सर्लाही जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन बिथोलिएको छ । बिहीबार बिहान जिल्ला निर्वाचन अधिकृतमाथि कुटपिट भएपछि जिल्लाभर वडा अधिवेशन प्रभावित भएको हो । नेपाली काँग्रेसका सर्लाही जिल्ला सभापति नागेन्द्रकुमार रायका अनुसार कार्तिक २९ गते भएको सहमति कार्यान्वयन गर्ने सन्दर्भमा बिहीबार संस्थापन इतर पक्षले विवाद सिर्जना गरी निर्वाचन अधिकृत दिवाकर पाण्डेमाथि कुटपिट भएसँगै जिल्लाभर वडा अधिवेशन हुन नसकेको हो ।पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेशका मन्त्री, अन्य नेताहरुका साथ अधिवेशनका लागि सामन्ज