र ७ वटा एटिएम सञ्चालनमा रहेका बताए । काठमाण्डौं बाहिर केन्द्रीय कार्यालय रहेको लुम्बिनी

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको बैंकिङ्ग सेवा अव आइतबार पनि

सातामा शनिवार र आईतबार गरी दुई दिन बिदा दिने निर्णय भएसँगै मेनरोड विराटनगरमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै आईतबार पनि बैंकिङ्ग सेवा प्रदान गर्ने निर्णय गरेको छ ।यस अन्तर्गत हाल बैंकले प्रदेश नं.१ म रहेका आफ्ना ३५ शाखाहरुमध्ये १३ शाखाहरु (मेनरोड विराटनगर, टंकीसुनवरी, इलाम, रंगेली, उर्लावारी, बिराटचोक, विर्तामोड, इटहरी, धरान, धनकुटा, बसन्तपुर, दमक र पुष्पलालचोक) बाट यही जेष्ठ १ गते देखिनै सेवा प्रदान गर्ने छ ।यस्तै आगामी दिनमा बजारक

नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता

नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच बैंकिङ कारोबार गर्ने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर  भएको छ । उक्त सम्झौता बमोजिम नेपाल बैंकले पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत कर्मचारी एवम् विद्यार्थीहरुलाई आधुनिक एवम् सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने छ । विश्वविद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तलबी खातामा बैकले बचत निक्षेपको उच्चतम ब्याजदर प्रदान गर्ने, निःशुल्क डिजिटल बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउने, बैंकको लकर भाडामा  छुट प्रदान गरिने, विश्वविद्यालयमा कार्यरत क

सेन्ट्रल फाईनान्सको बैंकिङ्ग सेवा अब आफ्नै नयाँ भवनबाट

मंसिर २५, काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले आइतवारबाट ललितपुरको कानदेवस्थानस्थित आफ्नै नवनिर्मित केन्द्रीय कार्यालय भवनबाट बैंकिङ्ग सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले छिट्टै नै बचतकर्ता/ ग्राहकहरुको लागि आफ्नै मोवाईल बैंकिङ्ग एपमार्फत मोवाईल बैंकिङ्ग सेवा सञ्चालन गर्न लागेको बताएको छ ।  चुक्तापूँजी ८८ करोड १० लाख रुपैयाँ रहेको उक्त कम्पनीले ५ अर्ब ८४ करोड ८१हजार रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ९३ करोड ९५ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठले बताएका छन् । नवनिर्मित केन्द्रीय कार्यालय भवनसहित कम्पनीले काठमाडौको चावहिलसहित देशका विभिन्न भागमा गरी १४ ओटा शाखा र भक्तपुरको सल्लाघारीमा एउटा एक्सटेन्सन काउण्टर सञ्चालन गरिरहेको छ । कम्पनीले डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सी–आस्बाजस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको र विभिन्न शाखा कार्यालयहरुमा एटीएम मेसिन पनि सञ्चालन गरिरहेको छ । कम्पनीले छिट्टैनै झापाको बिर्तामोडमा पनि नयाँ शाखा थप गर्न लागेको बताएको छ । कम्पनीले विगत २४वर्षदेखि बैंकिङ्ग सेवा दिंदै आएको छ ।

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको भैँसेपाटीमा

ललितपुर । एभरेष्ट बैंक लिमिटेडले ललितपुरको भैँसेपाटीमा आफ्नो १०४ औं शाखा संचालनमा ल्याएको छ ।बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको छ।

ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघ (एफवीन) बीच सहकार्यको लागि सम्झौता भएको छ। एफवीनमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो। आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र र नेपाल महिला उद्यमी महासंघका तर्फबाट एफवीनकी अध्यक्ष रीता सिम्हाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  सम्झौता अनुसार बैंकले एफवीनमा आबद्ध व्यवसायीहरु तथा त

एभरेष्ट बैंकद्वारा दमौलीमा १०३औं शाखा विस्तार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले तनहुँको दमौलीमा १०३ औं शाखा विस्तार गरेको छ । शाखा कार्यालयको ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने र एभरेष्ट बैंक गण्डकी प्रदेश प्रमुख राजु गौलीले उद्घाटन गरेका छन् ।यसैगरी, बैंकले कन्ट्याक्ट लेस पेमेन्टलाई प्रवर्धन गर्दै आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका साथ क्यूआर कोड पनि हस्तान्तरण गरेको छ ।