हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान गर्दै यो बीचमा पहाडी भूभागमा आंशिक बदलीबाहेक सामान्यतया मौसम सफा रहने उल्लेख गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ कार्तिक २४ गते (बुधबार)
दिउँसो: प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा...