आमा समूहद्वारा आयातीत मदिरा निषेध

सामाजिक विकृतिविरुद्ध लड्न यहाँका महिला एकजुट भएका छन्। जिल्लाको मालिका गाउँपालिका–५, मगरदाङका महिलाले मदिरा सेवन गरेर होहल्ला, झै–झगडा र सामाजिक सद्भाव बिगार्नेलाई जरिवाना तिराउनेसमेत नियम बनाएका छन्। आमा समूहको अगुवाइमा १५ हजार रुपियाँसम्म जरिवाना तिराउने नियम बनाइएको छ। मगरदाङ आमा समूहले जनप्रतिनिधि र अगुवाहरूको सहभागितामा हिउँदे गाउँसभा गरेर सामाजिक विकृति र हिंसा न्यूनीकरणका लागि नियम बनाउनुका साथै ज्याला र कृषि उपजको मूल्य निर्धारण गरेको हो।

सम्बन्धित सामग्री

म्याग्दीका आमाहरू ‘मदिरा र जुवातासमा रोक’ अभियानमा

म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङ्मा ‘मदिरा सेवन र बिक्री वितरणसँगै जुवातास खेल्न रोक’ लगाइएको छ । स्थानीय मगरदाङ आमा समूहले गाउँभेलामार्फत सामाजिक नीति नियम तयार गरेर लागू गरेका हुन् । समाजमा भएका विकृति विसङ्गतिलाई हटाउँदैँ सभ्य समाज निर्माणमा सहयोग गर्ने अठोटका साथ गाउँमा मदिरा सेवन र बिक्री वितरण तथा जुवातास खेल्न रोक लगाइएको आमा समूहका अध्यक्ष …

आमाको कुटपिटबाट छोराको मृत्यु

विराटनगर – मोरङको कटहरी गाउँपालिका-५ मा आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ । ५५ वर्षीया आमा बातियो उरावको कुटपिटबाट ३५ वर्षीय राजेन्द्रप्रसाद उरावको आइतबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । राजेन्द्र शनिबार राति मदिरा सेवन गरेर आएपछि भएको घरायसी विवादका क्रममा आमा बातियोले छोरालाई कुटपिट गरेकी थिइन् । मदिरा सेवन गरेर आएका राजेन्द्रले […]

दाउरा प्रहार गरी आमाको हत्या

पाल्पामा जेठो छोरोले आमाको हत्या गरेका छन् । पाल्पा रिब्दीकोट गाउँपालिका–८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले आमा ६२ वर्षीय मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मदिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी मारेको तथ्य प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । छोरा कृष्णबहादुर सारुलाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको उनले जानकारी

जेठी आमाको हत्या गर्ने युवक पक्राउ

गुल्मीका एक युवकले चिर्पट प्रहार गरी आफ्नी जेठी आमाको हत्या  गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–१३ , दुबिचौरका २५ वर्षीय प्रकाश बिकले आफ्नी जेठी आमा ६० वर्षीया पार्वती बिकलाई आइतबार साँझ चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोपालचन्द्र भट्टराईले हत्या अभियोगी बिकलाई हिजो नै पक्राउ गरी हिरासतमा राखिएको बताए । त्यस वडाका वडाध्यक्ष खुम खत्रीका अनुसार मदिरा सेवन गरेका उनले दिउँसो  सामान्य विवादको आवेगमा आइ  जेठी आमा

छोरी जन्मेपछि नवजात शिशुको हत्या, आमा–बुबासहित ४ जना पक्राउ

नवजात शिशुको हत्यामा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रङ्गेली नगरपालिका-५ आँपगाछी टोल बस्ने २५ वर्षीया खुस्वु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकै आमा ४८ वर्षीय उर्मिला मण्डल र उनकै श्रीमान् २८ वर्षीय अरुण मण्डल रहेका छन् ।आइतबार राति खुस्वुले छोरीलाई जन्म दिई ब्ल्याङ्केटले घाँटी थिची हत्या गरी उनकै आमा बुवाले सञ्चालन गर्दै आएको रङ्गेली नगरपालिका-५ चाँदनी चोकस्थित मदिरा पसलभित्र खाल्डो खनी गाडेको अनुसन्धानको क्रममा खुल्न आएपछि ईलाक

नवजात शिशु हत्याको आरोपमा मोरङ रङ्गेलीमा चार जना पक्राउ

मोरङ - मोरङको रङ्गेलीमा शिशु हत्याको आरोपमा चार जना पक्राउ परेका छन् । रंगेली नगरपालिका ५ आँपगाछीका अरूण मण्डलको श्रीमती वर्ष २५ की खुस्बु मण्डलले शिशु जन्मेलगत्तै घाँटी थिचेर मारेको र परिवारले सञ्चालन गर्दै आएको मदिरा पसलभित्र खाल्डो खनेर गाडेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दिपक श्रेष्ठले बताउनुभयो । घटनामा संलग्न रहेका बुवा ५० वर्षका नागेश्वर मण्डल, आमा ४८ वर्षकी उर्मिला र खुस्बु दम्पत्तीलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताउनुभयो । नवजात शिशु छोरी रहेको र हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनीहरुको बा...

घाँस काट्न भनेर ४ सन्तासहित हिँडेकी थिइन् आमा, मदिराको कुलतले उजाडियो परिवार

दैलेखको आठबीस–३ निमायलको एकै परिवारका चार जना कर्णाली नदीमा मृत भेटिएपछि गाउँले सोचमग्न भएका छन्। स्थानीयवासी प्रश्न गर्छन्– ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै किन नदीमा हेलिन् ? जतिसुकै पीडा भए पनि एक आमाले तिनै सन्तानको मुख हेरेर बाँच्ने आँट किन गरिनन् ? प्रहरी अनुसन्धानले भने पतिले मदिरा सेवन गरी दुःख दिएका कारण सुकी चार सन्तानसहित नदीमा हाम फाल्न बाध्य भएको देखाएको छ। मानसिंह बडुवालले मदिराको कुलतमा परी दिएको यातनाका कारण उनको सुन्दर परिवार उजाडिएको हो। मानसिंहले आइतबार पनि अत्यधिक मदिरा सेव...

चार सन्तानसहित आमा कर्णालीमा हाम फालिन्, दुई जनाको शव फेला, तीन बेपत्ता

दैलेख । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशंका गरिएको छ । आमासहित चार बालबालिकाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले हामफालेका पाँचमध्ये सोमबार दुईको शव भेटिएको जानकारी दिनुभयो । हामफालेका मध्ये १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा लपेटिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘शव फेला परेकाको सनाखत भइसकेको छ । नदीमा हामफालेर बेपत्ता भएका ३५ वर्षीया आमा सुकु बडुवाल, आठ वर्षीय छोरा ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवाललाई भेट्टाउन सकिएको छैन ।’ गोताखोर टोलीबाट उनीहरुको खोजी कार्य थालिएको उहाँले बताउनुभयो । मृतकका श्रीमान् मानसिंह बडुवाललाई भने सोमबार नै इलाका प्रहरी कार्यालय राकमले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । सोमबार बिहान तीन छोरी र एक छोरा लिएर घरबाट आफ्नो माइत जान हिँडेकी सुकु माइतमा समेत नगएको नभेटिएपछि आफन्तले उनीहरुको खोजतलास गरेका थिए । आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराका अनुसार श्रीमान्ले दिनहुँ मदिरा सेवन गरी कुटपिट गर्ने झैझगडा गर्ने भएपछि आजित भएर नदीमा हामफालेको हुनसक्ने आकलन गरिएको छ । नेपालभर १११औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइरहँदा सोही दिनमा आठबीस नगरपालिका–३ दैलेखको निमाइल बस्ती शोकाकुल बनेको थियो । (रासस)

मदिरा सेवन गरेका प्रेमले दाउराले हिर्काएर आमाको हत्या गरे

७२ वर्षीया आमा लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका-११ दरैपधेरो बस्ने ३३ वर्षीय प्रेम दरैलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।

घरेलु हतियारले टाउकोमा हानेर आमाको हत्या

काठमाडौँ / अर्घाखाँचीमा छोराले आमाको हत्या गरेको छ । सन्धिखर्क नगरपालिका –१ तुम्कोटका २३ वर्षीय विमल नेपालीले ५५ वर्षीय आमा हिराकुमारीलाई कुटपिट गरेर हत्या गरेका हुन् । बुधबार राति बाहिरबाट मदिरा सेवन गरी साँझ घरमा आएका विमलले आमासँग झगडा गरेका थिए । सोही क्रममा उनले घरेलु हतियारले टाउकोमा हानेर आमाको हत्या गरेको प्रहरीले जनाएको छ... The post घरेलु हतियारले टाउकोमा हानेर आमाको हत्या appeared first on Purbeli News.