काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ।पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको छ। दिउँसो र राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भ