छोरी जन्मेपछि नवजात शिशुको हत्या, आमा–बुबासहित ४ जना पक्राउ

नवजात शिशुको हत्यामा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रङ्गेली नगरपालिका-५ आँपगाछी टोल बस्ने २५ वर्षीया खुस्वु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकै आमा ४८ वर्षीय उर्मिला मण्डल र उनकै श्रीमान् २८ वर्षीय अरुण मण्डल रहेका छन् ।आइतबार राति खुस्वुले छोरीलाई जन्म दिई ब्ल्याङ्केटले घाँटी थिची हत्या गरी उनकै आमा बुवाले सञ्चालन गर्दै आएको रङ्गेली नगरपालिका-५ चाँदनी चोकस्थित मदिरा पसलभित्र खाल्डो खनी गाडेको अनुसन्धानको क्रममा खुल्न आएपछि ईलाक