एक दशकपछि हरियाली बन्यो वीरेन्द्र–ऐश्वर्य पार्क

बागलुङ : बजारवासीले विश्रामस्थलको रूपमा लिँदै आएको ऐतिहासिक वीरेन्द्र–ऐश्वर्य उद्यान झण्डै एक दशक अलपत्र पर्‍यो। हरियाली तथा व्यवस्थित बनेको सुन्दरपार्कमा वीरेन्द्र–ऐश्वर्यको सालिक थियो।२०६२।६३ सालको जनआन्दोलनका क्रममा आन्दोलनकारीले वीरेन्द्र–ऐश्वर्यको सालिक तोडफोड गरे। त्यसपछि पार्क विस्तारै कुरूप बन्दै गयो।पछिल्लो एक वर्ष अघिसम्म पार्कमा जीर्ण रूखमात्रै बाँकी थिए। धेरैले पार्क कुरूप बनेपछि पार्क संरक्षणको जिम्मा पाएको बागलुङ नगरपालिकाको चर्को आलोचना समेत भयो तर पछिल्

सम्बन्धित सामग्री

हरियाली र सुन्दर शहरका लागि भित्ते बगैँचामा दुई सय फूल रोपियो

काठमाडौ । काठमाडौँ महानगरपालिकाले भित्ते बगैँचामा आज दुई सय फूल र लहरा बोटका बिरुवा रोपिएको छ ।  पार्क तथा हरियाली प्रवर्द्धन आयोजनाअन्तर्गत कामपाले रत्नपार्कको आकाशे पुलका दुई भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेर शुरू गरेको हो । कामपाले चालु आर्थिक वर्षमा एक लाख बिरुवा रोपी महानगरलाई हराभरा बनाउन ‘मेरो रहर, हरित सहर’ गौरवको योजनाका रुपमा उक्त कार्यक्रम सञ्चालन गरेको हो । यस क्रममा आयोजनाका प्रमुख नवराज थापा, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे, वातावरण व्यवस्थापन विभागका कर्मचारीसहित सहभागी भएर फूल तथा बिरुवा रोपिएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार रोपिएका फूलमा बेगमबेली र स्वस्थानी फूल (भेरेस्ता) छन् । बेगमबेलीमा पनि गुलाबी, रातो, सेतो, पहेँलो, सुन्तला गरी विभिन्न प्रकारका फूल फुल्ने बिरुवा छन् । सामान्यतया: यो जातको फूल चारदेखि छ महिनासम्म फुलिरहन्छन् । यी बिरुवा बढ्दै जाँदा काँटछाँट गरेर मिलाउँदै जानुपर्छ । यसबाट आफूले चाहेको आकार र स्वरुपको बनाउन सकिने श्रेष्ठको भनाइ छ । त्यसैगरी, हरियाली हुने होया, मनिप्लान्ट, आइभ्यूका बिरुवा रोपिएका छन् । यी बिरुवा लहरिँदै बढ्दै जान्छन् । यी आकाशे पुलका भित्ता साढे ३२ मिटर लामा छन् । उचाइ साढे छ मिटरसम्म छ । भित्ताको जमिन सतहमा खाडल खनेर फूलका बिरुवा रोपिएका छन् । लहराउने बिरुवालाई गमलामा झुन्ड्याइएको छ । यसमा बिरुवा लहराउन भित्ताभरि दुई/दुई वर्गमिटरका जालीदार बार बनाइएको छ । उक्त कार्य रु नौ लाख ५६ हजार लागतमा सम्पन्न गरिएको हो । तस्वीर सबै: काठमाडौं महानगरको सचिवालय

बागमती नदीको सुन्दरता बढाउँदै पार्क

ललितपुर – कुनै समय फोहरको डम्पिङ साइट बनेको ललितपुर महानगरपालिका–२ इन्द्रयानी पार्क यतिबेला हरियाली पार्कमा परिणत भएको छ। लामो समय फोहोरको डम्पिङ साइट बनेको यस स्थानमा यतिबेला मानिसहरु समय काट्ने थलो बनेको छ। बागमती किनार अवस्थित पार्कले यस क्षेत्रको स्वरुप नै फेरिदिएको छ। विशेषगरी बागमती किनारमा सुकुम्वासी बस्ती विस्तार नहोस् भन्ने उद्देश्यले विसं २०६३ मा […]

घरको नक्सा पास गर्न अनिवार्य रुख रोप्‍नुपर्ने !

चितवन : भरतपुर महानगरपालिकालाई हरियाली र स्वच्छ सहर बनाइने भएको छ। महानगरपालिकाको आज भएको १३औँ नगरसभामा नगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘हाम्रो सहर, हरियाली तथा स्वच्छ सहर’ अवधारणालाई अघि बढाइने बताइन्। नीति तथा कार्यक्रममा सडक, मिडियन गार्डेन, सडक आइल्यान्ड, पार्क, मनोरञ्जनस्थल र खाली स्थान एवं चोकमा…

ललितपुर महानगरपालिकाले २९ वटा हरियाली पार्क निर्माण गर्ने

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा २९ वटा हरियाली पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाको पहिलो नगरसभामा आज नीति तथा बजेट सार्वजनिक गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले  सार्वजनिक जग्गाको संरक्षण गर्दै हरियाली पार्क निर्माण गर्ने कामलाई निरन्तरता दिन लागिएको बताए । गत पाँच वर्षमा महानगरभित्र आठ पार्क बनेको र छ पोखरीको पुनःनिर्माण भएको थियो । फोहर व्यवस्थापन गर्दै शहरलाई सफा र सुन्दर बनाउन बालकुमारीस्थित अस्थायी ट्रान्सफर स्टेशन आधुनिकीकरण गर्ने, फोहर स्रोतमा नै वर्गीकरण गर्ने

ललितपुर महानगरले २९ हरियाली पार्क निर्माण गर्ने

काठमाडौं : ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा २९ वटा हरियाली पार्क निर्माण गर्ने भएको छ। महानगरपालिकाको पहिलो नगरसभामा आज (शुक्रबार) नीति तथा बजेट सार्वजनिक गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले  सार्वजनिक जग्गाको संरक्षण गर्दै हरियाली पार्क निर्माणलाई निरन्तरता दिने बताए।गत ५ वर्षमा महानगरभित्र ८ पार्क बनेको र ६ पोखरीको पुनःनिर्माण भएको थियो। फोहर व्यवस्थापन गर्दै शहरलाई सफा र सुन्दर बनाउन बालकुमारीस्थित अस्थायी ट्रान्सफर स्टेशन आधुनिकीकरण गर्ने, फोहर स्रोतमा नै वर्गीकरण गर्

ललितपुर महानगरले २९ पार्क निर्माण गर्ने

ललितपुर : ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा २९ वटा हरियाली पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाको पहिलो नगरसभामा आज नीति तथा बजेट सार्वजनिक गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक जग्गाको संरक्षण गर्दै हरियाली पार्क निर्माण गर्ने कामलाई निरन्तरता दिन लागिएको बताए । गत पाँच वर्षमा महानगरभित्र आठ पार्क बनेको र छ पोखरीको पुनःनिर्माण भएको […]

कालीमाटीदेखि बालाजुसम्म हरियाली पार्क

कालीमाटीदेखि बालाजुसम्म विष्णुमती नदीकिनारामा हरियाली पार्क बनाइने भएको छ । करिडोरमा रहेको जग्गा संरक्षण गर्ने, हरियाली विकास गर्ने तथा पार्क बनाउने कार्यक्रमअनुसार काठमाडौँ महानगरपालिकाले पार्क बनाउन लागेको हो ।

महानगरले भत्कायो असहायलाई खाना पकाउने ठाउँ, हरियाली पार्क बनाउने तयारी

सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाइएका टहरा हटाइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।

दुई स्थानीय तहमा हरियाली पार्क

नेपाल समाचारपत्र, म्याग्दी । हिमाली जिल्ला म्याग्दीको दुई ठाउँमा हरियाली पार्क निर्माण भएको छ । पछिल्लो समय बढ्दो शहरी कोलाहलबाट मुक्त हुन तथा धूलो–धुँवाबाट बच्नका लागि इन्द्रेणी अर्थात् हरियाली पार्क निर्माण भएका हुन् । वायु तथा ध्वनी प्रदूषणबाट बच्नुका साथै स्वस्थ जीवनयापन जिउनेतर्फ मानवलाई आकर्षित गर्न हरियाली पार्क निर्माणको अवधारणा अगाडि बढाइएको हो । गण्डकी […]