प्रहरीले प्रतिबन्धित औषधिसहित मोरङको मिक्लाजुङ गाउँपालिका–३ सुन्दरीचोकबाट सोमवार साँझ २ जना युवालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा मिक्लाजुङ–४ का २१ वर्षीय विदुर राई र उर्लाबारी नगरपालिका–३ का २२ वर्षीय विक्रान्त अधिकारी छन् ।
पक्राउ परेकाको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल २ हजार ८८२ ट्याब्लेट र स्पासपेन २ हजार ९२० ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका युवाहरूमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरीले कार्यालय मोरङले जनाएको छ ।