चार सन्तानसहित आमा कर्णालीमा हाम फालिन्, दुई जनाको शव फेला, तीन बेपत्ता

दैलेख । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशंका गरिएको छ । आमासहित चार बालबालिकाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले हामफालेका पाँचमध्ये सोमबार दुईको शव भेटिएको जानकारी दिनुभयो । हामफालेका मध्ये १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा लपेटिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘शव फेला परेकाको सनाखत भइसकेको छ । नदीमा हामफालेर बेपत्ता भएका ३५ वर्षीया आमा सुकु बडुवाल, आठ वर्षीय छोरा ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवाललाई भेट्टाउन सकिएको छैन ।’ गोताखोर टोलीबाट उनीहरुको खोजी कार्य थालिएको उहाँले बताउनुभयो । मृतकका श्रीमान् मानसिंह बडुवाललाई भने सोमबार नै इलाका प्रहरी कार्यालय राकमले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । सोमबार बिहान तीन छोरी र एक छोरा लिएर घरबाट आफ्नो माइत जान हिँडेकी सुकु माइतमा समेत नगएको नभेटिएपछि आफन्तले उनीहरुको खोजतलास गरेका थिए । आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराका अनुसार श्रीमान्ले दिनहुँ मदिरा सेवन गरी कुटपिट गर्ने झैझगडा गर्ने भएपछि आजित भएर नदीमा हामफालेको हुनसक्ने आकलन गरिएको छ । नेपालभर १११औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइरहँदा सोही दिनमा आठबीस नगरपालिका–३ दैलेखको निमाइल बस्ती शोकाकुल बनेको थियो । (रासस)

सम्बन्धित सामग्री

दंगीशरणमा शव फेला

दाङ- दाङको दंगीशरणमा एक जनाको शव फेला परेको छ। दंगीशरण गाउँपालिका- ३ एकलीमा मृत अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले बताएको छ। उक्त शव दंगीशरण गाउँपालिका वडा नं. ६ निवासी ३५ वर्षीय किमन्द्र बुढाको रहेको प्रहरीले जानकारी दिएको छ। बुढा गत ४ दिनदेखि सम्पर्कविहीन भएका थिए। स्थानीयले आइतबार बिहान शव फेला पारेपछि प्रहरीलाई खबर […]

दार्चुलामा एमाले कार्यकर्ताको शव फेला

दार्चुलामा एक युवकको शव फेला परेको छ। ब्याँस गाउँपालिका–४ घोलचौर खोलामा ३५ वर्षीय नरसिंह विष्टको शव फेला परेको हो ।

एक बालिकाको शव फेला

दाङ : दाङमा एक बालिकाको शव फेला परेको छ।गढवा गाउँपालिका २ महादेवा स्थित राप्ती नदीको पुलनजिक राप्ती नदीको बगरमा नामथर वतन नखुलेको करिब १५/१६ वर्षकी बालिकाको शव फेला परेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।राप्ती नदीको बाढीले बगाई ल्याएको अवस्थामा बुधबार दिउँसो करिब ४ बजेतिर शव फेला परेकोले प्रहरीले जनाएको छ।उक्त शवको पहिचान नभएको हुँदा पहिचान गर्ने व्यक्तिहरूले उनको आफन्तहरूलाई जानकारी गराउनसमेत प्रहरीले आग्रह गरेको छ।

रोल्पामा एक महिलाको शव फेला

रोल्पाको एक सामुदायिक वन क्षेत्रमा महिलाको शव फेला परेको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ स्थित निगालपानी सामुदायिक वन क्षेत्रमा शनिबार एक महिलाको शव फेला परेको हो । शव फेला पर्नेमा रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ कि ४४ वर्षीया पानसरी घर्तीमगर रहेकी छन् ।शुक्रबार बसहान बनमा दाउरा काट्न गएकी उनी बेलुकासम्म नफर्केपछि खोजी गर्दा शव फेला परेको हो । खोजी गर्ने क्रममा शनिबार बिहान ९:१५ बजे मृतकको शव आफन्तले फेला पारेका थिए ।  शवको पोष्टमार्टम गरेर आफन्तले बुझिसकेको जिल्ला प्रहरी कार

धादिङमा एक वृद्धाको शव फेला

धादिङमा एक वृद्धाको शव फेला परेको छ । शनिबार सिद्धलेक गाउँपालिका–१ थोपल खोलास्थित किनारमा एक वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ । निलकण्ठ नगरपालिका–७ बाँसबोटे बस्ने ६४ वर्षीया मनमाया रेग्मीको शव फेला परेको प्रहरीको भनाइ छ ।उनी शुक्रबार घरबाट घाँस काट्न हिँडेकी थिइन् । घर नफर्किएपछि उनको खोजी गर्दा प्रहरीले खोला किनारमा शव फेला पारेको हो ।  प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।

चन्द्रागिरिमा एक बालकको शव फेला

काठमाडौँ । चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा १४ वर्षीय बालकको शव फेला परेको छ । चन्द्रागिरि–१२ खुसीखोलामा डुबिरहेका अवस्थामा आज बालकको शव फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सुनसरी धरान उपमहानगरपालिका–७ घर भई हाल चन्द्रागिरि–१० सानो मन्दिर बस्दै आएका एक बालकको शव फेला परेको जानकारी दिए । बालकको नाम भने […]

युवकको शव फेला

पाटन नगरपालिका–३ र ६ को सीमा सैन्देउ नजिकै सुर्नया नदीमा एक युवकको शव फेला परेको छ। नदी किनारमा करिब २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ।...

पुरुषको शव फेला

कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित लक्ष्मणघाट पुल नजिक एक पुरुषको शव फेला परेको छ।