कञ्चनपुर : बेलौरी नगरपालिका-७ पौलाहामा म १ च ६३१ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा आज तीनदिने शिशुको मृत्यु भएको छ।इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशसिंह बुढाथोकीका अनुसार दुर्घटनामा बेलडाँडी गाउँपालिका-४ बैबाहकी २४ वर्षीय अनिता खत्रीको तीनदिने शिशुको मृत्यु भएको हो।धनगढीबाट बेलडाँडी आउँदै गरेको एम्बुलेन्स अनियन्त्रित भएर स्थानिय बासिन्दाको गोठमा ठोक्किँदा दुर्घटना भएको थियो।अनिताले ३ दिनअघि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा शिशुलाई जन्म दिएकी हुन्। कुरुवासँगै एम्ब