आयात घटाउन तथा रेमिटेन्स बढाउँनको लागि पवन गोल्यानले अर्थमन्त्रीलाई दिए ९ बुँदे सुझाव

बैंक वित्तीय संस्था परिषद नेपाल सीबीफिनका अध्यक्ष पवन गोल्यानले आयात घटाउन तथा रेमिटेन्स बढाउँनको लागि अर्थमन्त्रीलाई १० बुँदे सुझाव दिएका छन् । सीबीफिनको साधारणसभाको क्रममा उनले अर्थमन्त्री जनार्दन शर्मालाई १० बुँदे सुझाव दिएका हुन् ।यता छन् उनको सुझाव :१. म्यानपावर र विदेशी कम्पनीसँग मिलेर सबै रेमिटेन्स बैंकिंग प्रणाली मार्फत आउने ब्यबस्था गर्नु पर्छ । २० खर्ब रेमिटेन्स आउनु पर्नेमा हाल १० खर्ब न्मात्र आईरहेको छ । २. संचित गर्ने बानिको विकास गर्नलाई १ प्रतिशत ब्याज बढाउने उपाय पर्याप्त छैन, त्यसलाई २ प्रतिशत पुर्याउनु पर्छ र यसमा नेपाल राष्ट्र बैंक र नेपाल सरकारले थप अनुदान दिनु पर्छ । ३. आईपिओ र एफपिओमा विदेशमा रहेका नेपाली श्रमिकलाई १० प्रतिशत आरक्षण दिनु पर्ने । ४. आयातमा थप कडाइ गर्नु पर्छ , अहिले नगद मार्जिन लागु गरिएका १८ वस्तुलाई बढाउनु पर्छ । ५. भन्सार शुल्क १५ प्रतिशत बनाउनु पर्छ , भन्सार शुल्क ३० देखि ३५ प्रतिशत गरेकोले नै नेपालमा सिमेन्ट उद्योग फस्टाएको हो । ६. भन्सारमा १५ प्रतिशत कोभिड कर लगाउनु पर्छ ।७. बिजुली ४ रुपैयाँमा बिक्रि गर्नु भन्दा नेपाल मै बिक्रि गरेर बिक्रि लागत घटाउनु पर्छ , बिजुलीको दर २० प्रतिशत घटाउनु पर्छ । ८. आयातित वस्तु तथा सेवामा फ्लोर प्राइजको आधारमा राजश्व उठाउनु पर्छ ।९. अन्य कर्पोरेट क्षेत्रमा २५ प्रतिशत आयकर लगाईएको छ, तर बैंकहरुलाई ३० प्रतिशत लगाईएको छ, बैंकहरुको करको दरलाई २० प्रतिशत बनाउनु पर्छ ।