घाँस काट्न भनेर ४ सन्तासहित हिँडेकी थिइन् आमा, मदिराको कुलतले उजाडियो परिवार

दैलेखको आठबीस–३ निमायलको एकै परिवारका चार जना कर्णाली नदीमा मृत भेटिएपछि गाउँले सोचमग्न भएका छन्। स्थानीयवासी प्रश्न गर्छन्– ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै किन नदीमा हेलिन् ? जतिसुकै पीडा भए पनि एक आमाले तिनै सन्तानको मुख हेरेर बाँच्ने आँट किन गरिनन् ? प्रहरी अनुसन्धानले भने पतिले मदिरा सेवन गरी दुःख दिएका कारण सुकी चार सन्तानसहित नदीमा हाम फाल्न बाध्य भएको देखाएको छ। मानसिंह बडुवालले मदिराको कुलतमा परी दिएको यातनाका कारण उनको सुन्दर परिवार उजाडिएको हो। मानसिंहले आइतबार पनि अत्यधिक मदिरा सेव...

सम्बन्धित सामग्री

घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

बैतडी : घाँस काट्ने क्रममा भीरबाट लडेर शनिबार बैतडीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा  जिल्लाको पञ्चेश्वर गाउँपालिका ५ गिरेगडाकी २४ वर्षीया सुनिता पेला छिन्। घरनजिकै रहको भीरमा घाँस काटिरहेकी पेला एक्कासि चिप्लेर लडेकी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।शनिबार बिहान ११ बजेतिर लडेर गम्भीर घाइते  पेलालाई उपचारको लागि गिरेगडा स्वास्थ्यचौकीमा लैजाँदै गर्दा मृत्यु भएका हो। बैतडीमा विगत केही दिनदेखि लगातार रुपमा वर्षा भइरहेको छ।

थाहा खबर

घाँस काट्न जाँदा हराएका बालिका र किशोरी भेटिए

काठमाण्डाै – महोत्तरीको भंगहाबाट हराएका ७ बालिका तथा किशोरी भेटिएका छन् । खोजी गर्ने क्रममा बिहान उनीहरु भारतको सीतामढीमा भेटिएका भंगहा नगरपालिकाकी उपमेयर गंगादेवी सिंह दनुवारले उज्यालोलाई जानकारी दिनुभयो । अहिले प्रहरी त्यसतर्फ गएको पनि उहाँले जानकारी दिनुभयो ।  हिजो दिउँसो घाँस काट्न गएका २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान हराएका थिए  ।

उज्यालो अनलाइन

घाँस काट्न गएकी बालिका बलात्कृत

२ चैत, बुटवल । रुपन्देहीमा १५ बर्षे बालिका बलात्कृत भएकी छन् । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १३ की बालिकालाई शुक्रौलीगंँउका युवकले बलात्कार गरेका हुन् । शुक्रबार साँझ गहुँखेतमा घांस काटिरहेकी बालिकालाई पाँचसय रुपैया दिन्छु भनेर …

अनलाइनखबर

मेसिनले घाँस काट्दा हातै छिनियो

बनियानी, झापा (रासस) । झापाको बिर्तामोडमा एक पुरुषको शव फेला परेको छ । बिर्तामोड–७ स्थित बुधबारे हटियाको गोस

बाह्रखरी

घाँस काट्न गएका वृद्ध मृत फेला

ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुमा एक वृद्ध मृत भेटिएका छन् । शुक्रबार घाँस काट्न निस्केका ७० वर्षीय मनप्रसाद

Annapurna Post

घाँस काट्न जाँदा लडेर मृत्यु

खोटाङ, फागुन ४– खोटाङको रुपाकोट झुवागढी नगरपालिका–४ खाल्लेका ५२ वर्षीय रामप्रसाद आचार्यको भीरबाट लडेर ज्यान गएको छ । घाँस काट्न जंगलमा गएक...

UjyaaloOnline

घाँस काट्न गएका बालक मृत फेला

खोटाङमा घाँस काट्न गएका बालक मृत फेला परेका छन् । डोको र हँसिया बोकेर घाँस काट्न गएका केपीलासगढी गाउँपालिका–५ सप्तेश्वर थर्पडाँडाका १२ वर्षीय उमेश बिश्वकर्मा मृत फेला परेका हुन् । अवेरसम्म घाँसबाट नफर्किएपछि खोजी गर्दा बालकको शव घर नजिकैको पटमेरोको रुखमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी आएको प्रहरीले जनाएको छ ।

Nagarik

घाँस काट्न गएकी किशोरी मृत भेटिएपछि - Naya Patrika

रामेछाप रामेछापको गोकुलगंगा गाउँपालीका वडा नं ४ वेताली बस्ने अम्विका बस्नेतको मृत अवस्थामा शव फेला परेको छ । गत मगंलवार साँझ घर नजिकै रहेको गोठमा बस्तुलाई घाँस हाल्न गएकी अम्बिका बेलुकासम्म...पूरा पढ्नुहोस् »

Naya Patrika