कांग्रेस अधिवेशनका लागि सर्लाही पुगेका तेस्रो निर्वाचन अधिकृत राउत पनि काठमाडौं फर्किए

जनकपुरधामः नेपाली कांग्रेसको अधिवेशन गराउन सर्लाहीमा खटाइएका तेस्रो निर्वाचन अधिकृत पनि काठमाण्डौं फर्किएका छन्। पार्टीकै दुई समूहबीच पटक-पटक भएको विवाद र झडपपछि मुस्किलले वडा अधिवेशन गराएका निर्वाचन अधिकृत भरत राउत बाँकी अधिवेशन गराउन नसक्ने भन्दै बिहीबार काठमाण्डौं फर्किएका हुन्। दुई पक्षबीचको विवादले वडा अधिवेशन गराउन नसक्ने भन्दै यसअघि पनि दुई…

सम्बन्धित सामग्री

सर्लाही कांग्रेसको निर्वाचन स्थगित

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । दुई पक्षबीचको विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको हो । निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको सूचना जारी गर्नुभएको छ । बिहान ९ बजेदेखि सुरु […]

कांग्रेस महाधिवेशन : सर्लाहीमा चौथो पटक निर्वाचन अधिकृत खटाईयो

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत  सर्लाहीमा विभिन्न तहको अधिवेशन गराउन  चौथौंपटक निर्वाचन अधिकृत खटाइएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले  समितिले अरूण ज्ञवालीलाई नयाँ निर्वाचन अधिकृत तोकेर सर्लाही...

कांग्रेस अधिवेशन : सर्लाहीमा चौथोपटक नयाँ निर्वाचन अधिकृत खटाइयो

सर्लाही : नेपाली कांग्रेस सर्लाहीको अधिवेशन गराउन चौथोपटक पुनः अर्का निर्वाचन अधिकृत खटाइएको छ। यसअघि तेस्रोपटक खटाइएका निर्वाचन अधिकृत भरत राउत पनि अधिवेशन गराउन नसक्ने भन्दै काठमाडौं फर्किएपछि केन्द्रीय निर्वाचन समितिले अरुणकुमार ज्ञवालीलाई सर्लाहीको नयाँ निर्वाचन अधिकृतको रूपमा खटाएको हो।सर्लाही हजरिया घर भएका यसअघिका निर्वाचन अधिकृत राउत जसभन्दा अपजस धेरै खेपेको र दुई गुटका नेताहरूबीचको टकरावले अधिवेशन गराउनै अप्ठेरो परेको भन्दै बिहीबार दिउँसो अचानक काठमाडौं फर्किएका छन्।बारा घर भएका अहिलेका

काँग्रेसको वडा अधिवेशन सर्लाहीमा बिथोलियो, निर्वाचन अधिकृत नै कुटिए

सर्लाही जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन बिथोलिएको छ । बिहीबार बिहान जिल्ला निर्वाचन अधिकृतमाथि कुटपिट भएपछि  जिल्लाभर वडा अधिवेशन प्रभावित भएको हो । नेपाली काँग्रेसका सर्लाही जिल्ला सभापति नागेन्द्रकुमार रायका अनुसार कार्तिक २९ गते भएको सहमति कार्यान्वयन गर्ने सन्दर्भमा बिहीबार संस्थापन इतर पक्षले विवाद सिर्जना गरी निर्वाचन अधिकृत दिवाकर पाण्डेमाथि कुटपिट भएसँगै जिल्लाभर वडा अधिवेशन हुन नसकेको हो ।पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेशका मन्त्री, अन्य नेताहरुका साथ अधिवेशनका लागि सामन्ज

सर्लाहीमा कांग्रेसको निर्वाचन अधिकृत कुटिए

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्लामा अधिवेशन प्रक्रिया अवरुद्ध भएको छ । केन्द्रीय निर्वाचन समितिले खटाएका जिल्ला निर्वाचन अधिकृत नै कुटिएपछि सर्लाहीमा अधिवेशन अनिश्चित बनेको हो । सर्लाहीमा बिहीबारका लागि वडा अधिवेशन तय भएको थियो । तर अधिवेशन सुरु नहुँदै मलंगवामा रहेको पार्टी कार्यालयमै निर्वाचन अधिकृत दिवाकर पाण्डे कुटिएका […]

सर्लाही कांग्रेसका निर्वाचन अधिकृत कुटिए

सर्लाही, २ मंसिर । नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृतमाथि हातपात भएको छ । अधिकृत दिवाकर पाण्डेयलाई पार्टी कार्यालयमा केही समुहले कुटपिट गरेका थिए । पाण्डेयलाई डा.अमरेसशकुमार सिंह पक्षसहित पार्टीका पुर्व सभापति लक्ष्मण राय यादव, सचिव नवीन अधिकारीको टोलीले पाण्डेयलाई हातपात गरेका थिए । यसअघि फरक समुहबीच सहमति जुटाउन नसकेको भन्दै निर्वाचन […]

काँग्रेस सर्लाहीको निर्वाचन अधिकृतले दिए राजीनामा , अधिवेशन अन्योलमा

काठमाडौँ । नेपाली काँग्रेसको सर्लाही जिल्लाको अधिवेशन अनिश्चित भएको छ । जिल्ला निर्वाचन अधिकृत विनोद कार्कीले अधिवेशन गराउने वातावरण नभएको भन्दै आज (शुक्रबार) राजीनामा दिएका हुन् । ‘जिल्लामा सबै पक्षसँग छलफल गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन खोजेकोमा सहमति नजुटी निर्वाचनको वातावरण नभएकाले पदबाट राजीनामा दिएको छु,’ निर्वाचन अधिकृत कार्कीले भने । सर्लाहीमा शनिबार वडा अधिवेशन […]

कांग्रेसका सर्लाही निर्वाचत अधिकृत कार्कीद्वारा राजीनामा

जनकपुरधाम – सर्लाहीमा नेपाली कांग्रेसको अधिवेशनको लागि तोकिएका जिल्ला निर्वाचन अधिकृतले राजीनामा दिएका छन्। निर्वाचन अधिकृत विनोद कार्कीले महाधिवेशनअन्तर्गत जिल्लामा निर्वाचन हुने वातावरण नरहेकोले आफूले पदबाट राजीनामा दिएको जनाएका हुन्। कार्कीलाई कांग्रेसले कार्तिक १७ गते १४औँ महाधिवेशनअन्तर्गत जिल्ला निर्वाचन सम्पन्न गर्नको लागि जिम्मेवारी तोकेको थियो। सोहीअनुसार जिल्लामा सबै पक्षसँग छलफल गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन […]

१२ जिल्लामा निर्वाचन अधिकृत पठाउने तयारी

नेपाली कांग्रेसले कात्तिक २७ गतेदेखि तल्लो तहको अधिवेशन प्रक्रिया अघि बढाउन लागिएको सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्साका लागि जिल्ला निर्वाचन अधिकृत छनोटको तयारी थालेको छ । भदौ १८ देखि वडा अधिवेशन प्रक्रिया अघि बढाएको कांग्रेसले रसुवा र रौटहटको क्रियाशील सदस्यता विवाद अझै टुंग्याउन सकेको छैन । जसका कारण यी दुई जिल्लाको तल्लो तहको अधिवेशन अझै अनिश्चित छ । हालसम्म अधिवेशन प्रक्रिया शुरु भएको ६३ जिल्लामध्ये ४६ जिल्लामा पालिकासम्मको अधिवेशन सम्पन्न भएको छ । अधि...